काठमाडौं– कैलालीको कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला परेका छन्। केही दिन अगाडि खोलामा बेपत्ता भएका बालकको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव बेपत्ता भएको स्थानबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाइ थप अनुसन्धान कार्य भइरहेको डीएसपी जोशीले जानकारी दिए।
मृत फेला परेका बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।