• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

'चिसो मान्छे'लाई बाजुराली लवजमा ल्याउँदाको न्यानो अनुभूति

64x64
डिबी खड्का बिहीबार, असार ९, २०७९  २०:२५
1140x725

'चिसो मान्छे' हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्‍यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले 'रेकर्ड ब्रेक' गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। 'भयो, पुग्यो' भनेर यी दुईबाट भागेको मान्छे सितिमिति भेटिन्न। त्यसकारण फिल्मको कमाइबाट निर्माण पक्ष दु:खी नहुनु नै खुसीकाे कुरा हो। 

मैले कुनै समय फिल्मलाई केन्द्रमा राखेर पत्रकारिता गरेको थिएँ। उक्त 'बिट'मा सक्रिय लेखन छाडेको झन्डै ७ वर्षपछि यो फिल्मको 'टिम'मा जोडिने अवसर पाएँ। भाषा स्थानीयकरण (अनुवाद)को भूमिका प्राप्त गर्नुलाई मैले उच्च अवसरका रुपमा लिएको छु। यसका पछाडि अनेक कारण छन्। त्यसैले 'चिसो मान्छे' हलमा चलिरहँदा म भने 'न्यानो' महसुस गरिरहेको छु। 

यसको पहिलो कारण हो, बाजुराली भाषाको पहिचान। माता र मातृत्वसँग जोडिएका हरकुरा सबैलाई प्रिय लाग्छन्। आफूले बोलीहुर्केको भाषालाई फिल्ममार्फत् व्यापक बनाउने कुरा मात्रै होइन, इतिहासको एउटा पानामा दस्तावेज बनाएर छाड्ने अवसर प्राप्त भएको छ। योजनाबद्ध रुपमा लागें भने पनि सम्भव तुल्याउन नसक्ने कुरा मित्र दीपेन्द्र के खनालको सहयोगले पूरा भयो। 

खश भाषाबाट अपभ्रंश, अझ भनौं स्थानीयकरण भएर अनेक सहायक भाषा बनेका छन्। नेपाली भाषा पनि खशकै अपभ्रश (भाषा विज्ञहरुले विकसित पनि भन्लान्) स्वरुप हो। बाजुराली भाषा पनि दुरुस्तै खश (सिञ्जा क्षेत्र) भन्दा केही फरक र डोटेलीभन्दा पनि भिन्दै हो। तर, त्यसको आफ्नै मौलिक पहिचान थिएन। 

बाजुराली जस्तै अछामी, बझाङ्गीलगायतका भाषा पनि आफ्नै पहिचान बनाउन सक्रिय देखिन्छन्। यी तीन जिल्लाको बोलीभाषामा ८० प्रतिशतभन्दा बढी समानता भने छ। बाजुरा सुदूरपश्चिममा भएकाले धेरैले त्यहाँ बोलिने भाषा 'डोटेली' ठान्छन्। डोटेलीका धेरै शब्दसँग समानता छ, तर लवजमा ठूलो भिन्नता छ। बाजुराको लवज सुन्दा कर्णालीमा बोलिने 'खश' महसुस हुन्छ। यहीँकहीँ दोसाँधमा रहेको एउटा लवज र भाषा राष्ट्रियकरणको यो क्षण मेरा लागि चिसो मान्छेकी एक पात्र पुष्पाको 'युँ समय याइँ रोक्किजाउ' हो। 

फिल्म रिलिजअघि यसका कलाकार, निर्माता र निर्देशकलाई आफ्नो खालको उत्सुकता र त्रास थियो होला। पृष्ठभूमिमा म र भाषा स्थानीयकरणमा सघाउने शोभा थापालाई डर थियो,  'भाषा र लवजले फिल्म नै समस्या पर्छ कि?' 

डर दुई खालको थियो- एक हामीले अपेक्षा गरेअनुसार कलाकारहरुले उताको लवज पकड्न सकेका छन् कि छैनन्। (ढुक्कचाहिँ केमा थियौं भने उक्त भाषा बोल्न कलाकार स्वस्तिमा खड्का र देशभक्त खनाल आफूलाई पात्रमा पर्गेल्न कुनै कसुर बाँकी राख्नेवाला थिएनन्।)

nimb
nimb
Ncell 2
Ncell 2

अर्को डर थियो- भाषा बुझिदिएनन् भने के गर्ने? यो डर मैले फिल्म रिलिजअघि निर्देशक खनालसामु पनि प्रस्तुत गरेको थिएँ। भनेको थिएँ- सबटाइटल चाहिन्छ कि?

