• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

'चिसो मान्छे'लाई बाजुराली लवजमा ल्याउँदाको न्यानो अनुभूति

64x64
डिबी खड्का बिहीबार, असार ९, २०७९  २०:२५
1140x725

'चिसो मान्छे' हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्‍यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले 'रेकर्ड ब्रेक' गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। 'भयो, पुग्यो' भनेर यी दुईबाट भागेको मान्छे सितिमिति भेटिन्न। त्यसकारण फिल्मको कमाइबाट निर्माण पक्ष दु:खी नहुनु नै खुसीकाे कुरा हो। 

मैले कुनै समय फिल्मलाई केन्द्रमा राखेर पत्रकारिता गरेको थिएँ। उक्त 'बिट'मा सक्रिय लेखन छाडेको झन्डै ७ वर्षपछि यो फिल्मको 'टिम'मा जोडिने अवसर पाएँ। भाषा स्थानीयकरण (अनुवाद)को भूमिका प्राप्त गर्नुलाई मैले उच्च अवसरका रुपमा लिएको छु। यसका पछाडि अनेक कारण छन्। त्यसैले 'चिसो मान्छे' हलमा चलिरहँदा म भने 'न्यानो' महसुस गरिरहेको छु। 

यसको पहिलो कारण हो, बाजुराली भाषाको पहिचान। माता र मातृत्वसँग जोडिएका हरकुरा सबैलाई प्रिय लाग्छन्। आफूले बोलीहुर्केको भाषालाई फिल्ममार्फत् व्यापक बनाउने कुरा मात्रै होइन, इतिहासको एउटा पानामा दस्तावेज बनाएर छाड्ने अवसर प्राप्त भएको छ। योजनाबद्ध रुपमा लागें भने पनि सम्भव तुल्याउन नसक्ने कुरा मित्र दीपेन्द्र के खनालको सहयोगले पूरा भयो। 

खश भाषाबाट अपभ्रंश, अझ भनौं स्थानीयकरण भएर अनेक सहायक भाषा बनेका छन्। नेपाली भाषा पनि खशकै अपभ्रश (भाषा विज्ञहरुले विकसित पनि भन्लान्) स्वरुप हो। बाजुराली भाषा पनि दुरुस्तै खश (सिञ्जा क्षेत्र) भन्दा केही फरक र डोटेलीभन्दा पनि भिन्दै हो। तर, त्यसको आफ्नै मौलिक पहिचान थिएन। 

बाजुराली जस्तै अछामी, बझाङ्गीलगायतका भाषा पनि आफ्नै पहिचान बनाउन सक्रिय देखिन्छन्। यी तीन जिल्लाको बोलीभाषामा ८० प्रतिशतभन्दा बढी समानता भने छ। बाजुरा सुदूरपश्चिममा भएकाले धेरैले त्यहाँ बोलिने भाषा 'डोटेली' ठान्छन्। डोटेलीका धेरै शब्दसँग समानता छ, तर लवजमा ठूलो भिन्नता छ। बाजुराको लवज सुन्दा कर्णालीमा बोलिने 'खश' महसुस हुन्छ। यहीँकहीँ दोसाँधमा रहेको एउटा लवज र भाषा राष्ट्रियकरणको यो क्षण मेरा लागि चिसो मान्छेकी एक पात्र पुष्पाको 'युँ समय याइँ रोक्किजाउ' हो। 

फिल्म रिलिजअघि यसका कलाकार, निर्माता र निर्देशकलाई आफ्नो खालको उत्सुकता र त्रास थियो होला। पृष्ठभूमिमा म र भाषा स्थानीयकरणमा सघाउने शोभा थापालाई डर थियो,  'भाषा र लवजले फिल्म नै समस्या पर्छ कि?' 

डर दुई खालको थियो- एक हामीले अपेक्षा गरेअनुसार कलाकारहरुले उताको लवज पकड्न सकेका छन् कि छैनन्। (ढुक्कचाहिँ केमा थियौं भने उक्त भाषा बोल्न कलाकार स्वस्तिमा खड्का र देशभक्त खनाल आफूलाई पात्रमा पर्गेल्न कुनै कसुर बाँकी राख्नेवाला थिएनन्।)

Ncell 2
Ncell 2
nimb
nimb

अर्को डर थियो- भाषा बुझिदिएनन् भने के गर्ने? यो डर मैले फिल्म रिलिजअघि निर्देशक खनालसामु पनि प्रस्तुत गरेको थिएँ। भनेको थिएँ- सबटाइटल चाहिन्छ कि?

