काठमाडौं– बैंकिङ कसुरको मुद्दामा १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवना सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन्। सामेछापको सुनापती गाउँपालिका–४ का ४३ वर्षीय बिनोद लामा भनिने बिनोद घिसिङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।
सीआईबीले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो। घिसिङले बैंक खातामा पर्याप्त रकम नहुँदा पनि १ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। पछि चेक नसाटिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो। पक्राउ परेका घिसिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।