काठमाडौं– हलिउड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्डको व्यक्तिगत जीवन र सम्बन्धका कारण अहिले निकै चर्चा भइरहेको छ।
एम्बरले जोनीविरुद्ध अदालतमा सात वर्षअघि दर्ता गरेको घरेलु हिंसाको मुद्दामा केही साताअघि मात्रै फैसला भएको थियो। फैसलामा अदालतले केही हदसम्म जोनीलाई राहत दिएको थियो।
यसैबीच फैसलाको केही समय बितिसक्दा फेरि अदालतले दुवै कलाकारलाई तोकिएको जरिवाना समयमै तिर्न ताकेता गरेको छ। अदालतले एम्बरलाई उनले तिर्नुपर्ने १० मिलियन अमेरिकी डलर चाँडै तिर्न लिखित आदेश दिएको छ।
अमेरिकाको भर्जिनिया राज्यको एक अदालतले उनीहरुलाई आधिकारिक रुपमा यस्तो आदेश दिएको हो। उक्त आदेशमा दुवैले उनीहरुले तिनुपर्ने रकम चाडै तिर्न उल्लेख गरिएको सञ्चारमाध्यमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।