• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हाम्रो मुलुक महाशक्ति राष्ट्रहरूको बक्सिङ रिङमा परिणत हुनुहुँदैन: निश्चलनाथ पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असार ७, २०७९  १२:०५
1140x725

सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा.निश्चलनाथ पाण्डे भू-राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध, एमसीसी परियोजनादेखि एसपीपीले उत्पन्न गराएको विवादलगायतका विषयमा डा.पाण्डेसँग नेपाल लाइभका लागि ईश्वर बरालले गरेको कुराकानी:

अहिलेको भू–राजनीतिक विश्व परिस्थिति कस्तो छ? हामी के कुरामा सचेत हुनु पर्छ?
अहिलेको विश्व परिस्थिति नेपालजस्तो सानो र भूपरिवेष्ठित मुलुकलाई ज्यादै असजिलो तथा पेचिलो हुँदै आएको छ। पहिले कोभिड–१९ को महामारी, शिथिल अर्थतन्त्र, त्यसैगरी अहिले बढ्दै गएको तेलको भाउ, ग्यासको भाउ र उच्च मूल्यस्फीतिको जुन कुरा आइरहेको छ। जसले गर्दा विश्वको अर्थतन्त्र समस्यामा परेको छ। अर्थतन्त्र संकटमा परेपछि बेरोजगारी बढ्छ। बेरोजगारी बढेपछि राष्ट्रिय राजनीतिमा पनि असजिलो परिस्थिति निर्माण हुन्छ। 

धेरै ठाउँमा सामाजिक द्वन्द्वहरू पनि देखिन थालिएको छ। ठीक यही बेला रसियन सेनाले युक्रेनमा गैरकानुनी र अन्तर्राष्ट्रिय मान्यताविपरीत सैन्य गतिविधि गरेको छ। यसले विश्व परिस्थिति पेचिलो बन्दै गएको छ। संयुक्त राष्ट्रसंघ, जसको हामी सदस्य हौं र शान्ति स्थापनाका लागि नेपाली सेना जान्छ। त्यो संस्था पूरै असक्षम, अशक्त प्रमाणित भएको छ। साना मुलुकको सार्वभौम र अखण्डता जगेर्नाका लागि अशक्त छ। हाम्रो हितमा बोल्दिनका लागि र लड्दिनका लागि असक्षम छ। संयुक्त राष्ट्रसंघ ‘डिबेटिङ क्लब’ मात्र भएर बसेको छ। यो हाम्रा लागि दुर्भाग्य हो। यस्तो बेला परराष्ट्र मामिला सञ्चालनमा हामी चनाखो हुनुपर्छ। हामीले ध्यान दिनु पर्ने नै विदेश नीतिको सही कार्यान्वयन हो। अन्यथा, हाम्रो सार्वभौम र अखण्डताको जर्गेनाका लागि अब झन् झन् मुस्किलका दिन आउनेछन्। 

‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि सार्वजनिक भएको मस्यौदाले हाम्रो कच्चा परराष्ट्र गतिविधिलाई फेरि बहसमा ल्याएको छ। हाम्रो परराष्ट्र मामिला किन सधैँ विवादित बन्छ?
हाम्रो कमजोरी भनेको हाम्रा संस्था, मन्त्रालय, सरकारी विभागहरुबीचमा समन्वयको कमी देखिन्छ। जस्तो, एमसीसीकै कुरा गरौं। अर्थ मन्त्रालयले सही गर्‍यो, परराष्ट्रलाई ज्ञानै भएन। कति वर्षपछि थाहा भयो कि, यस्तो परियोजना पारित गर्नु पर्ने रहेछ संसदबाट! यस्तै, यो ‘स्टेट पार्टनरसिप प्रोग्राम’को लागि भनेर जुन मस्यौदा सार्वजनिक भएको कुरा गर्नुभयो त्यसमा पनि परराष्ट्र मन्त्रालयको सुरुवातबाट संग्लनतो पाइँदैन। यसबाट के प्रष्ट हुन्छ भने परराष्ट्र मन्त्रालयलाई कमजोर र एउटा ‘पोस्ट अफिस’को रुपमा राखेका छौं। 

परराष्ट्र मन्त्रालयलाई त अझै शसक्त, भूमिकामा अझै प्रभावकारी र विदेश मामिलाका विषयमा सम्झौता तथा छलफलमा यो मन्त्रालयकै अहम् भूमिका रहनु पर्छ। अन्य मुलकमा त्यस्तै छ। भारतमै हेर्नु हुन्छ भने कुनै प्रान्तको मुख्यमन्त्री विदेश भ्रमणमा जाँदाखेरि त्यहाँको विदेश मन्त्रालयसँग अनुमति लिनुपर्छ। भारतको विदेश मन्त्रालयले कतिपय मुख्यमन्त्रीलाई विदेश भ्रमण रोकिदिएको छ।

