• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऐया! माया : शरीर र संगीतको लयात्मक प्रयोग

64x64
युवराज भट्टराई बिहीबार, असार ९, २०७९  ०७:०५
1140x725

काठमाडौं– काठमाडौंको टेकुस्थित कौसी रंगमञ्च पुग्ने भित्ताहरूमा हास्यरस मिसिएका वाक्यहरू कोरिएका छन्।

‘अब पुगिहालियो है ।’

थिएटरको ‘ब्ल्याक बक्स’ भएको तलासम्म पुग्दै गर्दा यस्ता वाक्यहरूले थिएटरमा आएका दर्शकलाई तान्छन्। मंगलबार यिनै तलाका भित्ताहरू छिचोल्दै चौंथो तलामा रहेको कौसी थिएटरमा मञ्चन भयो, ‘ऐया! माया।’

प्रिमियरका दिन थिएटर झकिझकाउ थियो। मञ्च अघिको दर्शकदीर्घमा उल्लेख्य दर्शकको उपस्थिति। दर्शकको उपस्थिति बाक्लिरहँदा थिएटरको मञ्चमा कलाकारहरू आफ्नै भावभंगीमा मग्न थिए। कोही नृत्यमा मग्न थिए त कोही शारीरिक हाउभाउमा। सँगै बजिरहेको तबला र मन्द गितारको धुनले माहोललाई फरक बनायो।

नेपाली रंगमञ्चमा आफ्ना कथाहरूको कमि भइरहेको अवस्था छ। धेरै कम मात्रामा मौलिक नाटकहरू निर्माण भइरहेका छन्। धेरैजसो पूर्वलिखित पुस्तक वा कथामा आधारित त केही मात्रामा विदेशी नाटकबाट प्रभावित वा अनुवादित नाटकहरूको मञ्चनको वर्चश्व छ। संख्यामै पनि केही यस्ता नाटक मञ्चन भएपछि एक नाटक मौलिक र नयाँ उत्पादन भइरहेको छ।

सँगै खड्किरहेको अर्को विषय नेपाली नाटकमा प्रयोगको पनि हो। रंगमञ्चमा प्रप्त होस् वा स्वयम् कथा र प्रस्तुतिमै पनि, प्रयोगको मामलामा नेपाली रंगमञ्चमा सीमितता छ।

बानेश्वरस्थित मण्डला थिएटरमा मौलिक स्वाद र परम्परा झल्किने कथा बोकेको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहँदा केही टाढा टेकुको कौसी थिएटरमा ‘ऐया! माया’ मञ्चन भएको छ। जुन नाटक प्रयोगधर्मी र मौलिक देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

सँगै निर्देशकले लिएको चुनौतीले भरिएको पनि। 

नाटकको निर्देशन सुदाम सिकेले गरेका छन्। परिकल्पनाकार पनि उनी स्वयम् हुन्। शहरका रंगकर्मी र रंगमञ्चका दर्शकमाझमा प्रयोग गर्न रुचाउने निर्देशकको रुपमा चिनिन्छन् सिके।

सिकेले यसअघि ‘पाँच’ नामक नाटक निर्देशन गरेका थिए। उक्त नाटकमा सिकेले अभिव्यक्तिको माध्यम शरीरलाई बनाए। शरीरले नै कथा भन्यो, शरीरले नै भाषा बोल्यो। नाटक प्रयोगवादी थियो। र, सफल पनि भयो।

‘ऐया! माया’ सिकेले त्यसपछि निर्देशन गरेको नाटक हो।

नाटकमा निश्चित कथा प्रस्तुत छैन, फरक–फरक कथाहरू प्रस्तुत छन्। समाजमा भएका विविध पक्षहरू प्रस्तुत छन्। समाजको अवस्था, राजनीति, व्यवस्था, दिक्दारी, विभेदजस्ता पक्षहरू प्रस्तुत छन्। समाजमा सहजै अभिव्यक्त गर्न नसकिने पक्षहरूमाथि खुलस्त अभिव्यक्ति नाटकमा देखाइएको छ।

‘ऐया! माया’ नाटकको सुरुवातमा पाँच पात्रहरू मञ्चमा विभिन्न हाउभाउमा देखिन्छन्। मञ्चमा राखिएका पाँच मेचहरूमा बसेका उनीहरू विस्तारै उभिन्छन्। पार्श्वमा बजिरहेको संगीतको तालमा शरीरको हाउभाउ बदल्छन्। पात्रहरूमध्ये एक मञ्चमै आसिन भएर समाजको कथन कहन्छन्।

अन्य पात्रहरू नाटकमा फरक फरक भावभंगीमा देखिन्छन्। संगीतसँगै हाउभाउ बनाउँदै उनीहरूको अनुहारको रंग फिक्का हुँदै जान्छ। रंग उडेको अनुहारमा विस्तारै विरह पोखिन्छ। विरह आँसुमा परिणत हुन्छ। मञ्चमा अभिनय गरिरहेकी पवित्र राई चार पात्र मध्येबाट अलग हुन्छिन्। उनका आँखामा आँसु टिलपिल देखिन्छन्।

