काठमाडौं– उच्च अदालत विराटनगर परिसरमै एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ का ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो।
उनलाई मध्यपुर ठिमी बुधबार पक्राउ गरिएको सिआईबीका प्रवक्ता तथा एसपी कमल थापाले जानकारी दिए।
राजवाहकले गत वर्षको असोज १० गते उच्च अदालत विराटनगरेको गेट अगाडि नै कमल सिंहलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनी घाइते भएका थिए।
राजवाहकसहित बिमल कार्कीसमेतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।