• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कमजोर राज्यको बेताले कूटनीतिक चाल!

64x64
ईश्वर बराल मंगलबार, असार ७, २०७९  १४:३४
1140x725

काठमाडौं- संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै नेपालको कूटनीतिक अक्षमताबारे फेरि चर्चा भइरहेको छ। एसपीपी अमेरिकाका राज्यहरूसँग गरिने सैन्य सम्बन्धी सहयोग आदानप्रदान गर्ने कार्यक्रम हो।

एसपीपी सम्झौताको मस्यौदा भनिएको १० वटा भाग रहेको दस्तावेज सार्वजनिक भएको थियो। उक्त मस्यौदा नेपालले अहिलेसम्म अपनाएको विदेश नीतिको प्रतिकूल देखिन्छ। यद्यपि, मन्त्रिपरिषद्को सोमबारको बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकार गर्ने र अमेरिकालाई पत्र पठाएर त्यसको जानकारी दिने निर्णय गरिसकेको छ।

तर, उक्त सम्झौताका लागि नेपाल र अमेरिकाबीच सन् २०१५ बाटै पत्र आदनप्रदान भएको देखिन्छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिकाको औपचारिक भ्रमणमा यो सम्झौतालाई अन्तिम रुप दिने तयारी गरिएको आशंका गरिएको थियो। तर, विवादित बनेपछि सरकारले प्रधानमन्त्री देउवाको भ्रमण तय नै नभएको जनाएको थियो।

एसपीपी सम्झौताको भनिएको उक्त मस्यौदा सार्वजनिक भएसँगै त्यसले राजनीतिक रुपमा बहस र विवाद सिर्जना गरेको थियो। सडकदेखि सदन हुँदै सामाजिक संजालसम्म बहस उत्पन्न भयो। 

एसपीपी कार्यक्रम मुख्यत: नेपाली सेना र अमेरिकी सेनाबीचको विषय हो। यसरी अर्को मुलुकसँगको विषय जोडिएपछि यसको मुख्य नेतृत्व वा मध्यस्थता परराष्ट्र मन्त्रालयले गर्नुपर्ने हुन्थ्यो। तर, यो विषयमा परराष्ट्र मन्त्रालय बेखबर रहेको देखिन्छ। 

एसपीपीबारे देखिएको बहसले फेरि नेपालको विदेश नीतिमा अपर‍िपक्वता तथा देशभित्रै अन्तरमन्त्रालय समन्वयको अभाव देखिएको छ। गत वर्षको फागुनमा मात्र लामो रस्साकस्सीबीच अमेरिकी सहयोग सम्झौता एमसीसी सदनबाट पारित भएको थियो। उक्त परियोजनाका कारण नेपालको राजनीति पक्ष-विपक्षमा ध्रुवीकृत भएको थियो। 

सन् २०१७को अन्त्यतिर सम्झौता भएको उक्त कार्यक्रमलाई सदनबाट अनुमोदन गर्न सन् २०२२ सम्म पुग्नु परेको थियो। यद्यपि, अर्थमन्त्रालयले उक्त कार्यक्रम अनुमोदन नभई बजेटमा समावेश गर्न थालिसकेको थियो। यसमा पनि तालुकदार परराष्ट्र मन्त्रालयको भूमिका तथा नेपालको विदेश नीतिको अनुकूलता वा प्रतिकूलता बुझ्नमा अर्थमन्त्रालयले समन्वय गरेन।

२०७५ सालमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको एउटा कच्च कुटनीतिक कामको स्मरण हुन जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्‍डले भेनेजुएलाका राष्ट्रपतिको पक्षमा पार्टीको तर्फबाट विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा त्यहाँ अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको थियो। उनी सत्तासिन पार्टीका दुईमध्ये एक अध्यक्ष थिए।

उक्त विज्ञप्तिले नेपाल–अमेरिकाको सम्बन्धमा दरार उत्पन्न हुने संकेत बुझेपछि परराष्ट्र मन्त्रालयले नै विज्ञप्ति निकालेर खण्डन गर्नुपरेको थियो। देशका प्रधानमन्त्री भइसकेका व्यक्तिको कृयाकलापले नेपालको परराष्ट्र मामिलामा उच्चपदस्थ व्यक्तिहरूले समेत लापरबाही गर्ने गरेको यो घटनाले देखाउँछ।

यो पनि पढ्नुहोस्

एसपीपीमा राजनीति : ‘राष्ट्रवादी’ देखिन दलहरूको प्रतिस्पर्धा, तर फुक्लिसक्यो चुक्लीमंगलबार, असार ७, २०७९

नेपालले बिर्सिनु नहुने तथ्य के हो भने, यहाँको अर्थतन्त्र आयतमुखी छ। विप्रेषण तथा बाह्य ऋण र अनुदानले धानेको अर्थतन्त्रमा वैदेशिक सम्बन्धमा परिवर्तन आए, आर्थिक सूचकमा पनि प्रत्यक्ष परिवर्तन आउनसक्छ। 

