काठमाडौं– स्याम्पुको बट्टाभित्र लुकाएर सुन तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन तस्करीको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रुमख भन्सार प्रशासन अधिकृत महेश भट्टराईका अनुसार पक्राउ पर्नेमा सिरहा घर भएका निरन्जनकुमार सिंह छन्।
शुक्रबार बिहान पौन ८ बजे सलाम एयरवेजमार्फत ओमानबाट काठमाडौं आएका उनले स्पाम्फुको बट्टाभित्र १०० ग्राम सुन लुकाएर ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।