काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठले अमेरिकामा फुटबल प्रतियोगिता खेल्ने भएका छन्।
आर्मीले आफ्नो दुई खेलाडी भरत र नवयुगले पाँचौ नेपाली अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्ने पुष्टि गरेको हो।
भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन्। उनीहरु बुधबार नै अमेरिका प्रस्थान गरेका छन्।
नवयुग पछिल्लो समय नेपाली राष्ट्रिय टोलीको कप्तान रहेका थिए। सिनियर ११ खेलाडीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै महिनाको सुरुआतमा कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोटका लागि नवयुगलाई कप्तानको जिम्मेवारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।