काठमाडौं– इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग थप ३ वर्षको सम्झौता गरेका छन्।
३० वर्षीय सलाहको लिभरपुलमा सम्झौता एक वर्ष मात्रै बाँकी थियो। उनी २०२२–२३ को सिजनपछि फ्रि एजेन्ट बन्ने थिए। तर, सलाहले एनफिल्डमा आफ्नो बसाई लम्ब्याउँदै थप ३ वर्षको सम्झौता नवीकरण गरेका हुन्।
सलाहले एनफिल्डमा ५ वर्षको बसार्इमा २५४ खेलमा १५६ गोल गरेका छन्। सलाहले एनफिल्डमा रहँदा च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन्।
उनले तीन प्रिमियर लिगसँगै तीन गोल्डेन बुट पनि जितेका छन्। योर्गेन क्लोपको प्रशिक्षणमा उनी दुई पटक पीएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
उनी इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।