पंकजविक्रम नेम्वाङ
काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।
सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन्।
नेम्वाङले ४५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत ल्याए। शेर्पा चार वर्षअघि पनि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए।
यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। उनले वर्तमान मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई ४ मतले पराजित गरेका हुन्। खड्काले ४४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी पराजुलीले ४० मत ल्याए।
यस्तै उपाध्यक्षमा पंकजविक्रम नेम्वाङको प्यानलबाट ३ र कर्माछिरिङ शेर्पा प्यानलका एक जना निर्वाचित भएका छन्। नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित भएका हुन्।
यस्तै, शेर्पा प्यानलका दीर्घबहादुर केसी निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।