• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

महिला क्रिकेट: बलिङमा एकरुपता, ब्याटिङमा रुविना र इन्दुकै भर

64x64
दीप सुवेदी शनिबार, असार ४, २०७९  १७:१४
1140x725

काठमाडौं– नेपाली महिला टोलीले सदाबाहर एकै आरोप खेपिरहन्छ– कमजोर टोलीमाथि मात्रै हावी हुन्छन्। हुन पनि हो, नेपाली टोलीको पछिल्लो रेकर्ड हेर्ने हो भने यो तथ्यलाई गलत मानन्न सकिँदैन।

शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी महिला टी–२० च्याम्पियनसिपका सुरुआति दुई खेलमा पनि नेपाल तुलनात्मक रुपमा कमजोर देखिएका भुटान र कुवेतविरुद्ध हावी भयो। पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध २५ रनको सहज जित निकाल्यो। 

नेपालका लागि यी दुई टोली नौलो होइन। नेपाल र भुटानबीच महिला टी–२० आईमा यसअघि एक खेल भएको थियो। गत पुषमा आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो। 

No description available.

यस्तै, नेपाल र कुवेतबीच यसअघि दुई महिला टी–२० आई खेल भएको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो। गतवर्ष टी–२० विश्वकप छनोटमा नेपाल कुवेतलाई २७ रनमा अलआउट गर्दै ९ विकेटले विजयी भएको थियो। 

त्यसैले पनि नेपाली खेलाडी यी दुई टोलीको बारेमा जानकार थिए। त्यसैअनरुप कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माको योजना मैदानमा बलियो देखियो। यी दुई खेलाडीले भुटान र कुवेतका विपक्षी खेलाडीलाई मैदानमा सहजै खुलेर खेल्न दिएनन्। 

जारी प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बोकेर मलेसया पुगेको नेपाली टोलीका लागि यो दुई खेलको जित महत्त्वपूर्ण छ। यी दुई खेलमा जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

ओपनर चल्नै सकेनन्

Ncell 2
Ncell 2
nimb
nimb

मलेसिया उड्नु अगाडि पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ब्याटिङमा सुधार गरेको दाबी गरेका थिए। उनले अफ्रिकी राष्ट्र युगान्डासँगको ५ टी–२० आई सिरिजका सुरुआति ३ खेलमा कमजोर ब्याटिङका कारण पराजय भोगेको स्वीकार गर्दै जारी प्रतियोगितामा यसमा सुधार देखिने आश्वासन दिएका थिए। 

‘युगान्डासँगको सिरिजपछि एकदिन बिराएर हामीले अभ्यासलाई निरन्तरता दिइरहेका थियौं। पाँच–पाँच घण्टा सधैं अभ्यास गरिरहेका थियौं। यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौं,’ उनले भनेका थिए।

No description available.

तर, नेपालको पछिल्लो दुई खेल हो भने नेपाली ओपनिङले खासै कमाल देखाउन सकेका छैन। भुटानविरुद्धको खेलमा एक रनमा आउट भएकी बिन्दु रावलले कुवेतविरुद्ध पनि जमेर खेल्न सकिनन्। उनी ११ रनमै अनावश्यक शर्ट खेल्ने क्रममा मर्याम ओमरको बलमा मरिम्मा हैदरको हातबाट क्याच आउट हुन पुगिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता, ज्योति पाण्डेले पनि बिन्दुलाई सुरुआति दुई खेलमा बलियो साथ दिन सकेकी छैनन्। भुटानसँग खाता खेल्न नै नसकेकी उनले कुवेतविरुद्ध २४ बलमा १ चौकासहित १५ रन बनाइन्।

नेपालले युगान्डासँगको सिरिजमा ‘पावर प्ले’मा निकै सुस्त सुरुआत गरेको थियो। टी–२० क्रिकेटमा पावर प्लेको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ। त्यो समय सर्वाधिक आक्रामक ब्याटिङ गर्नुपर्ने हुन्छ। 

