काठमाडौं– पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन्।
पुँजी बजार विकास तथा सुधारका लागि भन्दै अगाडि सारेका ११ बुँदै माग नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने सहमति गरेपछि कोइरालाले विगत १० गतेदेखि जारी अनसन तोडेका हुन्।
बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसन तोडे। आमरण अनसन तोडेपछि कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विगठन भएको बताएका छन्।
सरकारले साढे ३ वर्ष अघि नै कार्यान्वयन गर्ने भनेका विषयहरु कार्यान्वयन नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए।
लगानीकर्ताको मागहरू सम्बोधन गर्न बोर्डले लगानीकर्ताहरुले भने बमोजिम नै कार्यान्वयन समिति गठन गर्ने सहमति गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।