नयाँ दिल्ली- उत्तर भारतको एक अगरबत्ती कारखानामा शुक्रबार आगलागी हुँदा कारखानामा काम गर्ने ८ कामदार बेहोस भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ।
भारतीय सहर चण्डीगढमा रहेको उक्त कारखानामा १० जना कामदार काम गरिरहेका बेला एक्कासि आगलागी भएको थियो। आगलागीपछि अगरबत्तीबाट निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भई उनीहरू बेहोस भएका थिए।
घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ। तुरुन्तै वारुणयन्त्र पुगेकोले मानवीय क्षति नभएको तर ८ जना गम्भीर रुपमा बिरामी भएका भारतीय प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।