१. पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेर मूल्य घटाउने सरकारको निर्णय, पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती। ( पेट्रोलमा र डिजेलमा कर कटौती)
२. निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्न चाहेको माधव नेपालको प्रतिवेदन, तर गठबन्धन आवश्यक रहेको तर्क, आलेसहित ६ सांसदले फिर्ता लिए हस्ताक्षर। (माधव नेपालको प्रतिवेदन)
३. अब पनि देउवाकै नेतृत्वमा निर्वाचन भए कम्युनिस्टहरु भूइँ पार्टी भएर सिद्धिने वामदेव गौतमको दाबी, नेपालका कम्युनिस्टहरू ओरालो लाग्दै भारतको कम्युनिस्ट आन्दोलनको अवस्थामा पुग्ने चेतावनी। (वामदेव गौतमको चेतावनी)
४. नासाद्वारा आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता माग, पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिए। (नासाको माग)
५. र, घरेलु टोली मलेसियालाई हराउँदै युएईले जित्यो एसीसी महिला च्याम्पियनसिपको उपाधि, मलेसिया ५ विकेटले पराजित, हारका बावजुद बंगलादेशमा हुने महिला एसीसी कपमा मलेसियाको स्थान पक्का। (युएईलाई उपाधि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।