• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कोलम्बियामा वामपन्थी जित, पूर्वगुरिल्ला नेता कसरी बने राष्ट्रपति?

64x64
नेपाल लाइभ मंगलबार, असार ७, २०७९  ०६:५३
1140x725

राष्ट्रपति पदका लागि आइतबार कोलम्बियामा भएको मतदानमा वामपन्थी उम्मेदवार गुस्ताबो पेट्रो विजयी भएका छन्। पेट्रो कोलम्बियामा पहिलो वामपन्थी राष्ट्रपति बने। उनले आइतबार भएको मतदानमा व्यापारी रुडोल्फ हर्नान्डेजलाई पराजित गरेका हुन्।

पहिलो चरणको मतदानमा उनले राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका अन्य ६ जनालाई उछिने पनि ५० प्रतिशत मत कटाउन सकेनन्। दोस्रो चरणमा शीर्ष दुई प्रतिश्पर्धी मैदानमा थिए। गत आइतबार भएको निर्वाचनमा उनले हर्नान्डेजभन्दा करिब सात लाख धेरै मत पाए।

पेट्रोले ५०.५ प्रतिशत मत र हर्नान्डेजले ४७.३ मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा निर्वाचित भएसँगै पेट्रोले कोलम्बियाका नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘आजबाट कोलम्बिया परिवर्तन हुनेछ, कोलोम्बिया फरक हुनेछ।’

पेट्रो युवावस्थामा कोलम्बियामा रहेको गुरिल्ला संगठन एम–१९ का सदस्य थिए। उनी कोलम्बियाको राजधानी बोगोटाको मेयर हुँदै राष्ट्रपतिसम्म बनेका छन्। 

को हुन पेट्रो?
पेट्रोको जन्म सन् १९६० मा कोर्डोबास्थित एक किसान परिवारमा भएको थियो। सन् १९७० को दशकमा उनको परिवार कोलम्बियाको भित्री शहर जिपाक्विरामा बसाइँ सरेको थियो।

१७ वर्षको उमेरमा पेट्रो ‘एम–१९’ (नाइन्टिन्थ अफ अप्रिल मुभमेन्ट) को सदस्य भएका थिए। यो सरकारविरुद्ध संघर्ष गरिरहेको गुरिल्ला संगठन थियो। त्यसअघि नै कोलोम्बियामा कम्युनिष्ट विद्रोहीहरूको शक्तिशाली संगठन ‘रिभोलुसनरी आर्म्ड फोर्से अफ कोलम्बिया– पिपल्स आर्मी’ (फार्क) सक्रिय भइसकेको थियो। तर, पेट्रो यो संगठनमा भने थिएनन्। फार्क पनि अहिले शान्तिपूर्ण राजनीतिमा आइसकेको छ।

सन् १९८१ मा उनलाई जिपाक्विराको ओम्बुड्सम्यान (सरकारले नियुक्त गर्ने एक अधिकारी) बनाइयो। सन् १९८४ देखि १९८६ सम्म उनी काउन्सिल म्यानको रूपमा काम गरे। तर, सन् १९८५ मा उनलाई सेनाले गैरकानुनी रूपमा हतियार राखेको भन्दै गिरफ्तार गरेको थियो। उनी १८ महिनासम्म जेल बस्न बाध्य भएका थिए।

अर्थशास्त्रको अध्ययन गरेका पेट्रोसहित अन्यले सन् १९९० मा एम–१९ छाडेका थिए। त्यसपछि एम–१९ का पूर्वसदस्यहरु मिलेर राजनीतिक पार्टी गठन गरे, जसको नाम थियो–एम १९ डेमोक्रेटिक अलाइन्स। उक्त पार्टीले सन् १९९१ को चुनावमा तल्लो सदनमा उल्लेख मात्रामा सिट जितेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सन् २००२ को निर्वाचन उनका पूर्वसहकर्मी तथा एम–१९ कै पूर्वसदस्य एन्टोनियो नाभारो फुल्फसँग मिलेर स्थापना गरेको ‘भाया एल्टरना पोलिटिकल मुभमेन्ट’ स्थापना गरे। त्यस वर्ष नै भएको निर्वाचनमा उनी बोगाटाबाट तल्लो सदनमा निर्वाचित भएका थिए। उनलाई सदनका अन्य सदस्य र मिडियाले पनि उत्कृट सदस्य भएको बताएका थिए।

