काठमाडाैं– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।
सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन्।
नेम्वाङले ४५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत ल्याए। शेर्पा चार वर्षअघि पनि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए।
एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।