काठमाडौं– कुख्यात वन्यजन्तु तस्करको रुपमा चिनिने राजकुमार प्रजा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो।
विशेष गरी चितवन राष्ट्रिय निुकञ्जमा गैंडाको सिकार गरी खाग तस्करी गर्ने गरेको आरोप प्रजालाई लाग्ने गरेको छ।
उनीविरुद्ध गैंडा चोरी सिकारीका ४ वटा मुद्दा लागिसकेका छन्। चितवनको कालिका नगरपालिका–९ शक्तिखोरका ४१ वर्षीय प्रजाविरुद्ध पछिल्लो समय चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले जाहेरी दिएका थिए।
प्रजासहित चितवन कालिका नगरपालिका–११ का ५२ वर्षीय ठूलो कान्छा र सागर भनेर चिनिने विन्दर सिंह प्रजाको समूहले गैडाको सिकार गरी खाग बिक्रि वितरण गर्ने गरेको भन्दै मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।