काठमाडौं- व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीशसँग घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)को बैठक बसिरहेको छ।
महान्यायाधीवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बैठक बसिरहेको हो।
काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।
१० करोड धरौटीमा तामाङलाई धरौटीमा छाड्ने र त्यसबापत २ करोड लिने प्रस्ताव अधिवक्ता पोखरेलले गरेको अडियोमा सुन्न सकिन्छ।
'घुसका विषयमा सार्वजनिक भएको अडियोका बारेमा छलफल गर्न हामी बैठक बसिरहेका छौं, यसबारे छानबिन हुन्छ' महान्यायाधीवक्ता खातीले नेपाल लाइभसँग भने। काउन्सिलले अधिवक्ता पोखरेलमाथि कारबाहीका लागि छानविन समिति गठन गर्ने तयारी गरेको छ। काउन्सिलले पोखरेलको लाइसेन्स खारेज गर्ने निर्णय गर्न सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।