काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई नियुक्त भएका छन्। सातदोबाटोस्थित एन्फा मुख्यालयमा नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतमा बसेको पहिलो कार्यसमिति बैठकले राईलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
राई यसअघि कर्माछिरिङ शेर्पाको कार्यसमितिका सदस्य एवम् प्रवक्ताको जिम्मेवारीमा थिए।
शेर्पाको कार्यकालमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर कारबाही नगरेको भन्दै उनले गत साउनमा राजीनामा दिएका थिए।
यस्तै, कार्यसमितिले कोषध्यक्षको जिम्मेवारी रविन्द्र जोशीलाई सुम्पिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।