• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जबज : गतिमै जन्म, गतिमै विकसित र गतिमै अघि बढिरहेको प्रगतिशील विचार

​​​​​​​ईश्वर पोखरेल  मंगलबार, असार १४, २०७९  ११:५१
1140x725

जनताको बहुदलीय जनवाद- यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन। न त यो अत्यन्त आदर गरिएका दिवंगत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो। नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो- जनताको बहुदलीय जनवाद!

यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार पनि हो। यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्बन्धमा मुलुकको राजनीतिक यथार्थ धरातलमा उभिएर सैद्धान्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ।

जबजको जन्म जडतामा जकडिएको मान्यता बोकेर भएको होइन। नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर विकसित भएको विचार हो। २००६ साल वैशाख १० गते नेपालका कम्युनिस्टहरूले जारी गरेको 'पहिलो पर्चा'देखि प्रारम्भ हुँदै २०४६ भदौमा सम्पन्न तत्कालीन नेकपा (माले) को चौंथो राष्ट्रिय महाधिवेशनबाट पारित 'बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था'को कार्यक्रमिक प्रतिबद्धतासम्म आइपुग्दा यो विचारले महत्त्वपूर्ण आधार प्राप्त गरिसकेको थियो।

२०४९ मा सम्पन्न तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा स्पष्ट वैचारिक मान्यतासहित 'कार्यक्रम'का रूपमा अघि सारियो। त्यसपछिका विकसित व्यवहारहरूलाई अगाडि बढाउने क्रममा यहाँका परिवर्तनका लागि चालिएका विचार र कामहरूलाई मार्गदर्शन गर्ने विचारको रूपमा अघि सारिको छ। मार्क्सवादलाई नेपालको विशिष्टतामा प्रयोग गर्दा विकसित भएको विचारको रूपमा यसलाई स्वीकार गरिएको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो।

विगतमा 'राजाको शासन भएको बेला' ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको अवसरवादी विचार होइन वा कुनै 'क्रमभंग' गरिदिऊँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन। यो गतिमै जन्म्यो, गतिमै विकसित भयो र गतिमै अघि बढ्छ पनि। जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दै जान्छ पनि।

Ncell 2
Ncell 2
nimb
nimb

जनताको बहुदलीय जनवादले पार्टीको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण र समाजको लोकतान्त्रिकरण सम्बन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ।

सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता राख्छ, जनताको बहुदलीय जनवादले। यो ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं' भन्दै केही ‘विचारक’ र ‘सिद्धान्तकारहरू’द्वारा विकसित र स्थापित गर्न खोजिएको विचार होइन।

प्रारम्भमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद'का लागि केही संगतिपूर्ण वैचारिक र राजनीतिक- सैद्धान्तिक आधारहरू निर्माण गर्नुभएको कुरालाई बुझ्नुपर्छ। पहिलो, आफ्नो पार्टीको राष्ट्रिय मञ्चबाट औपचारिक रूपमै 'बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था'लाई कार्यक्रमिक रूपमा सर्वसम्मतिका साथ  स्वीकार गर्ने स्थिति बनाउनु। दोस्रो, त्यसबेलासम्म नेपालका कम्युनिस्टहरूका बीचमा नेपाली कांग्रेसका सम्बन्धमा रहेका एकलकाँटे र भ्रमपूर्ण विचारहरूको खण्डन गर्दै राजाको निर्दलीय र निरंकुश शासन सत्ताका विरूद्धमा बहुदलीय व्यवस्थाको पक्षधर भन्ने नेपाली कांग्रेससित कार्यगत एकता अर्थात् साझा शत्रुका विरूद्ध सम्भव सबै शक्तिलाई गोलबन्द गर्ने कार्यनीति लिनु। 

तेश्रो, साझा शत्रुका विरूद्ध प्रहार केन्द्रित गर्ने विचार राख्ने, कतिपय कार्यनीतिक विषयमा एक नभए पनि आमरूपमा सैद्धान्तिक मान्यतामा समान धारणा भएका वामपन्थीहरूका बीचमा मोर्चा निर्माण (संयुक्त वाममोर्चा निर्माण) गर्नु। चौंथो, राजनीतिक परिवर्तनपछि पार्टीलाई अन्य राजनीतिक पार्टीहरूसित प्रतिस्पर्धी बनाउन खुला र वैधानिक ढंगले काम गर्नसक्ने बनाउने निर्णय गर्नु। जनतासित प्रत्यक्ष सम्बन्ध रहेको, घाम पानी सहेको, प्रतिस्पर्धाका लागि योग्य रहेको कम्युनिस्ट पार्टी निर्माण गर्नु।

मदन भण्डारीले स्थापित गर्नुभएका यिनै कुराहरूको जगमा नेपालको विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा लागू गर्दा विकसित भएको विचार- जनताको बहुदलीय जनवादलाई कार्यक्रम र विचारको रूपमा विकास गरिएको हो।

नेपालको कम्युनिस्ट आन्दोलन यही विचारबाट निर्देशित भएर अगाडि बढिरहन सक्छ, योग्यता र क्षमता प्रदर्शन गर्दै- प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै- अहिलेको परिवर्तनमा आधारित हुँदै समाजवादका आधार निर्माण गर्ने अभियानमा अगाडि बढ्न सक्छ। जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइरहँदा यिनै कुरालाई हृदयंगम गर्दै र यिनै कुराबाट निर्देशित हुँदै अगाडि बढौं!

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्