काठमाडौं– नेपाली यू– २० राष्ट्रिय टिमको व्यवस्थापकमा दिवाकर घले गुरुङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार गुरुङलाई टिमको व्यवस्थापकमा नियुक्त गरेको हो।
महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङले भारतमा हुने साफ यु–२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्ने छन्।
प्रतियोगिता भारतको ओडिसामा जुलाई २५ देखि ३ अगस्टमा हुने तालिका छ।
यसपछि सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यु–२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ।
साफमा नेपालले जुलाई २५ मा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै, नेपालले जुलाई २७ मा श्रीलंका र जुलाई ३१ मा घरेलु टिम भारतविरुद्ध खेल्नेछ। नेपालले अगस्ट २ मा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ।
यसैगरी यू–२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले सेप्टेम्बर १० मा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।