तर उनी ढुक्क देखिए,  'दृष्य र भाषाको संयोजनबाट बुझाउने कोशिश गर्ने हो। आफ्नै भाषामा सबटाइटल चाहिँदैन।' खनालको आत्मविश्वास खरो उत्रिएको छ, फिल्म हेर्ने धेरैले बुझेका छन् र कतिले कोशिश गरेका छन्।

मुख्य कलाकार बाजुराको वेषभूषामा प्रस्तुत गर्ने निर्णय निर्देशक खनालको साहसिक यात्रा हो। उनको यो निर्णयको परिणामजस्तो पनि आउन सक्थ्यो। किनभने बाजुराली भाषासँग उनी आफैं पनि पहिलोपटक परिचित हुँदै थिए। कलाकारको लवज र संवादको स्थानीयकरणको जिम्मा अर्कैलाई लगाएर राम्रो फिल्म बनाउने साहस सबै निर्देशकसँग हुँदैन। त्यसैमाथि यो कामका लागि म 'अप्रमाणित' व्यक्ति थिएँ। कुनैबेला अग्रज सञ्चारकर्मी मन्टेश्वरी राजभण्डारी दिदीको विश्वासमा एउटा रेडियो नाटक स्थानीयकरण गरेको सामान्य अनुभवबाहेक मसँग अरु केही थिएन। 

अभिनेत्री खड्काको अभिनयको प्रशंसक त पहिल्यै थिएँ। यो फिल्म निर्माण थाल्नुअघि पात्रप्रतिको समर्पण, लगनशीलता र स-साना कुरामा पनि सम्झौता नगर्ने स्वभावको 'फ्यान' भएँ। फिल्‍मको स्क्रिप्टलाई बाजुराली भाषामा रुपान्तरण गरिसकेपछि हामी बाजुरा पुगेका थियौं। निर्देशक खनालसँगै मुख्य कलाकार खड्का र देशभक्त खनाल एक हप्ता बस्यौं त्‍यहाँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्देशक खनालको मुख्य उद्देश्य कलाकारद्वयले स्थानीय परिवेश र आफूले अभिनय गर्ने पात्रसँग साक्षात्कार गरुन् भन्ने थियो। तर, अभिनेत्री खड्काले त्यो प्रक्रिया काठमाडौंमै थालिसकेकी थिइन्। मैले शुद्ध नेपाली बोल्ने प्रयास गर्दागर्दै पनि फुत्किने वाक्य र लवज पहिलो भेटघाटबाटै पकड्न थालेकी थिइन्।  

एक हप्ता बाजुरा बिताएर फर्किदा उनले आफूलाई त्यहीँको युवतीका रुपमा करिब-करिब तयार गरिसकेकी थिइन्। स्थानीयसँग बढीभन्दा बढी साक्षात्कार गर्ने उनको रुचिले आफूले अभिनय गर्न लागेको पात्रका लागि चाहिने स-साना कुराहरु बटुल्न सकिन्। जसले दृष्यमा दुरुस्त उतार्न सघाएको छ। 

कोरोनाको पहिलो लहरबाट सिर्जित आतंक हामी धेरैले बिर्सिसकेका छौं। जस्तो हामीले भूकम्प पनि धेरै चाँडो बिर्सेका हौं। त्यसैले फिल्म हेरेपछि कतिपयले प्रतिक्रिया दिएका छन्- समाज यति चिसो भइसक्यो? 

उक्त समयमा समाज यो भन्दा चिसो थियो। चीनबाट उद्धार गरेर नेपाल ल्याइएका नेपालीहरुलाई 'क्वारेन्टिन'मा राख्न खोज्दा आन्दोलन भएको बिर्सिसक्यौं। आफन्त नजिक नगएका कारण स्वयंसेवीले बिरामी ओसारेको बिर्स्‍यौं। शव व्यवस्थापनमा परेका सकस बिर्स्यौं। आफन्तलाई समेत बास दिन आनाकानी गरेको बिर्स्यौं र टोलटोलमा बाँस तेर्स्याएको पनि बिर्सिसक्यौं। छोटो स्मरण हामी नेपालीको साझा समस्या हो र म पनि त्यही ड्याङमा पर्छु। 