तर उनी ढुक्क देखिए,  'दृष्य र भाषाको संयोजनबाट बुझाउने कोशिश गर्ने हो। आफ्नै भाषामा सबटाइटल चाहिँदैन।' खनालको आत्मविश्वास खरो उत्रिएको छ, फिल्म हेर्ने धेरैले बुझेका छन् र कतिले कोशिश गरेका छन्।

मुख्य कलाकार बाजुराको वेषभूषामा प्रस्तुत गर्ने निर्णय निर्देशक खनालको साहसिक यात्रा हो। उनको यो निर्णयको परिणामजस्तो पनि आउन सक्थ्यो। किनभने बाजुराली भाषासँग उनी आफैं पनि पहिलोपटक परिचित हुँदै थिए। कलाकारको लवज र संवादको स्थानीयकरणको जिम्मा अर्कैलाई लगाएर राम्रो फिल्म बनाउने साहस सबै निर्देशकसँग हुँदैन। त्यसैमाथि यो कामका लागि म 'अप्रमाणित' व्यक्ति थिएँ। कुनैबेला अग्रज सञ्चारकर्मी मन्टेश्वरी राजभण्डारी दिदीको विश्वासमा एउटा रेडियो नाटक स्थानीयकरण गरेको सामान्य अनुभवबाहेक मसँग अरु केही थिएन। 

अभिनेत्री खड्काको अभिनयको प्रशंसक त पहिल्यै थिएँ। यो फिल्म निर्माण थाल्नुअघि पात्रप्रतिको समर्पण, लगनशीलता र स-साना कुरामा पनि सम्झौता नगर्ने स्वभावको 'फ्यान' भएँ। फिल्‍मको स्क्रिप्टलाई बाजुराली भाषामा रुपान्तरण गरिसकेपछि हामी बाजुरा पुगेका थियौं। निर्देशक खनालसँगै मुख्य कलाकार खड्का र देशभक्त खनाल एक हप्ता बस्यौं त्‍यहाँ।

निर्देशक खनालको मुख्य उद्देश्य कलाकारद्वयले स्थानीय परिवेश र आफूले अभिनय गर्ने पात्रसँग साक्षात्कार गरुन् भन्ने थियो। तर, अभिनेत्री खड्काले त्यो प्रक्रिया काठमाडौंमै थालिसकेकी थिइन्। मैले शुद्ध नेपाली बोल्ने प्रयास गर्दागर्दै पनि फुत्किने वाक्य र लवज पहिलो भेटघाटबाटै पकड्न थालेकी थिइन्।  

एक हप्ता बाजुरा बिताएर फर्किदा उनले आफूलाई त्यहीँको युवतीका रुपमा करिब-करिब तयार गरिसकेकी थिइन्। स्थानीयसँग बढीभन्दा बढी साक्षात्कार गर्ने उनको रुचिले आफूले अभिनय गर्न लागेको पात्रका लागि चाहिने स-साना कुराहरु बटुल्न सकिन्। जसले दृष्यमा दुरुस्त उतार्न सघाएको छ। 

कोरोनाको पहिलो लहरबाट सिर्जित आतंक हामी धेरैले बिर्सिसकेका छौं। जस्तो हामीले भूकम्प पनि धेरै चाँडो बिर्सेका हौं। त्यसैले फिल्म हेरेपछि कतिपयले प्रतिक्रिया दिएका छन्- समाज यति चिसो भइसक्यो? 

उक्त समयमा समाज यो भन्दा चिसो थियो। चीनबाट उद्धार गरेर नेपाल ल्याइएका नेपालीहरुलाई 'क्वारेन्टिन'मा राख्न खोज्दा आन्दोलन भएको बिर्सिसक्यौं। आफन्त नजिक नगएका कारण स्वयंसेवीले बिरामी ओसारेको बिर्स्‍यौं। शव व्यवस्थापनमा परेका सकस बिर्स्यौं। आफन्तलाई समेत बास दिन आनाकानी गरेको बिर्स्यौं र टोलटोलमा बाँस तेर्स्याएको पनि बिर्सिसक्यौं। छोटो स्मरण हामी नेपालीको साझा समस्या हो र म पनि त्यही ड्याङमा पर्छु। 