तर, हाम्रोमा कस्तो छ भने ‘पोस्ट अफिस’को रुपमा परराष्ट्र मन्त्रालयलाई कमजोर बनाएर राखेका छौं। पटक पटक कूटनीतिक विषयको सम्झौता र छलफलमा अरु मन्त्रालय हाबी भइरेहका छन्। पछि गएर तीन वर्ष, चार वर्षपछि थाहा हुन्छ कतिपय विषयमा अगाडि नै हस्ताक्षर गरिसकेका रहेछौं भनेर। कहिले विदेशीले सम्झाइ दिनुपर्छ हामीलाई। 

यो जुन कमीकमजोरी हाम्रो राज्य संयन्त्रमा देखिएको छ, यो समन्वयको, सूचना आदनप्रदानको समस्या हो। यसलाई सुधार गर्नैपर्छ। किनभने अहिलेको विश्व परिस्थिति, क्षेत्रीय राजनीति र भू–राजनीति ज्यादै जटिल बन्दै गइरहेको छ। 

हामी एकातिर ‘एक चीन नीति’बारे स्पष्ट रहेको भन्छौं। अर्कोतिर ‘असंग्लन परराष्ट्र नीति’ भनेर जप्छौं। ठ्याकै यही बेला अमेरिकाको सैन्य गतिविधिसँग सम्बन्धित सहयोगको रुपमा रहेको एसपीपीले उठाएको बहसलाई कसरी हेर्न सकिन्छ? यसले अमेरिकाबाहेक चीन र भारतसँगको हाम्रो सम्बन्धमा कस्तो असर गर्छ?
अमेरिकामा साढे तीन लाखभन्दा बढी नेपाली बसोबास गर्छन्। त्यो मुलुकसँग हाम्रो दौत्य सम्बन्ध स्थापना भएको भारत र चीनभन्दा अगाडि हो। अमेरिकासँग हामी राम्रो सम्बन्ध चाहन्छौं। नेपाली सेना र प्रहरीको तालिममा उसले पहिलेदेखि राम्रो सहयोग गरेको छ। त्यस्तै, विपद् व्यवस्थापन, सैन्य तालिम, आतंकवादविरुद्धको तालिममा सहयोग गर्दै आएको छ। तर, अहिलेको परिस्थिति कस्तो छ भने हामी साँढे जुधाइको बीचमा पर्नु हुँदैन। विश्वका महाशक्ति राष्ट्रहरू आफू बक्सिङ नगर्ने तर, हाम्रो बक्सिङ रिङ उनीहरूले दुरुपयोग गरिरहेका छन्। हाम्रो मुलुक बक्सिङ रिङमा परिणत हुनुहुँदैन। हामी परिणत हुन दिँदैनौं पनि। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, हाम्रो भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन हामी दिँदैनौं। यो त हाम्रो असंग्लन परराष्ट्र नीति मात्र हैन, पुरानो दुई ढुंगाबLचको तरुलको नीति हुँदादेखि नै अवलम्बन गर्दै आएको परराष्ट्र मामिला हो। तर, अहिले आएर के भएको छ भने दुई ढुंगाको तरुल मात्रै नभएर तेस्रो ढुंगा पनि समावेश हुन आएको छ। हामी तीन ढुंगाबीचको तरुल भइसकेका छौं। यसबाट जोगिने मात्र नभएर यसबाट फाइदा पनि उठाउन सक्नु पर्छ। फाइदा उठाउने भनेको सबैभन्दा प्राथमिकता छिमेकीलाई जानैपर्छ। 

भारत र चीनको सुरक्षा संवेदनशिलतालाई हामीले गम्भीर रूपमा हेर्नु पर्दछ। उनीहरुको सम्बन्धित विषयमा हामी संवेदनशील भएनौं र तेस्रो मुलुकसँग बढी नजिकियौं भने हामीले दुष्परिणाम भोग्नु पर्ने हुन सक्छ। जस्तो, अहिलेको युक्रेन युद्धले पढाएको शिक्षा नै त्यही हो। साना मुलुकका लागि अहिलेको विश्व व्यवस्था निर्दयी सावित भएको छ। उचाल्ने सबै हुन्छन्, तर भरथेक गर्न कोही पनि फेला पर्दैन। आफ्नो सार्वभौम र अखण्डता जोगाउन आफैं लड्नु पर्ने रहेछ। यो युक्रेन युद्धले दिएको शिक्षा हो। यसबाट हामीले किन शिक्षा नलिने?

