मोरङ– मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ गरेका छन्।
पक्राउ पर्नेहरुमा भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन्।
असार पाँच गते पक्राउ परेका उनीहरु प्रेमी–प्रेमिका भएको खुलेको छ। डान्स सिक्न भनेर घरबाट निस्केकी १३ वर्षीया बालिकालाई उनीहरुले वेचविखन गर्ने उद्देश्यले भारततर्फ लगेको प्रहरीको दाबी छ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।