• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
राजनीतिमा उदाउलान् रवि?
64x64
डिबी खड्का मंगलबार, असार ७, २०७९  १९:१२
1140x725

काठमाडौं– पूर्व सञ्चारकर्मी रवि लामिछानेले पार्टी घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने आम आशंकाबीच उनले 'स्वतन्त्र' शब्दलाई नै पार्टीकरण गरेर राजनीतिको सुरुवात गरेका छन्। उनले निर्वाचन आयोगमा घन्टा छापसहित 'राष्ट्रिय स्वतन्त्र पार्टी' दर्ताका लागि निवेदन दिएका छन्। 

स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। प्रतिनिधि सभामा संख्या बढ्ने संकेत देखिरहेको छ। स्वतन्त्र उम्मेदवारी अभियानका रुपमा अघि बढिरहेका बेला उनले त्यसलाई पार्टीमा परिणत गरेका हुन्।

स्वतन्त्र ह्विम शैली क्यास गर्ने प्रयास
स्वतन्त्रमा आएको यही ह्विम उनले 'क्यास' गर्ने प्रयास गरेका छन्। पार्टीको नाम मात्रै होइन, घोषणामा उनको गेटअपले पनि त्यही दर्शाउँछ। गएको निर्वाचनमा प्राय: स्वतन्त्रहरुले राष्ट्रिय झन्डा ओढेर भोट मागे। लामिछानेले पनि त्यसलाई पछ्याएका छन्। पार्टीको नामका अघि राष्ट्रिय झन्डा नै देखाए भने आफूले पनि झन्डा ओढेर भाषण गरे।

निर्वाचन आयोग परिसरमा उनले स्वतन्त्रको माहोल रहेकाले पार्टीको नाम सोही अनुसार राखेको बताइसकेका छन्। 

लामिछानेले त्यस्तो बेला पार्टी गठन गरेका छन्,  जतिबेला हुर्किँदै गरेका केही वैकल्पिक शक्तिहरुसमेत सुक्न थालेका छन्। ती पार्टीका कुनैबेलाका नेताहरुसमेत स्वतन्त्र उम्मेदवारका रुपमा आफूलाई अघि सारिरहेका थिए। वैकल्पिक पार्टीको त्यो स्पेस उनले लिने कोशिस गर्नेछन्।

मूलधारका पार्टीहरुप्रति वितृष्णा बढ्दो छ। ७० को दशक पार गरिसकेका हजुरबा पुस्ताले नेतृत्व गरिरहेको पार्टीप्रति नयाँ पुस्ताको रुचि छैन। त्यो अरुचिका लागिसमेत उनले आफ्नो पार्टीलाई विकल्पका रुपमा उभ्याउने अपेक्षा गरेका हुन सक्छन्।

टेलिभिजनको अनुभव राजनीतिकरण
लामिछानेलाई राजनीतिका लागि पृष्ठभूमि बनाउने काम उनको टेलिभिजनकारिताले गरेको हो। 'सिधा कुरा' ब्रान्डमा सञ्चालन गरेका उनी कार्यक्रममा लोकप्रिय रहे। त्यो कार्यक्रममा उनले मूलत: आमजनका दैनन्दिनका समस्याको उठान गरे। कतिपय अवस्थामा ती समस्याको समाधान गर्न समेत आफैं तम्सिए।

मूलधारको टेलिभिजनकारिता 'नीति र नेतृत्व'को गुण-अवगुणमा केन्द्रित रहेका बेला उनको आम जनकेन्द्रित सञ्चारकर्म लोकप्रिय भयो। त्यसैमाथि देशको राजनीतिक तथा गैरराजनीतिक नेतृत्व लक्षित उनको धारिलो टिप्पणी, तीखो वचनवाण आमजनको 'आवाज' बन्यो। 

Ncell 2
Ncell 2

राजनीतिमा पनि त्यही बाटो पछ्याउने संकेत गरेका छन् उनले। उनले मंगलबार पार्टी घोषणा कार्यक्रममा भने,  'आम मान्छेका मुद्दा एकातिर छन्, राजनीतिक दलको मुद्दा अर्कातिर छ। हामी व्यवस्था होइन, अवस्था बदल्न आएका हौं। हिम्मत गर्ने हो भने कुनै पनि व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न सकिन्छ।'

