काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षको कार्यकालका लागि आज सोमबार केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ। बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने पक्का छ। अध्यक्षमा कर्मा र पंकजसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। पौड्यालले भने एकल उम्मेदवारी दिएका छन्।
वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन्। एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ। वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन्।
कसको प्यानलबाट को?
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली प्रतिस्पर्धा गर्दैछन्। यस्तै, उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्। तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनिष जोशी, रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका छन्।
२ महिला सदस्यका लागि सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गराएका थिए ।
नेम्वाङ समूहबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका एन्फाका पूर्वकोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रविण सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय घले, नेपाल कार्की, तपेश्वर राउत र विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेम्वाङ समूहबाट बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले पनि सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
क–कसले हाल्दै छन् मत?
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्। भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै, एन्फाको विधानविपरीत मताधिकार दिइएको भन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो।
निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मत खसाल्नेछन्। यसैगरी, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिनेछन्। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन्।
पाँच सदस्यले लिए उम्मेदवारी फिर्ता
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन समितिको सचिवालयका अनुसार सदस्यका उम्मेदवार मणिराज लिम्बु, विमला पौडेल, बालकृष्ण सिंह ठकुरी र शम्भुसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन समितिका अनुसार रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको छ।
यता, सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्ण मुरारी गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
हाम्रो फुटबल नेपालका अध्यक्ष समेत रहेका गुरुङले फुटबलको राजनीति सोचेको भन्दा फरक रहेका कारण उम्मेदवारी फिर्ता लिएको बताएका थिए।
‘जुन उत्साहले सोचिएको थियो तर सोचेकोभन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ। पहुँचभन्दा बाहिरको विषय ठानेँ। राजनीति र फुटबल राजनीति फरक रहेछ,’ उनले भनेका थिए।
एन्फा निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार :
अध्यक्ष पदका ३ उम्मेदवार
कर्मा छिरिङ शेर्पा
पंकजविक्रम नेम्वाङ
राजीव पौड्याल
वरिष्ठ उपाध्यक्ष पदमा २ उम्मेदवार
शिक्षित पराजुली
वीरबहादुर खड्का
उपाध्यक्ष ४ पदका लागि ८ उम्मेदवार
विराटजंग शाही
दावा लामा
सुन्दरनरसिंह जोशी
दीपक खतिवडा
उपेन्द्रमान सिंह
दीर्घबहादुर केसी
रत्नकुमार श्रेष्ठ
विज्ञानराज शर्मा
केन्द्रीय सदस्यमा १३ पदका लागि ३६ उम्मेदवार
भरत बुढथापा
दिपेन्द्र धिमाल
भोजराज शाही
अनिल मल्ल
रविन्द्र चन्द
मानदेव हजरा
तपेश्वर कुमार राउतकुर्मी
अनिल श्रेष्ठ
दिपक थापा क्षेत्री
रामराज गुरुङ
लोकेन्द्र गुरुङ
प्रदेश सिंह राठोर
रुपेश अधिकारी
टिकाराम लामा
विनोद लामा तामाङ
कुमार कटुवाल
प्रविण कुमार यादव
रमेश व्यन्जनकार
मिलन गुरुङ
विजय घले
नेपाल कार्की
विकास नारायण श्रेष्ठ
महेन्द्र क्षेत्री
पुरुषोतम थापा
प्रविणकुमार सुवाल
निरोज खड्गी
सुरेन्द्र स्रिखाकार
मनिष जोशी
मुखिया लामा
सुन्दर थापा क्षेत्री
बालकुमार साँवा
महिला सदस्य २ पदका लागि ५ उम्मेदवार
विन्द्रा देवन
सरिला श्रेष्ठ मलेकु
पेमा डोल्मा लामा
विना नवाछे श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।