• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिमा उदाउलान् रवि?

64x64
डिबी खड्का मंगलबार, असार ७, २०७९  १९:१२
1140x725

काठमाडौं– पूर्व सञ्चारकर्मी रवि लामिछानेले पार्टी घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने आम आशंकाबीच उनले 'स्वतन्त्र' शब्दलाई नै पार्टीकरण गरेर राजनीतिको सुरुवात गरेका छन्। उनले निर्वाचन आयोगमा घन्टा छापसहित 'राष्ट्रिय स्वतन्त्र पार्टी' दर्ताका लागि निवेदन दिएका छन्। 

स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। प्रतिनिधि सभामा संख्या बढ्ने संकेत देखिरहेको छ। स्वतन्त्र उम्मेदवारी अभियानका रुपमा अघि बढिरहेका बेला उनले त्यसलाई पार्टीमा परिणत गरेका हुन्।

स्वतन्त्र ह्विम शैली क्यास गर्ने प्रयास
स्वतन्त्रमा आएको यही ह्विम उनले 'क्यास' गर्ने प्रयास गरेका छन्। पार्टीको नाम मात्रै होइन, घोषणामा उनको गेटअपले पनि त्यही दर्शाउँछ। गएको निर्वाचनमा प्राय: स्वतन्त्रहरुले राष्ट्रिय झन्डा ओढेर भोट मागे। लामिछानेले पनि त्यसलाई पछ्याएका छन्। पार्टीको नामका अघि राष्ट्रिय झन्डा नै देखाए भने आफूले पनि झन्डा ओढेर भाषण गरे।

निर्वाचन आयोग परिसरमा उनले स्वतन्त्रको माहोल रहेकाले पार्टीको नाम सोही अनुसार राखेको बताइसकेका छन्। 

लामिछानेले त्यस्तो बेला पार्टी गठन गरेका छन्,  जतिबेला हुर्किँदै गरेका केही वैकल्पिक शक्तिहरुसमेत सुक्न थालेका छन्। ती पार्टीका कुनैबेलाका नेताहरुसमेत स्वतन्त्र उम्मेदवारका रुपमा आफूलाई अघि सारिरहेका थिए। वैकल्पिक पार्टीको त्यो स्पेस उनले लिने कोशिस गर्नेछन्।

मूलधारका पार्टीहरुप्रति वितृष्णा बढ्दो छ। ७० को दशक पार गरिसकेका हजुरबा पुस्ताले नेतृत्व गरिरहेको पार्टीप्रति नयाँ पुस्ताको रुचि छैन। त्यो अरुचिका लागिसमेत उनले आफ्नो पार्टीलाई विकल्पका रुपमा उभ्याउने अपेक्षा गरेका हुन सक्छन्।

टेलिभिजनको अनुभव राजनीतिकरण
लामिछानेलाई राजनीतिका लागि पृष्ठभूमि बनाउने काम उनको टेलिभिजनकारिताले गरेको हो। 'सिधा कुरा' ब्रान्डमा सञ्चालन गरेका उनी कार्यक्रममा लोकप्रिय रहे। त्यो कार्यक्रममा उनले मूलत: आमजनका दैनन्दिनका समस्याको उठान गरे। कतिपय अवस्थामा ती समस्याको समाधान गर्न समेत आफैं तम्सिए।

मूलधारको टेलिभिजनकारिता 'नीति र नेतृत्व'को गुण-अवगुणमा केन्द्रित रहेका बेला उनको आम जनकेन्द्रित सञ्चारकर्म लोकप्रिय भयो। त्यसैमाथि देशको राजनीतिक तथा गैरराजनीतिक नेतृत्व लक्षित उनको धारिलो टिप्पणी, तीखो वचनवाण आमजनको 'आवाज' बन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिमा पनि त्यही बाटो पछ्याउने संकेत गरेका छन् उनले। उनले मंगलबार पार्टी घोषणा कार्यक्रममा भने,  'आम मान्छेका मुद्दा एकातिर छन्, राजनीतिक दलको मुद्दा अर्कातिर छ। हामी व्यवस्था होइन, अवस्था बदल्न आएका हौं। हिम्मत गर्ने हो भने कुनै पनि व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न सकिन्छ।'

