• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऐया! माया : शरीर र संगीतको लयात्मक प्रयोग

64x64
युवराज भट्टराई बिहीबार, असार ९, २०७९  ०७:०५
1140x725

काठमाडौं– काठमाडौंको टेकुस्थित कौसी रंगमञ्च पुग्ने भित्ताहरूमा हास्यरस मिसिएका वाक्यहरू कोरिएका छन्।

‘अब पुगिहालियो है ।’

थिएटरको ‘ब्ल्याक बक्स’ भएको तलासम्म पुग्दै गर्दा यस्ता वाक्यहरूले थिएटरमा आएका दर्शकलाई तान्छन्। मंगलबार यिनै तलाका भित्ताहरू छिचोल्दै चौंथो तलामा रहेको कौसी थिएटरमा मञ्चन भयो, ‘ऐया! माया।’

प्रिमियरका दिन थिएटर झकिझकाउ थियो। मञ्च अघिको दर्शकदीर्घमा उल्लेख्य दर्शकको उपस्थिति। दर्शकको उपस्थिति बाक्लिरहँदा थिएटरको मञ्चमा कलाकारहरू आफ्नै भावभंगीमा मग्न थिए। कोही नृत्यमा मग्न थिए त कोही शारीरिक हाउभाउमा। सँगै बजिरहेको तबला र मन्द गितारको धुनले माहोललाई फरक बनायो।

नेपाली रंगमञ्चमा आफ्ना कथाहरूको कमि भइरहेको अवस्था छ। धेरै कम मात्रामा मौलिक नाटकहरू निर्माण भइरहेका छन्। धेरैजसो पूर्वलिखित पुस्तक वा कथामा आधारित त केही मात्रामा विदेशी नाटकबाट प्रभावित वा अनुवादित नाटकहरूको मञ्चनको वर्चश्व छ। संख्यामै पनि केही यस्ता नाटक मञ्चन भएपछि एक नाटक मौलिक र नयाँ उत्पादन भइरहेको छ।

सँगै खड्किरहेको अर्को विषय नेपाली नाटकमा प्रयोगको पनि हो। रंगमञ्चमा प्रप्त होस् वा स्वयम् कथा र प्रस्तुतिमै पनि, प्रयोगको मामलामा नेपाली रंगमञ्चमा सीमितता छ।

बानेश्वरस्थित मण्डला थिएटरमा मौलिक स्वाद र परम्परा झल्किने कथा बोकेको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहँदा केही टाढा टेकुको कौसी थिएटरमा ‘ऐया! माया’ मञ्चन भएको छ। जुन नाटक प्रयोगधर्मी र मौलिक देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सँगै निर्देशकले लिएको चुनौतीले भरिएको पनि। 

नाटकको निर्देशन सुदाम सिकेले गरेका छन्। परिकल्पनाकार पनि उनी स्वयम् हुन्। शहरका रंगकर्मी र रंगमञ्चका दर्शकमाझमा प्रयोग गर्न रुचाउने निर्देशकको रुपमा चिनिन्छन् सिके।

सिकेले यसअघि ‘पाँच’ नामक नाटक निर्देशन गरेका थिए। उक्त नाटकमा सिकेले अभिव्यक्तिको माध्यम शरीरलाई बनाए। शरीरले नै कथा भन्यो, शरीरले नै भाषा बोल्यो। नाटक प्रयोगवादी थियो। र, सफल पनि भयो।

Xtrem

Xtrem

‘ऐया! माया’ सिकेले त्यसपछि निर्देशन गरेको नाटक हो।

नाटकमा निश्चित कथा प्रस्तुत छैन, फरक–फरक कथाहरू प्रस्तुत छन्। समाजमा भएका विविध पक्षहरू प्रस्तुत छन्। समाजको अवस्था, राजनीति, व्यवस्था, दिक्दारी, विभेदजस्ता पक्षहरू प्रस्तुत छन्। समाजमा सहजै अभिव्यक्त गर्न नसकिने पक्षहरूमाथि खुलस्त अभिव्यक्ति नाटकमा देखाइएको छ।

‘ऐया! माया’ नाटकको सुरुवातमा पाँच पात्रहरू मञ्चमा विभिन्न हाउभाउमा देखिन्छन्। मञ्चमा राखिएका पाँच मेचहरूमा बसेका उनीहरू विस्तारै उभिन्छन्। पार्श्वमा बजिरहेको संगीतको तालमा शरीरको हाउभाउ बदल्छन्। पात्रहरूमध्ये एक मञ्चमै आसिन भएर समाजको कथन कहन्छन्।

अन्य पात्रहरू नाटकमा फरक फरक भावभंगीमा देखिन्छन्। संगीतसँगै हाउभाउ बनाउँदै उनीहरूको अनुहारको रंग फिक्का हुँदै जान्छ। रंग उडेको अनुहारमा विस्तारै विरह पोखिन्छ। विरह आँसुमा परिणत हुन्छ। मञ्चमा अभिनय गरिरहेकी पवित्र राई चार पात्र मध्येबाट अलग हुन्छिन्। उनका आँखामा आँसु टिलपिल देखिन्छन्।

