काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई २० दिनअघि अमेरिकी अदालतले बलात्कारको आरोपबाट सफाइ दिएको थियो। योसँगै करिब १३ वर्ष अगाडिको मुद्दा टुंगिएको छ।
तर, यस घटनामा रोनाल्डोका वकिलले आरोपी महिला क्याथरिन मेयोर्गाका वकिललाई ६२६ हजार डलरभन्दा बढी क्षतिपूर्ति तिर्न भनेका छन्। यस घटनामा रोनाल्डोका वकिलले क्षतिपूर्ति दिलाइदिन अदालतमा निवेदन दिएका छन्।
अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गरिसकेको छ। आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै मुद्दा खारेज गरेका हुन्।
मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। रोनाल्डोले उक्त आरोप अस्वीकार गर्दै आएका थिए।
मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा छोडेको बताइएको छ। मेयोर्गा र उनको कानुनी टिमलाई त्यसपश्चात रोनोल्डोको वकिल अथवा प्रतिनिधिले धम्कि दिएको वा कानुन कार्यान्वयनमा बाधा पुर्याएको कुनै प्रमाण अदालतले फेला नपरेकोसमेत जनाएको छ।
घटनालगत्तै सम्झौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।