• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्यानसँगको टसलपछि ‘कोपभाजन’मा परेका ज्ञानेन्द्रको क्रिकेट भविष्य अब कता?

64x64
दीप सुवेदी मंगलबार, असार १४, २०७९  ०७:०७
1140x725

काठमाडौं– ‘करिब दुई दशक क्रिकेटकै लागि मैदानमा घुडाँ धस्नुभयो, टी–२० विश्वकप खेल्नुभयो, देशलाई ऐतिहासिक सफलता दिलाउनु भयो। तर, अहिले त्यही टोलीबाट बाहिर हुनुहुन्छ। खेल्न बोलाउँदा पनि तपाईंले अब नखेल्ने जवाफ दिएको आरोप लागिरहेको छ। यस्तो बेला कस्तो महसुस हुँदोरहेछ?’

यस्ता, प्रश्न जो कोहीले गर्दा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लको एकै वाक्यमा सरल उत्तर हुन्छ– साह्रै नरमाइलो।

उनी जति नै सरल तरिकाले यसको उत्तर दिन्छन्, त्यति नै मन गह्रुंगो बनाउँछन्। तर, त्यसलाई शब्दमा व्यक्त गर्दैनन्। न त मनभरिको पीडा आँशु बनाएर आँखाबाट छचल्किन नै दिन्छन्। उनी संयमित हुन्छन्, धीरता अपनाउँछन् र उल्टै प्रतिप्रश्न गर्छन्–एक खेलाडीले मैले खेल्दिनँ भनेर किन भन्छु होला र?

यो प्रतिप्रश्नले लाग्छ, उनी अझै मैदानमा उत्रिन हतास छन्। राष्ट्रिय टोलीमा परेर चौका–छक्का प्रहार गरिहाल्छन्। तर, नेपाली क्रिकेटमा उनले चाहेको जस्तो सहज परिस्थिति निर्माण हुन छाडिसकेको छ। पछिल्लो समय निर्माण भएको यही असहज परिस्थितिका कारण निरन्तर टोलीबाहिर परेका उनी सन्यास जीवनतर्फ धकेलिइरहेका छन्।

यूएईमा गत मार्च २१ मा भएको विश्वकप लिग–२ अन्तर्गत घरेलु टोलीसँग खेले यता ज्ञानेन्द्र राष्ट्रिय टोलीमा पर्न सकेका छैनन्। स्वदेश फर्किएलगत्तै नेपालले घरेलु मैदानमा पपुवा न्यू गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा पपुवा न्यू गिनी र मलेसियासम्मिलित टी–२० आई सिरिज खेल्ने तालिका तय थियो। त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई फरक टोली घोषणा गर्‍यो। 

एकदिवसीय टोलीमा देव खनाल, गुल्सन झा र भीम सार्की जस्ता नयाँ खेलाडीले मौका पाए। यता, विवेक यादव, दिलिप नाथ, लोकेश बम र आदिल अन्सारी टी–२० टोलीमा परे। तर, कहिँकतै ज्ञानेन्द्र मल्लको नाम अटेन।

त्यतिबेला सबैलाई लागेको थियो– यूएई भ्रमण सकेर आएपछि बेञ्च बिलियो बनाउन र नयाँ खेलाडीलाई मौका दिन ज्ञानेन्द्रलाई आराम दिइएको होला। प्रशिक्षक पुबुदु दासानायकेले पनि त्यस्तै 'ढ्वाङ' पिट्दै हिँड्थे। उनले बारम्बार सञ्चारमाध्यमहरुसँग ज्ञानेन्द्रको बारेमा प्रश्न गर्दा नयाँ खेलाडीलाई परिपक्व बनाउन र सिनियर खेलाडीलाई अर्को महत्त्वपूर्ण खेलको लागि तयार राख्न उनलाई बाहिर राखिएको बताउँथे। तर, यूएई भ्रमण अगाडि क्यानसँग ज्ञानेन्द्रको टसलले भने यो कुरा पत्याउने आधार थिएन। 

यूएई भ्रमणअघि खेलाडीको सेवा सुविधाको विषयमा सञ्चारमाध्यममा बोलेपछि क्यानले उनको कप्तानी खोसेर सन्दीप लामिछानेलाई सुम्पिएको थियो। त्यतिखेर नयाँ खेलाडीलाई क्यानविरुद्ध उक्साएको, टिमभित्र गुट जन्माएको र क्यानको अस्तित्व नै धरापमा पार्नेगरी चलखेल गर्न खोजेको आरोप उनीमाथि लागेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञानेन्द्रमात्र होइन, उनलाई नै साथ दिएको भन्दै दीपेन्द्रसिंह ऐरीको उपकप्तानी पनि खोसियो। यता, कमलसिंह ऐरी र सोमपाल कामीसँग केन्द्रीय सम्झौता नै रद्द गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पत्र लेखेर प्रतिबन्ध लगाउनेसम्मको धम्की दिन भ्यायो क्यानले।

