काठमाडौं– इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने पक्का भएको छ।
२५ वर्षीय ब्राजीलका युवा स्टार जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको हो। उनलाई भित्र्याउन आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
जिससलाई भित्र्याउन आर्सनलले पछिल्लो समय निकै प्रयास गरिरहेको थियो। जिसस २०१६ मा सिटीमा पुगेका थिए। उनले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए।
सिटीका लागि जिससले १५९ प्रिमियर लिग खेलमा ५८ गोल र ३२ असिस्ट गरेका छन्। उनले सिटीमा रहँदा प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।