काठमाडौं– फोनमार्फत धम्की दिएर फितौती रकम माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका–३ का मुकेश शर्मालाई पथरीशनिश्चिरे–६ घर भइ हाल विराटनगर–४ बस्दै आएका २९ वर्षीय गणेशकुमार कार्कीले चिट्ठी पठाउँदै फोनमार्फत धम्की देखाएर रकम माग गरेका थिए।
जेठ ३१ गते चिट्ठी पठाएका कार्कीले पटक–पटक फोनमार्फत धम्की देखाएर रकम माग गरेको र असार १७ गते मुकेशले आइएमईमार्फत् २५ हजार रुपैयाँ पठाइदिएका थिए।
आफूलाई धम्क्याएर रकम माग गरेको भन्दै मुकेश प्रहरीकहाँ पुगेका थिए। मुकेशको निवेदनका आधारमा प्रहरीले आइएमईमार्फत पठाइदिएको रकमसहित पथरी शनिश्चरे–६ हसन्दहका विशाल ऋषिदेवलाई नियन्त्रणमा लिएको थियो।
ऋषिदेवलाई नियन्त्रणमा लिएपछि फोनमार्फत धम्क्याउने कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले के कति कारणले चिट्ठी पठाएर फिरौती माग गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।