काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकजविक्रम नेम्वाङको प्यानलबाट ३ र कर्माछिरिङ शेर्पा प्यानलका एक जना निर्वाचित भएका छन्।
सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित भएका हुन्।
यस्तै, शेर्पा प्यानलका दीर्घबहादुर केसी निर्वाचित भएका छन्।
उपाध्यक्षका उम्मेदवारले पाएकाे मत-
विराटजंग शाही-४७
दावा लामा-४८
सुन्दरनरसिंह जोशी-४१
दीपक खतिवडा-४७
उपेन्द्रमान सिंह-३७
दीर्घबहादुर केसी-४३
रत्नकुमार श्रेष्ठ-३६
विज्ञानराज शर्मा-३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।