• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली महिला क्रिकेट : प्रदर्शन सुस्त, लक्ष्य उच्च !

64x64
दीप सुवेदी शुक्रबार, असार १०, २०७९  ०६:४६
1140x725

काठमाडौं– ‘कुनै समय पुरुषभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा करिब साढे ४ वर्ष अगाडि भनेका थिए।

त्यतिबेला बलियो मानिएको महिला क्रिकेट टोलीले सफलताको सिँढी चढ्छ भन्ने पाण्डे मात्रै आशावादी थिएनन्, क्रिकेटका तत्कालीन पदाधिकारीदेखि समर्थक समेतलाई यस्तै लाग्थ्यो। तर, त्यसको साढे चार वर्षपछि महिला क्रिकेट टोलीको स्थिति ठीक उल्टो गतिमा छ। झनझन उकालो चढ्नु पर्ने महिला क्रिकेट अहिले तीव्र गतिमा ओरालो लाग्दै छ।  महिला टोलीले कुनै बेला हात पारेको सफलता पनि अहिले एकादेशको कथा जस्तै लाग्न थालिसकेको छ, लाग्छ पनि।

पुरुष क्रिकेट विकासका लागि सबै पक्षबाट मिहेनतकासाथ प्रयास भइरहेका छन्। त्यसैले त, अहिले पुरुष टोलीले ओडीआई र टी–२० मान्यता पाएको छ। अझ २०१४ को टी–२० विश्वकपमा सहभागिता जनाउनु त ऐतिहासिक उपलब्धि नै मानिन्छ।

तर, स्थिति सधैं उस्तै रहदैन। समयसँगै यो परिवर्तन भइरहन्छ। नेपाली क्रिकेटमा पनि यस्तै भयो।  उग्र राजनीति स्वार्थको खेल बढ्न थालेपछि क्यान निलम्बनमा पर्‍यो। त्यसबेला केही मात्रामा हुने घरेलु प्रतियोगिताले महिला क्रिकेटरको उत्पादनमा कमी आउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नतिजा खस्कँदै गयो।

त्यसका बाबजुद पनि महिला क्रिकेट खेलाडीले आफ्नै मिहेनतमा करिअरलाई अगाडि बढाइरहे। आक्कलझुक्लकमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताले नेपाली महिला टोली पनि छ है भन्ने भान मात्रै दिन्थ्यो।

एक महिने बन्द प्रशिक्षण त केबल उनीहरुलाई सहकर्मीबीच चिनजान र फिटनेस सन्तुलनमा नै बित्थ्यो। अनि कुन खेलाडीको बलियो पक्ष कुन, कसको के भूमिका राम्रो भन्ने निधो कहाँबाट हुन्थ्यो र? यस्तो अन्योलको अवस्थामा पनि नेपाली टोलीलाई प्रतियोगिता खेल्नुपर्ने बाध्यता थियो। 

तर, अहिले क्यानले कछुवाकै गतिमा भएपनि महिला क्रिकेटमा कोल्टे फेर्दै छ। पुरुषको तुलनामा महिला क्रिकेटलाई कम प्राथमिकता दिएपनि तयारीमा कुनै ‘कम्प्रमाइज’ गरेको छैन। गत जेठ अन्तिम दिन नेपाली महिला टोली एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्न मलेसिया उड्नुअघि यस्तै भन्दै थिइन्, कप्तान रुविना श्रेत्री बेलबासे।

उनले भनेकी थिइन्,‘युगान्डाविरुद्धको पाँच वटा खेल हाम्रो लागि धेरै महत्त्वपूर्ण भयो। हामीलाई थाहा भयो, कहाँ छौं र कुन क्षेत्रमा काम गर्नुपर्छ। हामीले ट्रेनरको सहयोगमा १० दिनसम्म फिल्डिङमा नै काम गर्‍यौं, फिटनेशमा गरेका छौं। यसका लागि क्यानलाई धन्यवाद।’

nimb
nimb

एसिया कप खेल्ने खुड्किलोका रुपमा लिइएको यस प्रतियोगिताअघि महिला टोलीले घरेलु मैदानमा युगान्डासँग ५ टी–२० आई सिरिज खेलेको थियो। तीन खेलमा लगातार हार बहोर्दै ३–० ले सिरिज गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने अपत्यारिलो तरिकाले पुनरागमन गर्‍यो। र, सिरिज ३–२ ले सक्कायो।

भलै नेपालले सिरिज गुमायो। तर, सुधारको केही संकेत भने नदेखाएको होइन्। ओरालो लागेको महिला क्रिकेट टोलीका लागि यो सकरात्मक पक्ष त थियो नै करिब डेढ दशकदेखिको उपाधि भोक मेटाउने एक संकेत पनि देखियो।