त्यतिबेला क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल लाइभसँगै भनेका थिए,‘नेपालमा खेलाडी १०–१२ जनामात्रै हो त? जो निहुँ खोज्छ त्यो आफू सकिन्छ। खेलाडीको काम खेल्ने हो। क्यानको काम खेलाउने। उनीहरुलाई बाहिर राखेर हामी प्रतियोगिता खेल्छौं। तर, खुट्टा कमाउँदैनौं।’

उनीहरुलाई धम्कीकै भाषामा तह लगाउने क्यानको योजना थियो। तर, उक्त योजनाले सार्थकता भने पाउन सकेन। मैदान उत्रिनु पर्ने एक दर्जनभन्दा बढी खेलाडी ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीलाई गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिए। उनीहरु बन्द प्रशिक्षणमा सहभागी नहुने भन्दै होटलमा रिपोर्टिङसमेत गरेनन्। 

यता, यूएई जानुपूर्व यू–१९ एसिया कपमा सहभागी हुन लागेको नेपाली जुनियर टोलीसँग अभ्यास खेल खेल्न पनि अस्वीकार गर्दिए। यो विषयले गर्दा क्यानले सर्वत्र आलोचना खेप्नु पर्‍यो। त्यतिमात्रै होइन, सामाजिक सञ्जालमा अध्यक्ष चतुरबहादुर चन्दको राजीनामासमेत माग्न थालियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिनहुँजस्तो क्यानविरुद्ध आइरहने समाचार र नजिकिँदो प्रतियोगिताका कारण क्यानले झुकेरै भए पनि सहमति गर्ने निर्णय गर्‍यो। तर, ज्ञानेन्द्रसहित कारबाहीमा परेका खेलाडीहरु भने क्यानका कुनै पदाधिकारीलाई पत्याउन स्थितिमा थिएनन्।

क्यानका अधिकांश पदाधिकारीहरु चन्दपक्षकै थिए, जसले ज्ञानेन्द्रसहित तीन खेलाडीमाथि गरिएको कारबाहीलाई जायज ठहर गर्दै साथ दिरहेका थिए। अवस्था अन्योलपूर्ण बन्दै गएपछि क्यानले विवाद मिलाउने जिम्मेवारी ज्ञानेन्द्रकै प्रिय मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई सुम्पियो। उनले विवाद समाधानमा सहजीकरण गरेर अन्य खेलाडीमाथिको कारबाही फुकुवा गरे। तर, सन्दीपलाई कप्तान बनाउने निर्णयलाई पुबुदु स्वंयमले बदल्न चाहेनन्।

यता, अस्ट्रेलियामा बिग बास क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीपले पनि आफूलाई कप्तान बनाउने निर्णयलाई अस्वीकार गर्न सकेनन्। उनले अस्ट्रेलियाबाटै नेपाली सञ्चारमाध्यमहरुसँग कुरा गर्दै क्रिकेटभन्दा माथि कोही नभएको भनेर ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीले गल्ती गरेको संकेत दिए।

यसले नेपाली क्रिकेटमा ठूलो दुर्घटना निम्त्याउने आकलन गरिएको थियो। तर, स्थितिले त्यति ठूलो रुप लिन पाएन। ढल्कदै गरेको उमेर र काँधमा ठूलो जिम्मेवारीसाथ नयाँलाई मौका दिनुपर्ने ज्ञानेन्द्रलाई बाध्यता आइलाग्दै गएको थियो। त्यसमाथि खस्किँदै गएको प्रदर्शनले पनि उनले केही समय आराम लिनुपर्ने संकेत गरिरहेको थियो। त्यसैले होला ज्ञानेन्द्र सन्दीपको कप्तानीमा मैदान उत्रिन तयार भए। 

त्यतिखेर उनले भनेका थिए, ‘म सँधैभरि कप्तान बन्नुपर्छ भनेर आएको होइन र हुनुपर्छ भन्ने पनि होइन। म पहिला पनि खेलिरहेको थिएँ र अहिले पनि खेल्छु। देशका लागि खेल्छु, मेरो लागि खेल्छु। त्यो नै मुख्य उद्देश्य हो।’ 

उनले भनेको जस्तै कप्तानी सधैँ एक खेलाडीको हातमा मात्र हुँदैन। त्यसमाथि एकै खेलाडी टोलीमा राखिरहनुपर्छ भनेर तर्क गरिरहनु पनि गलत हो। सधैँ एकै मान्छे राष्ट्रिय टोलीमा परिरहने भए रवि शास्त्री र कपिल देवपछि विराट कोहली र महेन्द्रसिंह धोनीजस्ता विश्व प्रख्यात खेलाडीको भारतीय टोलीमा उदय हुने थिएन। उमेर, खराब लय र टोलीको आवश्यकताअनुसार खेलाडी परिवर्तन भइरहन्छन्। ज्ञानेन्द्रको हकमा भने केही कुरा फरक छन्।

