• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जबज : गतिमै जन्म, गतिमै विकसित र गतिमै अघि बढिरहेको प्रगतिशील विचार

​​​​​​​ईश्वर पोखरेल  मंगलबार, असार १४, २०७९  ११:५१
1140x725

जनताको बहुदलीय जनवाद- यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन। न त यो अत्यन्त आदर गरिएका दिवंगत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो। नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो- जनताको बहुदलीय जनवाद!

यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार पनि हो। यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्बन्धमा मुलुकको राजनीतिक यथार्थ धरातलमा उभिएर सैद्धान्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ।

जबजको जन्म जडतामा जकडिएको मान्यता बोकेर भएको होइन। नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर विकसित भएको विचार हो। २००६ साल वैशाख १० गते नेपालका कम्युनिस्टहरूले जारी गरेको 'पहिलो पर्चा'देखि प्रारम्भ हुँदै २०४६ भदौमा सम्पन्न तत्कालीन नेकपा (माले) को चौंथो राष्ट्रिय महाधिवेशनबाट पारित 'बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था'को कार्यक्रमिक प्रतिबद्धतासम्म आइपुग्दा यो विचारले महत्त्वपूर्ण आधार प्राप्त गरिसकेको थियो।

२०४९ मा सम्पन्न तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा स्पष्ट वैचारिक मान्यतासहित 'कार्यक्रम'का रूपमा अघि सारियो। त्यसपछिका विकसित व्यवहारहरूलाई अगाडि बढाउने क्रममा यहाँका परिवर्तनका लागि चालिएका विचार र कामहरूलाई मार्गदर्शन गर्ने विचारको रूपमा अघि सारिको छ। मार्क्सवादलाई नेपालको विशिष्टतामा प्रयोग गर्दा विकसित भएको विचारको रूपमा यसलाई स्वीकार गरिएको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो।

विगतमा 'राजाको शासन भएको बेला' ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको अवसरवादी विचार होइन वा कुनै 'क्रमभंग' गरिदिऊँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन। यो गतिमै जन्म्यो, गतिमै विकसित भयो र गतिमै अघि बढ्छ पनि। जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दै जान्छ पनि।

Ncell 2
Ncell 2
nimb
nimb

जनताको बहुदलीय जनवादले पार्टीको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण र समाजको लोकतान्त्रिकरण सम्बन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ।

सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता राख्छ, जनताको बहुदलीय जनवादले। यो ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं' भन्दै केही ‘विचारक’ र ‘सिद्धान्तकारहरू’द्वारा विकसित र स्थापित गर्न खोजिएको विचार होइन।

प्रारम्भमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद'का लागि केही संगतिपूर्ण वैचारिक र राजनीतिक- सैद्धान्तिक आधारहरू निर्माण गर्नुभएको कुरालाई बुझ्नुपर्छ। पहिलो, आफ्नो पार्टीको राष्ट्रिय मञ्चबाट औपचारिक रूपमै 'बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था'लाई कार्यक्रमिक रूपमा सर्वसम्मतिका साथ  स्वीकार गर्ने स्थिति बनाउनु। दोस्रो, त्यसबेलासम्म नेपालका कम्युनिस्टहरूका बीचमा नेपाली कांग्रेसका सम्बन्धमा रहेका एकलकाँटे र भ्रमपूर्ण विचारहरूको खण्डन गर्दै राजाको निर्दलीय र निरंकुश शासन सत्ताका विरूद्धमा बहुदलीय व्यवस्थाको पक्षधर भन्ने नेपाली कांग्रेससित कार्यगत एकता अर्थात् साझा शत्रुका विरूद्ध सम्भव सबै शक्तिलाई गोलबन्द गर्ने कार्यनीति लिनु। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तेश्रो, साझा शत्रुका विरूद्ध प्रहार केन्द्रित गर्ने विचार राख्ने, कतिपय कार्यनीतिक विषयमा एक नभए पनि आमरूपमा सैद्धान्तिक मान्यतामा समान धारणा भएका वामपन्थीहरूका बीचमा मोर्चा निर्माण (संयुक्त वाममोर्चा निर्माण) गर्नु। चौंथो, राजनीतिक परिवर्तनपछि पार्टीलाई अन्य राजनीतिक पार्टीहरूसित प्रतिस्पर्धी बनाउन खुला र वैधानिक ढंगले काम गर्नसक्ने बनाउने निर्णय गर्नु। जनतासित प्रत्यक्ष सम्बन्ध रहेको, घाम पानी सहेको, प्रतिस्पर्धाका लागि योग्य रहेको कम्युनिस्ट पार्टी निर्माण गर्नु।

मदन भण्डारीले स्थापित गर्नुभएका यिनै कुराहरूको जगमा नेपालको विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा लागू गर्दा विकसित भएको विचार- जनताको बहुदलीय जनवादलाई कार्यक्रम र विचारको रूपमा विकास गरिएको हो।

नेपालको कम्युनिस्ट आन्दोलन यही विचारबाट निर्देशित भएर अगाडि बढिरहन सक्छ, योग्यता र क्षमता प्रदर्शन गर्दै- प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै- अहिलेको परिवर्तनमा आधारित हुँदै समाजवादका आधार निर्माण गर्ने अभियानमा अगाडि बढ्न सक्छ। जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइरहँदा यिनै कुरालाई हृदयंगम गर्दै र यिनै कुराबाट निर्देशित हुँदै अगाडि बढौं!

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्