त्यसैले कप्तान भन्दै थिइन्,‘बिहान ७ देखि दिउँसो ३ बजेसम्म मिहेनत गरेका छौं। पहिला पनि उपाधि जिताउन भरसक प्रयास गरेका हौं। तर, कहाँ चुक्यौ चुक्यौं। यसपटक शीर्ष स्थानमा रहँदै तपाईंहरुको आशालाई यथार्थमा कन्भर्ट गरेर फर्कन्छौं।’

प्रतियोगिताका सुरुआती खेलको लय हेर्दा उनको यो कुरा ठीकैजस्तो लाग्थ्यो। नेपालले भुटान, कुवेत र बहराइनविरुद्ध फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान मात्रै बनाएन, उपाधि दाबेदारीसमेत प्रस्तुत गर्‍यो। 

पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध २५ रनको सहज जित निकाल्यो। तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनल पुग्यो। 

यसपछि समूह ‘बी’को एकै खेलमात्रै बाँकी थियो, हङकङविरुद्ध खेल्न। यो खेल जितेको भए कप्तान रुविनाले भनेजस्तै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलसम्म पुग्थ्यो।

तर, फिल्डिङ, ब्याटिङ र बलिङ तीनै विभाग कमजोर देखियो। र, नेपाल हङकङसँग ७ विकेटले पराजित हुन पुग्यो। यो खेलमा पराजित हुनु नहुनुले नेपाली टोलीका लागि कुनै अर्थ राख्दैनथियो। न त हङकङलाई नै। तर, यही खेलले भने नेपाली महिला टोलीको कमजोरी छताछुल्ल बनाइदियो। अझ भनौं नेपाली टोलीको सपना छिनभरमै तुहाइदियो। 

यस खेलमा पनि नेपाली टोलीमा कप्तान रुविना मात्रै बलियो देखिइन्, अगाडिका तीन खेलमा जस्तै। उनलाई अप्सरा बेगम र विन्दु रावले पनि एक छेउबाट सहयोग नगरेको होइन, तर त्यो प्रयाप्त बनेन।

सुरुआती इनिङ्स सुस्त खेल्नु र बलियो साझेदारी नहुनु नै नेपाली टोलीका लागि ‘दुर्भाग्य’ बन्यो। त्यसमाथि सँधैजसो चम्किने बलिङले पनि साथ दिएन। संगीता राईले दुई विकेट लिँदा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेकी सीता रानामगरले १ विकेटमा चित्त बुझाइन्। अन्य खेलाडीको प्रदर्शन आशागरेजस्तो भएन।

हुन त अगाडिको खेलमा पनि नेपाली टोलीले स्तर र लक्ष्यअनुसार प्रदर्शन गरेको होइन। तुलनात्मक रुपमा कमजोर मानिने भुटान, कुवेत र बहराइनविरुद्धको खेललाई अगाडि आउने बलिया टोलीसँग सामना गर्नका लागि तयारीको रुपमा हेरिएको थियो। तर, उक्त खेलमा पनि नेपालले ब्याटिङ र फिल्डिङमा सुधार गर्न सकेन। 

कप्तान रुविना र इन्दु वर्माको ब्याटबाट निरन्तर रन बनिरहेपनि अन्य खेलाडीले सुधारको संकेत देखाएनन्। यता, बलिङमा सीताजस्ति अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेको बलरको प्रदर्शन पनि हेर्न लायक थिएन। फिटनेशमै संघर्ष गरिरहेका महिला खेलाडीको चुस्तदुस्त फिल्डिङ हुने त कुरा नै भएन।

कमजोर टोलीमाथि हाबी हुँदै उपविजेता बनेर सेमिफाइनलमा पुग्नु नेपाली टोलीका लागि पक्कै पनि ठूलो उपलब्धि मान्न सकिँदैन। र, यो सत्यता उनीहरुले पनि स्वीकार गर्नुपर्छ। तर, शुक्रबार हुने सेमिफाइनमा युएईविरुद्धको खेल भन्ने नेपाली टोलीका लागि सहज छैन। र, सहज तरिकाले लिनुपनि हुँदैन।

समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको युएई पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। गत वर्ष नोभेम्बरमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ४८ रनले पराजित गरेको युएईले जारी प्रतियोगितामा पनि हारको स्वाद चाख्न परेन।

त्यसैले, युएईविरुद्ध जित निकाल्नु नेपालका लागि ढुङ्गा चपाएसरह हुनेछ। तर, खेल न त हो, नतिजा हमेशा उत्कृष्ट प्रदर्शन गर्नेकै पक्षमा जान्छ। त्यसैले नेपालले लक्ष्य उच्च राखेर मात्रै होइन, फाइन खेल्न यसअघिका खेलमा देखिएका कमिकमजोरीलाई समेत सुधार गरेर देखाउनु पर्छ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशी  बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीपीडितको राहतका लागि नेपाल लिकर्सले दियो १ करोड १ लाख मंगलबार, भदौ १६, २०८३
त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : मैदानमा व्यवस्थापन छैन, सामाजिक सञ्जालमा ‘हाउगुजी’ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्