क्यानसँगको टसलपछि करण र सोमपाल उच्च लयमा देखिए। तर, दुर्भाग्यवश ज्ञानेन्द्रको लय बिस्तारै खस्किँदै गयो। उनलाई टोलिबाहिर राख्न मिल्ने कारण उनी आफैंले सिर्जना गरेका हुन्। यूएई पुगेको नेपाली टोली स्वदेश फर्किएपछि ज्ञानेन्द्रको राष्ट्रिय टोलीमा यात्रा सहज बनेन। त्यसबीचमा नेपालले घरेलु मैदानमा पपुवा न्यू गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा पपुवा न्यू गिनी र मलेसियासम्मिलित टी–२० आई सिरिज खेल्यो। 

यता, जिम्बावे ‘ए’सँग पनि एकदिवसीय र टी–२० सिरिज खेल्यो। यो खेलमा पनि ज्ञानेन्द्रलाई टोलीमा राखिएन। त्यसपछि हालै आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको सिरिजमा पनि ज्ञानेन्द्र अट्न सकेनन्। 

अहिले यही सिरिज खेल्न नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्दै छ। त्यसअघि नेपाली टोलीले क्यानडामा दुई एकदिवसीय अभ्यास सिरिज खेल्दै छ। टोलीमा बसिर अहमद, किशोर महतो र देव खनालजस्ता नयाँ खेलाडीलाई मौका दिँदा यसपटक पनि ज्ञानेन्द्रको नाम कतै उल्लेख छैन। 

तर, यसरी लगातार ज्ञानेन्द्र टोलीमा नपर्नु कुनै ‘कोइन्सिडेन्ट’ होइन। न त ज्ञानेन्द्रको जिद्दीपन नै मान्न सकिन्छ। त्यसैले ज्ञानेन्द्र टोलीमा पर्न छाड्नुलाई क्यानसँग उनको विवादलाई बाहिर राख्न मिल्दैन। 

क्यानका कार्यवाहक सचिव मल्ल भने नेपाली टोलीमा ज्ञानेन्द्र पर्ने सम्भावना अन्त्य नभएको बताउँछन्। खेलाडी छनोटको सम्पूर्ण जिम्मेवारी छनोट समितिमै निहित हुने दाबी गर्दै उनले क्यानमाथि अनावश्यक आरोप लगाउने गरिएको बताए। ‘खेलाडी छनोटमा क्यानको कुनै हात हुँदैन। मुख्य प्रशिक्षक तथा छनोटकर्ताले विभिन्न आधार हेरेर छनोट गर्ने हो। उहाँ (ज्ञानेन्द्र) के कारणले पर्नु भएन भन्ने कुरा मलाई थाहा हुने विषय होइन। तर, उहाँको पर्ने सम्भावना भने अन्त्य भएको छैन,’ उनले भने। 

मल्लले भनेको जस्तै एक खेलाडी खेल्न नछाडुन्जेल खेलिरहन्छ। यसकै उदाहरण हुन्, भारतीय क्रिकेटर दिनेश कार्तिक। उनले ३६ वर्षको उमेरमा पनि १६ वर्षे जवानीजस्तो जोस् देखाइरहेका छन्। र, निरन्तर रन बनाइरहेका छन्।

कुनै बेला पूर्वकप्तान महेन्द्रसिंह धोनीकै कारण कार्तिकलाई भारतीय टोलीबाट बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई)ले बाहिर निकालेको आरोप लाग्थ्यो। उनले पनि बीसीसीआईविरुद्ध यसबारे खुलेर नबोलेका होइनन्। करिअरले पिकअप लिँदै गर्दा आफूलाई बाहिर राख्नु कार्तिकका लागि सैह्य पनि थिएन। तर, बीसीसीआईले कार्तिकलाई असहज वातावरण सिर्जना गरिदिएन।

अहिले कार्तिक फरक पुस्तासँग टोलीमा स्थान बनाउन संघर्षरत छन्। उनलाई यतिबेला टोलीमा फर्काउन फरक पुस्ताका खेलाडीले मात्रै होइन बीसीसीआईले समेत सहयोग गरिरहेको छ। अहिले कार्तिकलाई सौहार्दपूर्ण तरिकाले क्रिकेट खेल्न दिन बीसीआईले क्रिकेटमा अनावश्यक हस्तक्षेप नगर्नु महत्त्वपूर्ण मानिन्छ।

अब क्यानमाथि एक नैतिक प्रश्न उठ्छ– इगोकै कारण ज्ञानेन्द्रलाई टोलीबाहिर राखिरहने कि गल्ती सच्चाएर खेल्न सहज वातावरण निर्माण गरिदिने?

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्