तसर्थ, एकातिर नेपाल आर्थिक, पूर्वाधार, कल्याणकारी राज्यका हिसाबले कमजोर अवस्थीतिमा छ। यसको पुष्टिका लागी विभिन्न संस्थाले प्रकाशित गरेको तथ्यलाई हेरे पुग्छ। अर्कोतिर,नेपालको परराष्ट्र मामिला संचालनमा एकरुपता तथा साझा धारणा नबन्नाले बेलाबेला गम्भीर चुनौतिहरूको सामना गर्नु परिरहेको हुन्छ। 

के भन्छन् विज्ञ?
परराष्ट्र मामिलाका विज्ञ डा. रूपक सापकोटा एसपीपीकै उदाहरण दिंदै परराष्ट्र मन्त्रालयको सहकार्यबिना अघि बढ्दा प्रश्न उठेको बताउँछन्। उनी भन्छन्, ‘एसपीपीसम्बन्धी पत्र नेपालको एक एजेन्सीले लेखेको सार्वजनिक भएको छ। तत्कालीन समयमा प्रधानमन्त्रीदेखि रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागिता किन भएन भन्ने प्रश्न उठेको छ।’ यस्तो किसिमको सम्झौता हुँदा मन्त्रालयगत रुपमा सहकार्य हुनुपर्ने र संयन्त्र निर्माण गरेर अघि बढे समस्या कम आउने उनको भनाइ छ।

‘हामीले जुनसुकै सहकार्यमा पनि एकीकृत संयन्त्र बनाउनुपर्ने देखिएको छ। परराष्ट्रबाहेक जुन मुद्दासँग सम्बन्धित मन्त्रालयले अध्ययनपछि मात्र कार्यक्रममा सहभाागी हुनुपर्ने पाठ सिक्नु जरुरी छ’ उनले भने, ‘शक्ति राष्ट्रहरुसँग गरिने सहकार्यलाई अलग्गै मेकानिजम बनाउन पर्छ वा भएको संयन्त्रमार्फत अध्ययन गरेर सहयोग लिने परम्परा बसाल्न सकेमा अहिलेको समस्या आउँदैन।’

त्यस्तै, भूराजनीति र कूटनीतिक मामिलाका ज्ञाता डा. निश्चलनाथ पाण्डे पनि एसपीपी मामिलाले परराष्ट्र मन्त्रालयलाई कमजोर बनाएको नेपाल लाइभसँग बताएका छन्। उनी भन्छन्, 'स्टेट पार्टनरसिप प्रोग्रामका लागि भनेर जुन मस्यौता सार्वजनिक भएको कुरा गर्नु भयो त्यसमा पनि परराष्ट्र मन्त्रालयको सुरुआतबाट संग्लनता भएको पाइँदैन। यसबाट के प्रस्ट हुन्छ भने परराष्ट्र मन्त्रालयलाई कमजोर र एउटा पोस्ट अफिसको रुपमा राखेका छौं।’

अरु मुलुकसँग सम्झौता गर्दा तथा धारणा व्यक्त गर्दा राष्ट्रिय स्वार्थलाई ध्यान दिनु पर्ने डा.पाण्डे बताउँछन्। तर, नेपालमा व्यक्तिपिच्छे वा पार्टीपिच्छे पनि विदेश नीति हुने गरेको र यसलाई सम्बोधन हुने गरी आगामी दिनमा रणनीति बनाउनुपर्ने उनको तर्क छ।

‘अरु मुलुकसँग सम्झौता गर्दा मुख्य कुरा राष्ट्रिय स्वार्थ हेर्नुपर्छ। यसका लागि राष्ट्रअहित नहुने गरी आधारभूत विषय तय हुनुपर्छ। मुख्य कुरा राष्ट्रहित भनेको के हो भन्नेमा प्रष्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘देशको सार्वभौमिकता र अखण्डता पहिलो राष्ट्रिय स्वार्थ हो। यो स्थायी स्वार्थ पनि हुनुपर्छ। विभिन्न समयक्रममा हरेक देशको विदेशनीति परिर्वतन हुन्छ। तर, उसको राष्ट्रिय स्वार्थ भने सधैँ प्राथमिकतामामै हुन्छ।’

डा. पाण्डेको जोड परराष्ट्र मन्त्रालयको भूमिकालाई विस्तार र सशक्त पार्नुपर्नेमा छ। उनी भन्छन्, ‘परराष्ट्र मन्त्रालयलाई त अझै सशक्त, भूमिकामा अझै प्रभावकारी र विदेश मामिलका विषयमा सम्झौता तथा छलफलमा यो मन्त्रालयकै अहम् भूमिका रहनु पर्छ।’

विकासका सूचकले कमजोर रहेको नेपाल कूटनीतिक चाल पनि सरकार परिवर्तनसँगै परिवर्तन हुनुले हाम्रा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा दूरी बढ्न सक्छ। यस्ता गतिविधिले झन् गम्भीर संकट ल्याउन सक्छन्। विज्ञका सुझावअनुसार नेपालले परराष्ट्र मामिलामा सबलता नदेखाए मुलुक झन्झन् कमजोर हुँदै जानसक्छ। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्