काठमाडौं– इंग्लिस क्लब आर्सनलका फरवार्ड एडी एनकेडियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
आर्सनलले शनिबार २३ वर्षीय फरवार्ड एडीसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ।
इंग्ल्यान्डका युवा फरवार्ड एडी अब सन् २०२७ सम्म आर्सनलमा रहनेछन्। एडीलाई आर्सनलले लेजेन्ड थिएरी हेनरीले प्रयोग गरेको प्रतिष्ठित १४ नम्बरको जर्सी प्रदान गरेको छ। उनले यसअघि ३० नम्बरको जर्सी प्रयोग गरेका थिए।
एडीले २०१७ मा आर्सनलको सिनियर टोलीमा डेब्यू गरेका थिए। इंग्ल्यान्डको युवा टोलीमा रहेका एडीले आर्सनलका लागि ९२ खेलमा २३ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।