काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकी उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गरेका छन्।
असार १३ गते अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले अमेरिकाका रक्षासँग सम्बन्धित उच्च अधिकारीहरुसँग भेट गरेका हुन्।
सैनिक मुख्यालय जंगी अड्डका अनुसार असार १६ गते अमेरिकाका भाइस चियरम्यान अफ द ज्वइन्ट चिफ स्टाफ एडमिराल क्रिस्टोफर डब्लु ग्रेडी, डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ डिफेन्स फर साउथ एण्ड साउथेस्ट एसियाका लिडेन्सी डब्लु फ्रोड र अमेरिकी सेनाका चिफ अफ स्टाफ अफ द आर्मी जनरल जेम्स चार्ल म्याकोभिलसँग भेट गरेका हुन्।
भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ। असार १७ गते प्रधान सेनापति शर्मासँगै भ्रमणदलका सदस्यहरुले न्युयोर्कस्थित युएन हेडक्वाटरको भ्रमण पनि गरेका छन्।
उक्त भ्रमणमा अन्डर सेक्रेटरी जनरल अफ डिपार्टमेन्ट अफ पिस अपरेशनलगायतका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।