उनले टेलिभिजनमा उठाएको विषयलाई जोड दिएका छन्। जस्तो बेरोजगार भएर परदेशिएकाे अवस्थामा बेहोर्नुपरेका सास्ती, सरकारी कार्यालयमा रहेको ढिलासुस्ती र घुसखोरी, सोर्सफोर्स नहुँदा उपचारमा समेत भाेग्नुपरेका समस्या जस्ता कुरा उनले उठाएका छन्। सार्वजनिक पदधारण गर्नेहरुमध्ये धेरै शक्तिका आडमा जोगिएको बताउँदै उनले भनेका छन्, 'सार्वजनिक जीवन बाँचेका हरेकको धुलोले छोपिएको फाइल टक्टक्याउने हाे भने १०० जेल बन्छन्।' 

टिभीबाट उनले दर्शक मात्रै होइन, प्रशंसकसमेत कमाएका छन्। जुन एउटा घटनामा उनी चितवनस्थित हिरासतमा पुग्दा पर्गेल्ने मौका समेत पाए। उनलाई राजनीतितर्फको यात्रामा हौस्याउन उक्त घटनाका क्रममा देखिएको स्वस्फुर्त सहभागिता हो। 

कसरी गर्छन् राजनीति? 
'राजनीति राजनीति जस्तै गर्नुपर्ने रहेछ। राजनीति पत्रकारिता जस्तो नहुने रहेछ। समाजसेवा जस्तो नहुने रहेछ,' उनले राजनीतिमा प्रवेश गरेको घोषणा गर्दै भने। यसकका अर्थ उनले खुलाएका छैनन्।  मुख्य प्रश्न अहिले त्यही हो- उनी कसरी राजनीति गर्लान्?

सञ्चारकर्ममा उनले 'इस्यु र आमजनको मनोभाव क्यास' गर्ने प्रयत्न गरे। त्यसले सफलता दिलायो। राजनीतिमा संघीयता विरोधि 'इस्यु र आम मनोभाव  क्यास' गर्ने क्रममा अर्का पूर्व सञ्चारकर्मी रविन्द्र मिश्र तत्कालका लागि थलिएका छन्। पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्ने अवस्थामा पुगेका मिश्रले भर्खर राजनीतिमा आएको 'सगोत्री'लाई भनेका छन्, 'मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु!'

उनले पार्टी घोषणासँग आफ्नो पार्टीको चरित्रबारे छोटकारी जानकारी दिएका छन्। जहाँ छन् :
पहिलो, पार्टीका सदस्यले चुनेको व्यक्ति मात्रै जनप्रतिनिधि चुनिनका लागि योग्य हुनेछ।

यो व्यवस्था सुन्दा नयाँजस्तो सुनिएको मात्रै हो। प्रणाली पुरानै हो। किनभने अन्य पार्टीले पनि गरेको अभ्यास यस्तै-यस्तै हो। पार्टीका सदस्यले कुनै न कुनै कमिटीमा जिताएर 'नेता' बनाएकाले टिकट पाउने गरेका छन्। 

दोस्रो, पार्टीभित्रको सबै संरचनामा ५० प्लस १ प्रतिशत युवा अनिवार्य हुने उल्लेख छ। नयाँ पार्टी भएकाले यसको कार्यान्वयनमा सहज हुने देखिन्छ। परिवर्तनको संकेत होइन, पार्टीअनुकूल नीति हो। कुनै पुरानो पार्टीले यस्तो नीति अख्तियार गर्‍यो भनेचाहिँ  परिवर्तन भन्न सकिन्छ। 

तेस्रो, पार्टीभित्र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यवस्था गरिएको छ। यो नीतिको दीर्घकालीन उपादेयता छ तर अहिले सिधै छान्दा वा निर्वाचित गर्दा पनि उम्मेदवार लामिछाने आफैं हुने हुन्।

चौथो, 'राइट टु रिकल, राइट टु रिजेक्ट।’ सदस्यले चुनेर पठाएको मान्छेबाट राम्रो काम भएन भने फिर्ता गर्ने प्रावधान पनि अभ्यासमै रहेको कुरा हो। पार्टीले मन्त्री छान्ने र फिर्ता बोलाउने प्रचलनलाई विकृत बनाएर शीर्ष नेताको तजबिजमा पुगेको देखिन्छ।