उनले टेलिभिजनमा उठाएको विषयलाई जोड दिएका छन्। जस्तो बेरोजगार भएर परदेशिएकाे अवस्थामा बेहोर्नुपरेका सास्ती, सरकारी कार्यालयमा रहेको ढिलासुस्ती र घुसखोरी, सोर्सफोर्स नहुँदा उपचारमा समेत भाेग्नुपरेका समस्या जस्ता कुरा उनले उठाएका छन्। सार्वजनिक पदधारण गर्नेहरुमध्ये धेरै शक्तिका आडमा जोगिएको बताउँदै उनले भनेका छन्, 'सार्वजनिक जीवन बाँचेका हरेकको धुलोले छोपिएको फाइल टक्टक्याउने हाे भने १०० जेल बन्छन्।' 

टिभीबाट उनले दर्शक मात्रै होइन, प्रशंसकसमेत कमाएका छन्। जुन एउटा घटनामा उनी चितवनस्थित हिरासतमा पुग्दा पर्गेल्ने मौका समेत पाए। उनलाई राजनीतितर्फको यात्रामा हौस्याउन उक्त घटनाका क्रममा देखिएको स्वस्फुर्त सहभागिता हो। 

कसरी गर्छन् राजनीति? 
'राजनीति राजनीति जस्तै गर्नुपर्ने रहेछ। राजनीति पत्रकारिता जस्तो नहुने रहेछ। समाजसेवा जस्तो नहुने रहेछ,' उनले राजनीतिमा प्रवेश गरेको घोषणा गर्दै भने। यसकका अर्थ उनले खुलाएका छैनन्।  मुख्य प्रश्न अहिले त्यही हो- उनी कसरी राजनीति गर्लान्?

सञ्चारकर्ममा उनले 'इस्यु र आमजनको मनोभाव क्यास' गर्ने प्रयत्न गरे। त्यसले सफलता दिलायो। राजनीतिमा संघीयता विरोधि 'इस्यु र आम मनोभाव  क्यास' गर्ने क्रममा अर्का पूर्व सञ्चारकर्मी रविन्द्र मिश्र तत्कालका लागि थलिएका छन्। पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्ने अवस्थामा पुगेका मिश्रले भर्खर राजनीतिमा आएको 'सगोत्री'लाई भनेका छन्, 'मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु!'

उनले पार्टी घोषणासँग आफ्नो पार्टीको चरित्रबारे छोटकारी जानकारी दिएका छन्। जहाँ छन् :
पहिलो, पार्टीका सदस्यले चुनेको व्यक्ति मात्रै जनप्रतिनिधि चुनिनका लागि योग्य हुनेछ।

यो व्यवस्था सुन्दा नयाँजस्तो सुनिएको मात्रै हो। प्रणाली पुरानै हो। किनभने अन्य पार्टीले पनि गरेको अभ्यास यस्तै-यस्तै हो। पार्टीका सदस्यले कुनै न कुनै कमिटीमा जिताएर 'नेता' बनाएकाले टिकट पाउने गरेका छन्। 

दोस्रो, पार्टीभित्रको सबै संरचनामा ५० प्लस १ प्रतिशत युवा अनिवार्य हुने उल्लेख छ। नयाँ पार्टी भएकाले यसको कार्यान्वयनमा सहज हुने देखिन्छ। परिवर्तनको संकेत होइन, पार्टीअनुकूल नीति हो। कुनै पुरानो पार्टीले यस्तो नीति अख्तियार गर्‍यो भनेचाहिँ  परिवर्तन भन्न सकिन्छ। 

तेस्रो, पार्टीभित्र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यवस्था गरिएको छ। यो नीतिको दीर्घकालीन उपादेयता छ तर अहिले सिधै छान्दा वा निर्वाचित गर्दा पनि उम्मेदवार लामिछाने आफैं हुने हुन्।

चौथो, 'राइट टु रिकल, राइट टु रिजेक्ट।’ सदस्यले चुनेर पठाएको मान्छेबाट राम्रो काम भएन भने फिर्ता गर्ने प्रावधान पनि अभ्यासमै रहेको कुरा हो। पार्टीले मन्त्री छान्ने र फिर्ता बोलाउने प्रचलनलाई विकृत बनाएर शीर्ष नेताको तजबिजमा पुगेको देखिन्छ।