नाटकभर नै संगीत र शरीरको सशक्त प्रयोग छ। केही संवाद र शब्दहरूले दर्शकलाई प्रसंगबारे बुझाउँछन्। समाजमा प्रेमप्रति भएको वितृष्णादेखि सरकारको लाचारीपन, विभेदका लागि आवाज उठाउनेलाई लाग्ने ‘डलरवादी’ आरोपदेखि रीति–कुरीतिमाथिको कथन। नाटकमा थोरै संवादमार्फत् यी कुराहरू वर्णन गरिन्छ।

‘ऐया! माया’ नाटक प्रयोगधर्मी नाटक हो, जसमा संगीत र शरीरको प्रयोग सशक्त रुपमा भएको छ। थोरै संवादहरूले प्रश्न गर्छन्–व्यवस्थामाथि, सरकारमाथि, समाजमाथि र सामाजिक व्यवस्थामाथि। हामीले पाइरहेको शिक्षादेखि सुनिरहेको समाचारसम्ममा प्रश्न गरिन्छ। समाजमा मानिस ‘मेसिन केन्द्रित’ भइरहेको नाटकले महसुस गराउँछ।

नाटक ‘ऐया! माया’ले बोलेको भाषा संगीत र शरीरको लयात्मक अभिव्यक्ति हो। समाजमा नमिलेका प्रसंगहरूमाथि नाटकका पात्रहरूले यो शैलीमा बोलेका छन्। प्रयोगवादी निर्देशक सुदाम सिकेको प्रयोग ‘ऐया! माया’ नाटकमा पनि देखिएको छ। सिकेले मानव भावनाका प्रेम, रुचि, आनन्द, आश्चर्य, डर जस्ता भावनालाई प्रस्तुत गरेका छन्। संगीतसँग लयात्मक बनेको शरीरमार्फत् उनले मानव रुचिलाई प्रस्तुत गरेका छन्।

नाटकको मञ्चमा ६ कलाकारको अभिनय छ, जसमध्ये एक कलाकार नाटकमा मनोलग प्रस्तुत गर्न देखा पर्छन्। आकास नेपाली, आयान खड्का, पवित्र राई, मुक्ति, शिशिर शिवाकोटी, सरिता कठायत मञ्चमा देखिएका छन्। शरीरको संवादमार्फत् दर्शकसँग बोलिरहेका यी कलाकारहरूको भावभंगीले दर्शकलाई सोचनिय बनाउँछ। संगीतसँगै शारीरिक सामर्थ्य प्रस्तुत गर्नेदेखि दुःखको विरहमा डुब्ने दृश्यहरू मोहक छन्।

‘ऐया! माया’मा प्रयोग भएको न्यूनतम प्रप्सको प्रयोग र प्रकाशको संयोजन सुन्दर छ। पाँच मेचहरूलाई पुलको रुपमा प्रयोग गरिएको छ, जुन दृश्यमा प्रप्सको प्रयोग गर्दा अपनाइएको शैली फरक र सुन्दर लाग्छ।

सँगै नाटकमा अब्बल पक्ष प्रकाशको छ। विरहमा तुवालोले ढाकिएको परिदृश्य निर्माण गर्न धुँवा र निलो प्रकाशको प्रयोग गरिएको छ। मञ्चमा डोरीको प्रयोगबाट कुनै सवारी गुडेको आवाज निकाल्ने ध्वनी र प्रकाश संयोजनको प्रयोग उच्च कोटीको लाग्छ।

‘ऐया! माया’ संगीत र शरीरको लयात्मक भाषा बोल्ने नाटक हो। निश्चयः पनि नाटकमा प्रयोग गरिएको संगीत सुन्दर छ। मञ्चकै एक कुनामा आसिन शर्मिला के गुरुङ र शिवराज जोशीले फरक फरक शैलीका शास्त्रीय र आधुनिक संगीत तथा गीतहरूमार्फत् नाटकमा सौन्दर्य भरेका छन्। पूर्वनिर्मित गीतहरूलाई नाटकको प्रसंगअनुसार गायनमार्फत् गरिएको प्रयोगले दर्शकलाई पनि नाटकसँग जोड्ने सामर्थ्य राख्छ।

तर, यी सबैका बाबजुद दर्शकले सोच्नुपर्ने कुरा भने ‘ऐया! माया’ निश्चित कथा बोल्ने नाटक होइन। प्रसंगको सुरुवातबाट अन्त्यसम्मको यात्रा गराउने कथा ‘ऐया! माया’ले बोकेको छैन। ‘ऐया! माया’ले बोकेको कथा शरीर र संगीतको भाषामार्फत् प्रस्तुत बिम्बात्मक अभिव्यक्ति हो। सामाजिक प्रसंग र परिवेशको विवरण हो, ‘ऐया! माया’।

प्रयोगवादी नाटक भएकाले कतिपयले यसलाई असाधारण मान्नु स्वभाविक हो। एउटा कथामा आधारित रहेर बन्ने नाटक हेर्ने दर्शकका लागि ‘ऐया! माया’ उपयुक्त नाटक नहुन सक्छ। तर, प्रयोगवादी सोच र फरक शैलीको अनुभूति गर्न चाहनेहरूका निम्ति भने नाटक सुन्दर अनुभव हुन्छ।

असार ७ देखि मञ्चन सुरु भएको नाटक असार ३२ सम्म सोमबार र मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो २ बजे पनि मञ्चन हुनेछ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्