नाटकभर नै संगीत र शरीरको सशक्त प्रयोग छ। केही संवाद र शब्दहरूले दर्शकलाई प्रसंगबारे बुझाउँछन्। समाजमा प्रेमप्रति भएको वितृष्णादेखि सरकारको लाचारीपन, विभेदका लागि आवाज उठाउनेलाई लाग्ने ‘डलरवादी’ आरोपदेखि रीति–कुरीतिमाथिको कथन। नाटकमा थोरै संवादमार्फत् यी कुराहरू वर्णन गरिन्छ।

‘ऐया! माया’ नाटक प्रयोगधर्मी नाटक हो, जसमा संगीत र शरीरको प्रयोग सशक्त रुपमा भएको छ। थोरै संवादहरूले प्रश्न गर्छन्–व्यवस्थामाथि, सरकारमाथि, समाजमाथि र सामाजिक व्यवस्थामाथि। हामीले पाइरहेको शिक्षादेखि सुनिरहेको समाचारसम्ममा प्रश्न गरिन्छ। समाजमा मानिस ‘मेसिन केन्द्रित’ भइरहेको नाटकले महसुस गराउँछ।

नाटक ‘ऐया! माया’ले बोलेको भाषा संगीत र शरीरको लयात्मक अभिव्यक्ति हो। समाजमा नमिलेका प्रसंगहरूमाथि नाटकका पात्रहरूले यो शैलीमा बोलेका छन्। प्रयोगवादी निर्देशक सुदाम सिकेको प्रयोग ‘ऐया! माया’ नाटकमा पनि देखिएको छ। सिकेले मानव भावनाका प्रेम, रुचि, आनन्द, आश्चर्य, डर जस्ता भावनालाई प्रस्तुत गरेका छन्। संगीतसँग लयात्मक बनेको शरीरमार्फत् उनले मानव रुचिलाई प्रस्तुत गरेका छन्।

नाटकको मञ्चमा ६ कलाकारको अभिनय छ, जसमध्ये एक कलाकार नाटकमा मनोलग प्रस्तुत गर्न देखा पर्छन्। आकास नेपाली, आयान खड्का, पवित्र राई, मुक्ति, शिशिर शिवाकोटी, सरिता कठायत मञ्चमा देखिएका छन्। शरीरको संवादमार्फत् दर्शकसँग बोलिरहेका यी कलाकारहरूको भावभंगीले दर्शकलाई सोचनिय बनाउँछ। संगीतसँगै शारीरिक सामर्थ्य प्रस्तुत गर्नेदेखि दुःखको विरहमा डुब्ने दृश्यहरू मोहक छन्।

‘ऐया! माया’मा प्रयोग भएको न्यूनतम प्रप्सको प्रयोग र प्रकाशको संयोजन सुन्दर छ। पाँच मेचहरूलाई पुलको रुपमा प्रयोग गरिएको छ, जुन दृश्यमा प्रप्सको प्रयोग गर्दा अपनाइएको शैली फरक र सुन्दर लाग्छ।

सँगै नाटकमा अब्बल पक्ष प्रकाशको छ। विरहमा तुवालोले ढाकिएको परिदृश्य निर्माण गर्न धुँवा र निलो प्रकाशको प्रयोग गरिएको छ। मञ्चमा डोरीको प्रयोगबाट कुनै सवारी गुडेको आवाज निकाल्ने ध्वनी र प्रकाश संयोजनको प्रयोग उच्च कोटीको लाग्छ।

‘ऐया! माया’ संगीत र शरीरको लयात्मक भाषा बोल्ने नाटक हो। निश्चयः पनि नाटकमा प्रयोग गरिएको संगीत सुन्दर छ। मञ्चकै एक कुनामा आसिन शर्मिला के गुरुङ र शिवराज जोशीले फरक फरक शैलीका शास्त्रीय र आधुनिक संगीत तथा गीतहरूमार्फत् नाटकमा सौन्दर्य भरेका छन्। पूर्वनिर्मित गीतहरूलाई नाटकको प्रसंगअनुसार गायनमार्फत् गरिएको प्रयोगले दर्शकलाई पनि नाटकसँग जोड्ने सामर्थ्य राख्छ।

तर, यी सबैका बाबजुद दर्शकले सोच्नुपर्ने कुरा भने ‘ऐया! माया’ निश्चित कथा बोल्ने नाटक होइन। प्रसंगको सुरुवातबाट अन्त्यसम्मको यात्रा गराउने कथा ‘ऐया! माया’ले बोकेको छैन। ‘ऐया! माया’ले बोकेको कथा शरीर र संगीतको भाषामार्फत् प्रस्तुत बिम्बात्मक अभिव्यक्ति हो। सामाजिक प्रसंग र परिवेशको विवरण हो, ‘ऐया! माया’।

प्रयोगवादी नाटक भएकाले कतिपयले यसलाई असाधारण मान्नु स्वभाविक हो। एउटा कथामा आधारित रहेर बन्ने नाटक हेर्ने दर्शकका लागि ‘ऐया! माया’ उपयुक्त नाटक नहुन सक्छ। तर, प्रयोगवादी सोच र फरक शैलीको अनुभूति गर्न चाहनेहरूका निम्ति भने नाटक सुन्दर अनुभव हुन्छ।

असार ७ देखि मञ्चन सुरु भएको नाटक असार ३२ सम्म सोमबार र मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो २ बजे पनि मञ्चन हुनेछ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्