त्यही सन्दर्भलाई लिएर एउटा ट्राभल फिल्म बनाउन लेखक/निर्देशक खनाल कस्सिए। उनी यो यात्रा काठमाडौंबाट पूर्वको कुनै पहाडी जिल्लासम्म पनि गर्न सक्थे। तर, उनको स्वभाव अरु नगएको ठाउँ जाने र अरुले नउठाएको विषय उठाउने छ। धेरैले हेरेका 'पशुपति प्रसाद' र 'आमा' मात्रै होइन,  थोरैले हेरेको 'भिजिलान्ते थ्रीडी' पनि यसको उदाहरण हो।

यो फिल्ममा म जोडिनुको ठूलो कुनै घटना छैन। उनले फिल्म लेखिरहेको सन्दर्भमा मैले मेरो आफ्नो गाउँको पुरानो तस्बिर फेसबुकमा सेयर गरेको थिएँ। एउटा सुदूर पहाडी गाउँ परिकल्पना गरिरहेका उनको उक्त तस्बिरले ध्यानाकृष्ट गरायो। उनले त्यही बेला फोन गरेर सोधेका थिए- यो कुन गाउँ हो?

मैले भनें- बाजुराको रजाली।

उनले त्यहाँ फिल्म सुटिङ गर्ने मनसाय राखे। झन्डै ११ सय किलोमिटरको यात्रा गरेर फिल्म सुटिङ गर्नु आफैंमा चुनौतीपूर्ण मात्रै होइन, खर्चिलो पनि हुन्थ्यो। मैले सहज नहुने अवगत गराएँ। 

खनालले एउटा प्रतिप्रश्न गरे,  'त्यहाँसम्म गाडी त पुग्छ?' 

गाडी पुग्ने कुरा गरेपछि उनले सुटिङस्थल फाइनल गरेर संवाद स्थानीय भाषामा अनुवाद गर्न स्क्रिप्ट पठाए। एकसरो पढेपछि मलाई लाग्यो,  'आफ्नो भाषा अरुलाई सुनाउने उपयुक्त मौका यही हो।' 

त्यो समय 'खाया हुन्', 'भया हुन्' भन्दै गरिएको 'क्यारिकेचर' सुदूरपश्चिमको लवज र भाषाका रुपमा 'स्थापित' हुनसक्ने जोखिम बढ्दो थियो। गीत र फिल्ममा यसको प्रयोग भइरहेको थियो। सकेको जति वास्तविक लवज र भाषा आमजनमाझ पुर्‍याउने सही समय आइपुगेको महसुस भयो।

अहिले पनि केहीको प्रश्न सुन्छु- फिल्म सुदूरपश्चिमकै कथा-व्यथा होइन।

पहिलो दृष्टिमा मलाई पनि लागेको त्यही हो। यो त जुन गाउँ, जुन बाटो र जुन ठाउँ गरे पनि हुन्थ्यो। बालविवाह हरेक अविकसित गाउँमा हुन्छ। छुवाछुतका लागि काठमाडौं नै काफी छ। दलितलाई कोठा भाडामा नदिएको मुद्दा ताजै छ। बाँकी जीवन रापतापपूर्ण बनाउन परदेश पुगेर 'चिसो' भइ फर्किने मान्छेहरुको संख्या बाजुराभन्दा अरु नै जिल्लामा बढी छ। यात्रामा बढ्ने सामिप्यता त पूर्वतिरको राजमार्गमा पनि हुने नै भयो!

मेरा यी अनेक प्रश्नमाथि निर्देशक खनालले प्रतिप्रश्न गरे, 'देशको यो साझा कथा बाजुराले भन्न किन पाउँदैन?' 

रुपले प्रतिप्रश्न भए पनि सारमा जवाफ थियो यो। त्यसपछि चुपचाप आफूलाई दिइएको जिम्मेवारी निर्वाह गरें र सक्ने सहयोग गरें।

सुदूरपश्चिमको एक कुनाको भाषा फिल्म 'चिसो मान्छे'मार्फत् राष्ट्रियकरण भएको छ। त्‍यहाँको कथा, व्यथा, संस्कृति, कुरितिलगायतलाई आमजनमाझ पुर्‍याउने अवसरको ढोका उनले खुला गरिदिएका छन्। त्यही ढोकाबाट पसेर सुदूरपश्चिम पर्दामा ल्याउने कोशिश अबका दिनमा गरिनेमा विश्वस्त छु। 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्