काठमाडौं– कास्कीको पोखरा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराति मोटरसाइकलको ठक्करबाट लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुना कुमारी गुरुङको मृत्यु भएको हो।
पैदलयात्रु गुरुङलाई गएराति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।