काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा)को विदेश विभाग प्रमुखमा नवीन पाण्डे नियुक्त भएका छन्।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो।
पाण्डे जर्मनीमा बस्दै आएका छन्। उनी अध्यक्षमा नेम्वाङलाई जिताउन काठमाडौं ओर्लिएका थिए। अघिल्लो कार्यकालमा समेत उनी विदेश विभाग प्रमुख थिए।
तर, कर्माछिरिङ शेर्पा नेतृत्वसँग विद्रोह गर्दै राजीनामा दिएका थिए। उनी पछिल्लो समय चेन्ज एन्फाबाट चेन्ज कर्माको नारा लिएर हिँडेका थिए।
यता, बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।