काठमाडौं– राष्ट्रिय सहकारी बोर्डको सञ्चालक पदमा नियुक्त खान नक्कली डकुमेन्ट (कागजात) पेस भएको खुलेको छ। नक्कली डकुमेन्ट पेस गरेर सञ्चालक पदको नियुक्त खान लागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेपछि उक्त विषय बाहिरिएको हो।
नक्कली डकुमेन्ट पेस गरेर नियुक्त खान लागेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ।
उनले भूमि व्यवस्था, सहकारी तगा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय सहकारी बोर्डको सञ्चालकमा पदमा नियुक्त हुनका लागि गत चैत ६ गते आवेदन दिएका थिए।
उतले जन्ममिति २०२६ चैत २६ गते उल्लेख भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तिर्ण भएको चारित्रिक प्रमाणपत्र लगायतका कागजात पेस गरेका थिए।
यसरी पेस भएका कागजातमध्ये उनले स्नातक तहको ट्रान्सकिप्ट नै कीर्ते गरेको अनुसन्धानबाट खुलेको छ।
नक्कली ट्रन्सकिप्ट पेस गरको खुलेपछि पक्राउ परेका तिमल्सिनालाई लिखतसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।