त्यही सन्दर्भलाई लिएर एउटा ट्राभल फिल्म बनाउन लेखक/निर्देशक खनाल कस्सिए। उनी यो यात्रा काठमाडौंबाट पूर्वको कुनै पहाडी जिल्लासम्म पनि गर्न सक्थे। तर, उनको स्वभाव अरु नगएको ठाउँ जाने र अरुले नउठाएको विषय उठाउने छ। धेरैले हेरेका 'पशुपति प्रसाद' र 'आमा' मात्रै होइन,  थोरैले हेरेको 'भिजिलान्ते थ्रीडी' पनि यसको उदाहरण हो।

यो फिल्ममा म जोडिनुको ठूलो कुनै घटना छैन। उनले फिल्म लेखिरहेको सन्दर्भमा मैले मेरो आफ्नो गाउँको पुरानो तस्बिर फेसबुकमा सेयर गरेको थिएँ। एउटा सुदूर पहाडी गाउँ परिकल्पना गरिरहेका उनको उक्त तस्बिरले ध्यानाकृष्ट गरायो। उनले त्यही बेला फोन गरेर सोधेका थिए- यो कुन गाउँ हो?

मैले भनें- बाजुराको रजाली।

उनले त्यहाँ फिल्म सुटिङ गर्ने मनसाय राखे। झन्डै ११ सय किलोमिटरको यात्रा गरेर फिल्म सुटिङ गर्नु आफैंमा चुनौतीपूर्ण मात्रै होइन, खर्चिलो पनि हुन्थ्यो। मैले सहज नहुने अवगत गराएँ। 

खनालले एउटा प्रतिप्रश्न गरे,  'त्यहाँसम्म गाडी त पुग्छ?' 

गाडी पुग्ने कुरा गरेपछि उनले सुटिङस्थल फाइनल गरेर संवाद स्थानीय भाषामा अनुवाद गर्न स्क्रिप्ट पठाए। एकसरो पढेपछि मलाई लाग्यो,  'आफ्नो भाषा अरुलाई सुनाउने उपयुक्त मौका यही हो।' 

त्यो समय 'खाया हुन्', 'भया हुन्' भन्दै गरिएको 'क्यारिकेचर' सुदूरपश्चिमको लवज र भाषाका रुपमा 'स्थापित' हुनसक्ने जोखिम बढ्दो थियो। गीत र फिल्ममा यसको प्रयोग भइरहेको थियो। सकेको जति वास्तविक लवज र भाषा आमजनमाझ पुर्‍याउने सही समय आइपुगेको महसुस भयो।

अहिले पनि केहीको प्रश्न सुन्छु- फिल्म सुदूरपश्चिमकै कथा-व्यथा होइन।

पहिलो दृष्टिमा मलाई पनि लागेको त्यही हो। यो त जुन गाउँ, जुन बाटो र जुन ठाउँ गरे पनि हुन्थ्यो। बालविवाह हरेक अविकसित गाउँमा हुन्छ। छुवाछुतका लागि काठमाडौं नै काफी छ। दलितलाई कोठा भाडामा नदिएको मुद्दा ताजै छ। बाँकी जीवन रापतापपूर्ण बनाउन परदेश पुगेर 'चिसो' भइ फर्किने मान्छेहरुको संख्या बाजुराभन्दा अरु नै जिल्लामा बढी छ। यात्रामा बढ्ने सामिप्यता त पूर्वतिरको राजमार्गमा पनि हुने नै भयो!

मेरा यी अनेक प्रश्नमाथि निर्देशक खनालले प्रतिप्रश्न गरे, 'देशको यो साझा कथा बाजुराले भन्न किन पाउँदैन?' 

रुपले प्रतिप्रश्न भए पनि सारमा जवाफ थियो यो। त्यसपछि चुपचाप आफूलाई दिइएको जिम्मेवारी निर्वाह गरें र सक्ने सहयोग गरें।

सुदूरपश्चिमको एक कुनाको भाषा फिल्म 'चिसो मान्छे'मार्फत् राष्ट्रियकरण भएको छ। त्‍यहाँको कथा, व्यथा, संस्कृति, कुरितिलगायतलाई आमजनमाझ पुर्‍याउने अवसरको ढोका उनले खुला गरिदिएका छन्। त्यही ढोकाबाट पसेर सुदूरपश्चिम पर्दामा ल्याउने कोशिश अबका दिनमा गरिनेमा विश्वस्त छु। 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्