काठमाडौं– काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। धुम्बाराही चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको हो।
मृतकको सनाखत हुन बाँकी छ। महाराजगञ्ज चोकबाट धुम्बाराहीतर्फ छुटेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।