यसर्थ, यसलाई हामीले दुई तरिकाले हेर्नु पर्छ।  एकातिर यो दुर्भाग्य हो, बिस वर्षपछि अमेरिकाको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको औपचारिक भ्रमण हुन लागेको बेला यस्ता विवादित विषय उठान भएको छ। त्यसले नेपाल–अमेरिका सम्बन्ध पनि र अरु परराष्ट्र मामिलाका विषयजस्तै विवादित बन्दै गयो भने यसले मुलुकको हित गर्दैन। अर्कोतिर हाम्रो छिमेकीको संवेदनशिलतालाई बुझ्नु पर्छ।

अमेरिका, भारत र चीनको नेपालप्रति र नेपालको ती देशप्रतिको नीतिमा कस्ता बदलावहरु आइरहेका छन्?
अमेरिका, भारत र चीनको नेपालप्रतिको नीतिमा खासै परिवर्तन भएको पाउँदैनौं। सत्ता परिवर्तन भयो। प्रशासन परिवर्तन भयो। तर, नेपालप्रतिको नीतिमा त्यति परिवर्तत भएको देखिन्न। बरु नेपालकै नीति भने सरकार परिवर्तन भएसँगै परिवर्तन भएका हुन्छन्। उदाहरणका लागि, यही ‘स्टेट पार्टनरसिप प्रोग्राम’लाई लिन सकिन्छ। यो कार्यक्रममा सम्झौता भएको हो भने यो सम्झौता गर्दा त अमेरिकामा रिपब्लिकनको सरकार थियो। उक्त सरकारले हस्ताक्षर गरेको कार्यक्रम अहिले डेमोक्रयाट्सको सरकारले अगाडि बढाइरहेको छ। तर, यो बीचमा हाम्रा कतिवटा सरकार आए? सरकारैपिच्छे किन हामी विदेश नीति परिवर्तन गरिरहेका हुन्छौं भन्ने सवालमा नेताहरूले जनतालाई के भइरहेको छ भन्ने कुराको सूचित गर्दैनन्। 

यो पनि पढ्नुहोस्

एसपीपीमा राजनीति : ‘राष्ट्रवादी’ देखिन दलहरूको प्रतिस्पर्धा, तर फुक्लिसक्यो चुक्लीमंगलबार, असार ७, २०७९

यदि, सबै सरकारको समान धारणा हुने र त्यस्ता विषयको सम्झौताबाट आउने प्रतिफलबारे जनतालाई सूचित गरे पो हामी ‘कभिन्स’ हुन्छौं। सरकारले गरेको सम्झौताले जनताले प्रतिफल पाएका छन् भन्ने कुराको सूचना सही तरिकाले जनताले पाएका छैनन्। 

यसको मुख्य समस्याहरूमा सही सूचनाको प्रवाह नहुनु, परस्पर विरोधी धारणाहरू सार्वजनिक हुनु र मन्त्रालयबीचको समन्वयको अभाव रहेको छ। जसका कारण वैदेशिक सम्बन्धमा हामीले समस्या भोगिरहेका छौं। र, यसमा सुधार गर्न जरुरी छ।

जहाँसम्म भारतसँगको सम्बन्धको कुरा छ, भारतको पनि नेपालसँगको सम्बन्धमा परिवर्तन भएको छ जस्तो लाग्दैन। नेपालप्रति कांग्रेसको र भाजपाको सम्बन्धमा परिवर्तन भएको देखिन्न। तर, हामीले हेर्ने सम्बन्धमा कम्नियुस्ट सरकार हुँदा एउटा, कांग्रेसको सरकार हुँदा अर्को। यस्तो किसिमको परिपाटीलाई बदलेर हामीले दीर्घकालीन वैदेशिक नीति अख्तियार गर्नु पर्छ। 

प्रसंग बदलौं। भारतसँग हाम्रा केही विषयमा समाना र केही विषयमा चर्को विवाद तथा असन्तुष्टि छ। यसलाई कसरी हटाउने?
एकातिर हामी भारतसँग नजिक छौं। किनभने हाम्रो धार्मिक, भाषिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध अत्यन्त घनिष्ठ छ। हाम्रो खुला सिमाना छ। भारतको स्वतन्त्रता संग्राममा हाम्रा नेताको सहभागिता थियो। नेपालको आन्दोलनमा भारतका नेताको सहभागिता थियो। नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्दै आएको छ। सडक, विमानस्थल, अस्पतालमा भारतको सहयोग रहँदै आएको छ।  तर, यही नजिकको छिमेकी कारण यदाकदा समस्या पनि आउने गरेका छन्। पेचिलोरुपमा चाहिँ हाम्रो सीमाना समस्यारुपमा आएको छ। जसको औपचारिक रुपमा हल गर्ने विषयमा छलफल भएको छैन। तसर्थ, भारतसँगको जे–जस्ता समस्या छन, तिनको समाधानका लागि उसँगको सम्बन्धलाई पुनः परिभाषित गर्नु पर्ने जरुरी छ। जसका लागि बलियो राष्ट्रिय सहमतिको आवश्यक पर्दछ। 

