काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कस्तुरीको बिनासहित एक कोरियन नागरिक पक्राउ परेका छन्।
काठमाडौंबाट कोरिया जान लागेका जंग जोन जुनलाई विमानस्थल प्रहरी कस्तुरीको बिनासहित पक्राउ गरेको हो ।
उनले लगाएको जुत्ताबाट धुलो बनाएर लैजान लागिएको कस्तुरीको बिना बमराद भएको छ। लगाएको जुत्तामा धुलो बनाएको कस्तुरीको बिना पोको पारेर लुकाएर जैलान लागेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।
उक्त बिनाको तौल ७१६ ग्राम रहेको छ। उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।