सन् २००६ मा उनी प्रतिनिधि सभामा निर्वाचित भए। यहि बेला उनले ‘पारापोलिटिक्स स्क्यान्डल’को खुलासा पनि गरेका थिए। विपक्षीको रुपमा निरन्तर आवाज उठाइरहेका उनले जीवनमा धेरै पटक हत्याको धम्की पाए। २००७ मे ७ मा उनीविरुद्ध दुई सैनिक अधिकारीहरुले जासुसी गरिरहेको पत्ता लागेपछि उनीहरुलाई पक्राउ पनि गरिएको थियो।

सन् २००८ मा पेट्रोले पहिलो पटक आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने इच्छा भएको सार्वजनिक गरेका थिए। उनले सन् २०१० को चुनावलक्षित भएर यस्तो अभिव्यक्ति दिएका थिए। वैकल्पिक लोकतान्त्रिक ध्रुवमा उनले आफ्नो निकटता बढाए। उनले सत्ताबाट अपराधिक व्यक्तिदेखि न्यायिक क्षेत्रको सुधार गर्नेजस्ता कुराहरु गर्थे। उनी २००९ सेप्टेम्बरमा भएको पार्टीको प्रराम्भिक चुनावमा कार्लोस गाभिरियालाई पराजित गरेर राष्ट्रपतिमा उम्मेदवार बन्ने बाटो खोलेका थिए।

Xtrem

Xtrem

२०१० मे ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा उनले आफूले अनुमान गरेभन्दा राम्रो प्रदर्शन गरे। उनले कुल १३ लाख ३१ हजार २६७ मत प्रप्त गरे। कुल मतको ९.१ प्रतिशत ल्याउँदै उनी चौथौं भएका थिए।

त्यसपछि भने उनी कोलम्बियाको राजधानी बोगोटाको मेयर भएका थिए। सन् २०११ अक्टोबरमा भएको चुनावमा उनी मेयरमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा सब–वे निर्माणदेखि रेल–वे प्रणालीको सुधारमा उनले निकै सफल कामहरु गरेका थिए। 

पछि सन् २०१८ को चुनावमा उनी राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवार बने। यसपटक भने उनी दोस्रो भए। पहिलो चरणमा भएको निर्वाचनमा दोस्रो भएपछि उनी दोस्रो चरणमा प्रतिश्पर्धा गर्न योग्य भएका थिए। तर, दोस्रो चरणमा उनी पराजित भए। ह्युमेन कोलोम्बिया पार्टीका तर्फबाट उम्मेदवार भएका उनले ८० लाख मत पाए। राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक सेन्टर पार्टीका इभान दुक्वेले १ करोड ३ लाख मत पाएका थिए। 

सन् २०२१ मा पेट्रोले पुनः २०२२ को चुनावमा उम्मेदवार बन्ने घोषणा गरे। २०२१ सेप्टेम्बरमा उनले आगामी राष्ट्रपतीय निर्वाचनमा सफल नभए राजनीतिबाट नै सन्यास लिने बताएका थिए।

यस निर्वाचनमा उनले हरित ऊर्जाको उपयोगमा वृद्धि तथा आर्थिक असमानतामा कमी ल्याउनेजस्ता अभियानहरु चलाए। त्यस्तै कोलम्बियामा भइरहेको जीवाश्म इन्धनको प्रयोगका कारण भइरहेको हरित गृह ग्यासको उत्सर्जनलाई घटाउनेजस्ता मुद्दाहरु उठाएका थिए।

पेट्रोले मे २९ मा भएको पहिलो चरणको चुनावमा ४० प्रतिशत मत पाएका थिए। दोस्रो चरणमा स्वतन्त्र उम्मेवार रहेका व्यापारी रोडोल्फो हर्नान्डेजलाई पराजित गरे। जितपछि उनले भनेका छन्, ‘यो जित ईश्वरका लागि जित हो र जनताका लागि जित हो।’

जितपछि ट्विट गर्दै पेट्रोले आफ्नो देश र जनताको समस्या समाधानमा जोड दिने बताएका छन्। अर्थशास्त्रका साधक भएकाले पनि उनको जितले कोलम्बियाको अर्थतन्त्र र विकासको पक्षमा काम हुने अनुमान गरिएको छ। उनले ट्विटरमा लेखेका छन्, ‘आज मेरो मातृभूमिको मुटुमा पहिलेदेखि रहेका पीडाहरूले यो खुसीको बाढीले कम गर्न सक्छ होला। आजको दिन सडक र गल्लीहरूको दिन हो।’

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ मिनेटमै फ्रान्सको ४ गोल
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्