यसैगरी डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने बताउँदै निर्वाचन प्रणालीलाई डिजिटल बनाउने भनिएको छ। डिजिटली भोट हाल्न पाइनेछ। परिवारवादलाई पूर्ण रुपमा निषेध गर्ने पार्टीको नीति रहने लामिछानेले बताएका छन्। उनको भनाइ छ, 'केन्द्रीय समितिमा कुनै पनि नतागोतालाई नियुक्त गरिनेछैन। नातागोतालाई सरकारी नियुक्ति दिइँदैन।'

र, उनको सबैभन्दा फरक घोषणा मानेर चर्चा भइरहेको विषय छ- कार्यकर्ता भन्ने युगलाई समाप्त पारिदिने। उनले थपे, 'कार्यकर्ता हुन पर्दैन, सदस्य मात्रै हुने हो। कुनै भातृसंस्था छैन, हुँदैन।' यसको व्याख्यात्मक टिप्पणी आउन बाँकी छ। कुनै पार्टीका सदस्य छन् भने उनीहरु नै कार्यकर्ता हुन्।

अहिले पनि शब्द कार्यकर्ताका रुपमा प्रयोग गरिए पनि अभ्यासमा सबै पार्टीमा सदस्यकै रुपमा छन्। नेपाली कांग्रेस र एमालेले बहुदल आएपछि र माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्णकालीन कार्यकर्ताको अभ्यासबाट विमुख भइसकेका छन्। 

उनले यसलाई तल्लो तहमा संगठन नबनाउने अवधारणा अन्तर्गत भनेका हुन् भने प्रश्न उठ्छ- उक्त पार्टीमा नेतृत्व परिवर्तन कसरी हुन्छ? नयाँ नेता कसरी जन्मिन्छ? यसका उत्तर आउने दिनमा उनी दिँदै जालान्। 

केही अलमल, केही अराजनीति
लामिछानेले आफू एक्लै जित्नेभन्दा पनि देशभरिबाटै अहिलेका दलका नेताहरुलाई रोक्ने योजना अन्तर्गत पार्टी नै घोषणा गरेको बताएका छन्। समानुपातिक भोटसमेत बटुल्नुपर्ने भएकाले पार्टी नै आवश्यक भएको खुलाएका छन्। 

उनी राजनीतिमा आइपुगेका छन्। तरऽ उनलाई निर्वाचन स्वतन्त्र हुनेमा पनि अविश्‍वास देखिन्छ।  'हुन त झापा, डडेलधुरा र चितवनमा चुनाव लड्न मन छ। तर चुनाव कसरी गरिन्छ भन्ने थाहा छ,' उनले भने,  'राजनीति राजनीति जसरी नै गर्नुपर्ने रहेछ। पत्रकारिता र समाजसेवा जसरी होइन। त्यसैले बेथिति रोक्ने मेन–स्वीचको एउटा तारको जिम्मा म लिन्छु। एकजनालाई म रोक्छु। अरु तपाईं रोक्नुहोस्।'

शेरबहादुर देउवाको डडेलधुरा, केपी ओलीको झापा र पुष्पकमल दाहाल प्रचण्डको चितवनबाट उठ्दा धाँधली गरेर हराउने आशंका गरिरहेका छन्। यो भाष्यले उनको राजनीतिक अपरिपक्वता दर्शाउँछ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितिरहेको सन्दर्भमा उनको अभिव्यक्तिले आशंका होइन, त्रास देखाउँछ। 

टेलिभिजनमा उनको 'टुँडिखेलमा लिएर नाकको डाँडी भाँच्ने' अभिव्यक्ति पेशामैत्री तथा कानुनसम्मत होइन, तर आमजनको आक्रोशको प्रतिनिधि आवाज बन्यो र चर्चित भयो। तर, त्यही शैलीको निरन्तरता उनकाे राजनीतिमा आएपछि पनि दिन खोजेको पार्टी घोषणा कार्यक्रममा पनि देखियो। उनले भने,  'आज सुरुवात कसैले गर्‍यो होला। मैले यसको नेतृत्व लिएको हुँ। तर, क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देख्यो त्यही ढुंगाले हान्नुहोला।' 

यस्ता 'अराजनीतिक भाषा' र अलमलबाट उनले आफूलाई जोगाउनुपर्छ। किनभने विकल्प बन्न राजनीतिमा आएका लामिछाने उत्तम विकल्प बन्न सक्नुपर्छ। राजनीतिमा रविको उदय किरणसहित हुनुपर्छ। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्