तत्कालीन नेकपाको सरकार हुँदा चिनियाँ कम्युनिष्ट पार्टीसँग बैठकहरू हुन्थे। त्यस्तै, शेरबहादुर देउवा सरकार आएपछि भारतीय जनता पार्टीसँग निकटता देखिन्छ। यसको पछिल्लो उदाहरण हो प्रधानमन्त्री देउवा दिल्ली भाजपा पार्टी कार्यलय पुग्नु। हाम्रो सरकारको भारत–चीन सम्बन्ध पार्टी–पार्टी बीचमात्र देखियो। सरकार परिर्वतन भएसँगै नीति फेरिँदा हाम्रो परराष्ट्र मामिलामा कमजोरी देखिँदैन?
कुटनीतिमा व्यक्तिगत रहनु राम्रो मानिन्छ। यदि, राजनीतिक तहमा व्यक्तिगत सम्बन्ध राम्रो छ भने प्रशासन तहमा पनि मद्दत पुग्छ। पहिला पनि यस्ता सम्बन्धहरु यहि कारणले उचाइमा पुगेको थियो। भारतमा जवारलाल नेहरु, सरदार पट्टेल, जयप्रकाश नारायण र चन्द्रशेखरको र नेपालमा बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको सरकार हुँदा नेतृत्वबीच व्यक्तिगत सम्बन्ध थियो। त्यो टुटेको थियो, तर अहिले देउवाले यसमा परिर्वतन गर्न खोजेको देखिन्छ। उनले भाजपा र मोदीसंँग व्यक्तिगत सम्बन्ध बनाउन खोजेका छन्। यसलाई नराम्रो भन्न मिल्दैन। तर त्यतिले पुग्दैन भारतले नेपाल नीतिमा खासै परिर्वतन गरेकै छैन। चीनमा कम्युनिष्ट पार्टीकै सरकार छ। नेकपाको सरकार हुँदा नयाँ प्रयोग गरे पार्टी-टु-पार्टी सम्बन्ध। तर, यी कुराले हामीलाई के फाइदा गर्यो त? प्रश्न यहाँ छ। यस्ता गतिविधिले हाम्रा राष्ट्रिय स्वार्थमा कस्ता काम गर्यो यो कुरामा चनाखो हुनुपर्दछ।

पूर्ववर्ती सरकार चीनसँग निकटस्त थियो। वर्तमान सरकार भारत तथा अमेरिका तिर ढिल्किएको देखिन्छ। यसले हाम्रो विदेश नीति अस्थिर छ भन्ने देखाएन र?
एउटा सरकार आउने चीन तिर ढल्किने अर्को सरकार आउने भारत तथा पश्चिमा तिर ढल्किनेले पछि गएर परराष्ट्र मामिलामा विश्वसनियता हुंदैन र यसमा हाम्रा मन्त्रालयहरु बीच समन्व्य हुनु पर्दछ। विदेश नीतिको लागि परराष्ट्र मन्त्रालयकै अहम् भूमिका रहनु पर्दछ। बोधार्थ परराष्ट्र मन्त्रालयमा हुनै पर्दछ। यो अनुशसान हाम्रो मन्त्रालयमा, प्रशानिमा कार्यान्व्यन हुनै पर्दछ। 

अन्त्यमा, हाम्रा पार्टीहरुबीच परराष्ट्र मामिलामा साझा धारणा बनेको देखिँदैन। तर, विश्व परिस्थिति जटिल बन्दै गएको छ। हामीले यस्तो विश्वपरिस्थितिमा कसरी साझा धारणा निर्माण गर्ने?
मुख्य समस्या भनेकै साझा धारणा निर्माण नहुनु हो। अहिले झन् झन् तीव्र हुंदै गएको समस्या भनेको विश्व परिस्थिति साना मुलुकका लागि निर्दयी सावित हुन गइरहेको छ। यस्ते अवस्थमा हामीले चीन चारतसंग सम्बन्ध थप मजबूत बनाएर तिनको सुरक्षा सम्बन्धी चासोलाई हामीले पनि संवेदनशील बन्नु पर्दछ। यसले मात्र हाम्रौ सार्वभौमिकता र अखण्डताको रक्षा गर्दछ। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्