यसैगरी डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने बताउँदै निर्वाचन प्रणालीलाई डिजिटल बनाउने भनिएको छ। डिजिटली भोट हाल्न पाइनेछ। परिवारवादलाई पूर्ण रुपमा निषेध गर्ने पार्टीको नीति रहने लामिछानेले बताएका छन्। उनको भनाइ छ, 'केन्द्रीय समितिमा कुनै पनि नतागोतालाई नियुक्त गरिनेछैन। नातागोतालाई सरकारी नियुक्ति दिइँदैन।'

र, उनको सबैभन्दा फरक घोषणा मानेर चर्चा भइरहेको विषय छ- कार्यकर्ता भन्ने युगलाई समाप्त पारिदिने। उनले थपे, 'कार्यकर्ता हुन पर्दैन, सदस्य मात्रै हुने हो। कुनै भातृसंस्था छैन, हुँदैन।' यसको व्याख्यात्मक टिप्पणी आउन बाँकी छ। कुनै पार्टीका सदस्य छन् भने उनीहरु नै कार्यकर्ता हुन्।

अहिले पनि शब्द कार्यकर्ताका रुपमा प्रयोग गरिए पनि अभ्यासमा सबै पार्टीमा सदस्यकै रुपमा छन्। नेपाली कांग्रेस र एमालेले बहुदल आएपछि र माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्णकालीन कार्यकर्ताको अभ्यासबाट विमुख भइसकेका छन्। 

उनले यसलाई तल्लो तहमा संगठन नबनाउने अवधारणा अन्तर्गत भनेका हुन् भने प्रश्न उठ्छ- उक्त पार्टीमा नेतृत्व परिवर्तन कसरी हुन्छ? नयाँ नेता कसरी जन्मिन्छ? यसका उत्तर आउने दिनमा उनी दिँदै जालान्। 

केही अलमल, केही अराजनीति
लामिछानेले आफू एक्लै जित्नेभन्दा पनि देशभरिबाटै अहिलेका दलका नेताहरुलाई रोक्ने योजना अन्तर्गत पार्टी नै घोषणा गरेको बताएका छन्। समानुपातिक भोटसमेत बटुल्नुपर्ने भएकाले पार्टी नै आवश्यक भएको खुलाएका छन्। 

उनी राजनीतिमा आइपुगेका छन्। तरऽ उनलाई निर्वाचन स्वतन्त्र हुनेमा पनि अविश्‍वास देखिन्छ।  'हुन त झापा, डडेलधुरा र चितवनमा चुनाव लड्न मन छ। तर चुनाव कसरी गरिन्छ भन्ने थाहा छ,' उनले भने,  'राजनीति राजनीति जसरी नै गर्नुपर्ने रहेछ। पत्रकारिता र समाजसेवा जसरी होइन। त्यसैले बेथिति रोक्ने मेन–स्वीचको एउटा तारको जिम्मा म लिन्छु। एकजनालाई म रोक्छु। अरु तपाईं रोक्नुहोस्।'

शेरबहादुर देउवाको डडेलधुरा, केपी ओलीको झापा र पुष्पकमल दाहाल प्रचण्डको चितवनबाट उठ्दा धाँधली गरेर हराउने आशंका गरिरहेका छन्। यो भाष्यले उनको राजनीतिक अपरिपक्वता दर्शाउँछ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितिरहेको सन्दर्भमा उनको अभिव्यक्तिले आशंका होइन, त्रास देखाउँछ। 

टेलिभिजनमा उनको 'टुँडिखेलमा लिएर नाकको डाँडी भाँच्ने' अभिव्यक्ति पेशामैत्री तथा कानुनसम्मत होइन, तर आमजनको आक्रोशको प्रतिनिधि आवाज बन्यो र चर्चित भयो। तर, त्यही शैलीको निरन्तरता उनकाे राजनीतिमा आएपछि पनि दिन खोजेको पार्टी घोषणा कार्यक्रममा पनि देखियो। उनले भने,  'आज सुरुवात कसैले गर्‍यो होला। मैले यसको नेतृत्व लिएको हुँ। तर, क्षमता नभएको दिन यो पार्टीमा बसेछु भने जहाँ देख्यो त्यही ढुंगाले हान्नुहोला।' 

यस्ता 'अराजनीतिक भाषा' र अलमलबाट उनले आफूलाई जोगाउनुपर्छ। किनभने विकल्प बन्न राजनीतिमा आएका लामिछाने उत्तम विकल्प बन्न सक्नुपर्छ। राजनीतिमा रविको उदय किरणसहित हुनुपर्छ। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्