• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छिमेकीले ‘कामी’ भनिदिएपछि डेराबाट निकालिइन् मुना दयाल

धनु विश्वकर्मा  बिहीबार, असार ९, २०७९  २१:४७
1140x725

काठमाडौं–संघीय राजधानी काठमाडौं जातका कारण कोठा भाडामा नदिने समस्या चर्कँदै गएको छ। जातकै आधारमा घरधनीले जातीय छुवाछुत गरेको भन्दै करुणा विश्वकर्मा, दीपा नेपाली र रुपा सुनारले न्यायका लागि अदालत धाउनु पर्‍यो। पछिल्लो पटक भक्तपुरमा जातकै कारण ओखलढुंगाकी मुना दयाल (सम्झना बिक)  डेराबाट निकालिएकी छन्। 

मुनाले बुधबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरमा आफूलाई जातीय छुवाछुत गरेको भनेर उजुरी दिइन। तर, प्रहरीले बुधबार दिनभर नै उजुरी लिन मानेन। बिहीबार साँझतिर बल्ल प्रहरीले उजुरी लिएको उनले बताइन्। 

‘प्रहरी कार्यालयले प्रमाणविना र पीडकको कुरा नसुनीकन उजुरी लिन मिल्दैन भनेर पहिलो दिन फर्कायो। यो भावनात्मक कुरा हो। जात थाहा पाइसके पछि आधा सामान भित्र सारेको कुरा प्रत्यक्ष प्रमाण होइन र?’ उनले भनिन्। 

मुनाको घर ओखलढुंगाको मोलुङ गाउपालिका–८ को थल्लेरीमा हो। उनी गाउँमै बस्थिन्। दुःखजिलो गरेर घरपरिवार धानेकै थिइन्। 
मुना काठमाडौं आएको पनि छ महिना भयो। यही छोराछोरी पढाउने र केही काम गर्ने सोचले गाउँ छोडेर सहर पसिन्। पहिलो पटक काठमाडौं आउँदा जेठाजुले कागेश्वरी मनोहरामा कोठा खोजिदिए। त्यही बस्दै आएकी थिइन्। श्रीमान विष्णु विक तीन महिनाअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। 

काठमाडौं आउनुको एकमात्र उद्देश्य छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु रहेको उनले बताइन्। उनको ६ वर्षको छोरा र २ वर्षकी छोरी छन्। 

उनका आफन्त भक्तपुरको चाँगुनारायणमा बस्दै आएका छन्। ‘आफन्तको नजिक बस्दा सजिलो होला भन्ने लागेको थियोे। ससुरा पनि चाँगुनारायणको आसपासमा बस्नुहुन्थ्यो, त्यसमाथि श्रीमानले पनि आफन्तनजिकै बस्नु भनेर विदेशबाट सुझाउनु भएको थियो,’ उनले भनिन्। 

जेठ १६ गते भक्तपुरको चाँगुनारायणमा कोठा खाली भएको खबर पाइन्। दिउँसो खाली हुने भएपछि बिहानै पुगेर कोठाको पक्कापक्की गरिन्। घरबेटीकी छोरीले ‘के थरी’ भनेर सोधे। मुना दयाल बताइन्। घरबेटीले केही भनेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि कोठाको बैना गरेर उनी पूरानो डेरामा सरिन्। जेठ २५ गतेमात्र सर्ने भनेर घरबेटीलाई सुनाइन्। 

२५ गते बिहान सबै सामान लिएर चाँगुनारायण पुगिन्। कोठामा सामान आधा भित्र थियो भने आधा बाहिर। घरबेटीकी आमा गीता रायमाझी र छोरी कविनाले थर ढाँटेको भनेर गाली गरे। उनले भनिन्, ‘त्यहाँ नजिक गाउँकै विमला क्षेत्री बस्छिन्। सामान सार्दै गर्दा पहिलेदेखि चिनजान रहेका मेरा ससुरा धनबहादुर विश्वकर्मालाई देखिछन्। ससुरा पनि नजिकै बस्नुहुन्थ्यो। अनि उनैले रायमाझी परिवारलाई म कामी भएको कुरा लगाइछन्।’

तर, मुना आफूले थर नढाटेको र जे हो त्यही बताएको दाबी गर्छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि रायमाझी आमा छोरीले ‘हामी तल्लोजातको मान्छेलाई यहाँ राख्दैनांै। तिमीहरु बरु १५ दिन बस अनि अर्को कोठा खोजेर जाउ, आजसम्म कोही पनि तल्लो जातको मान्छेलाई राखेका छैनौं। हाम्रो घरमा पुजाआजा गर्छौं। तल्लो जातले बस्न मिल्दैन,’ भनेको उनले बताइन्। 

‘कोठाभित्र आधा समान मिलाइसकेको थिएँ। तल्लो जात भएर ढाँटेको भन्दै उल्टै गालीगलोज पनि गरे। दाहालजस्तो ठानेर कोठा दिएको हो। दलित भन्ने थाहा पाएको भए कोठा भाडामा दिने थिएनौं। हामी छुवाछुत मान्छौं। तिमीहरुले जात झुटा बोलेर घरमा बस्न आयौं,’ भनेर रायमाझी परिवारले धम्क्याएको उनले बताइन्। 

खाट मिलाइसकेको अवस्थामा तल्लो जातिलाई कोठा दिँदैनाैं भनेर उल्टै गाली गरेको मुनाले बताएकी छन। त्यसपछि उनी तत्कालै फर्किइन्। 

कामी भनेर थाहा पाइसकेपछि जातीय विभेद गरिएको उनले बताइन्। त्यसपछि न्यायका लागि भनेर जलजला टेलिभिजनका वीरेन्द्र ओलीसँग सम्पर्कगरेको र एक सातापछि वैज्ञानिक समाजवादी पार्टीका नेता महावीर विश्वकर्मा आएको उनले बताइन्। 

उनको माग छ, ‘मलाई जातका आधारमा विभेद गरियो। मलाई न्याय चाहियो।’
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा
सम्बन्धित सामग्री
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन रहीआएको छ । आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना नरहेको महाशाखाले जनाएको छ। आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्