काठमाडाैं-सूचना र प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन सफल भएको पाइएको छ। विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
यही असार ३ गते पक्राउ परेका उनीहरुलाई आइतबार अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ।
भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरुले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरु निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।