युगान्डासँगको ब्याटिङक्रमले भने आक्रामक ब्याटिङ कठिन नै देखिएको थियो। यो अवस्थामा प्रशिक्षक टमाटाले ब्याटिङ लाइनमा केही परिवर्तन गर्ने अनुमान गरिएको थियो। तर, भुटान र कुवेतसँगको खेलमा पनि पुरानै कमजोरी सुधार हुन् सकेन। 

उनीहरुले पावर प्ले मै विकेट गुमाउन पुगे। अझै भनै पावर प्लेलाई खुलेर खेल्नुपर्ने बिन्दु र ज्योतिले प्रशिक्षक टमाटाले भनेजस्तो खेल प्रदर्शन गर्न सकेका छैनन्।

रुविना र इन्दुकै भर

दुई खेलको तुलना गर्ने हो भने कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माले नेपाली टोलीलाई केही राहत दिलाएका छन्। उनीहरु टोलीको मात्रै होइन, मैदानमा आफ्नो जिम्मेवारीलाई पनि न्याय दिरहेका छन्।

भुटानविरुद्धको खेलमा छैठौं स्थानमा क्रिजमा पुगेकी रुविनाले २२ बलमा १ चौकासहित २१ रन बनाएकी थिइन्। यस्तै, इन्दुले पनि नेपाललाई खेल जिताउन २६ बलमा १ चौकासहित २० रनको योग्दान दिएकी थिइन्।

No description available.

उनीहरुले आफ्नो लयलाई शनिबार कुवेतविरुद्धको खेलमा पनि कायम राख्न सफल भए। ३१–४ को अवस्थामा क्रिजमा पुगेकी इन्दुले ३३ बलमा २ चौकासहित २८ रनको अविजित इनिङ्स खेलिन्। उनले कप्तान रुविनासँग मिलेर ६० रनको साझेदारी गर्दै नेपालको स्कोर निर्धारित २० ओभरमा १०७ रन पु¥याएकी थिइन्। 

उनीहरुबीच पाँचौं विकेटका लागि ६० रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नै नेपाली महिला टी–२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो।

यसअघि २०१९ मा महिला टी–२०आईमा पाँचौं विकेटका लागि अप्सरी बेगम र सरिता मगर तथा यसै प्रतियोगितामा भुटानविरुद्ध रुविना र काजोल श्रेष्ठले समान ३२ रनको साझेदारी गरेका थिइन्।

पछिल्लो दुई वर्षमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानको पिच ब्याटिङ गर्न धेरै सहयोग पुग्ने देखिन्छ। तर, महिला टोलीले युगान्डासँग एक सय रनमै संघर्ष गरेको थियो। मलेसिया भ्रमणमा रहेको टोलीले हालसम्म ‘रन चेज’ गर्नु परेको छैन। 

भुटान र कुवेतसँग खेल्दा नेपाल सुरुआतमै पहिला मैदान उत्रिन पाएको छ। त्यही पनि पछिल्लो दुई खेललाई हेर्ने हो भने नेपाललाई एक सय रन कटाउन नै मुस्किल परिरहेको छ।

भुटानसँगको खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो भने कुवेतसँग ४ विकेट गुमाएर १०७। नेपालले समूह ‘ए’ मा अब हङकङ र बहराइनसँग खेल्न बाँकी छ। 

प्रशिक्षक टमाटाको लक्ष्य यी दुई टोलीलाई हराउँदै समूह विजेता बनेर फाइनल पुग्ने छ। त्यसैले नेपालले यी दुई टोलीसँग जित निकाल्न रुविना र इन्दुको इनिङ्स महत्त्वपूर्ण हुने छ।

बलिङमा एकरुपता 

नेपाली क्रिकेटको जुनसुकै समूहमा बलियो मानिने भनेकै बलिङ हो। नेपालले अहिलेसम्म खेलेका प्राय: खेलमा बलिङबाट नै विपक्षी टोलीमाथि दबदबा कायम गरेको छ। मलेसिया उड्नु अगाडि पनि प्रशिक्षक टामाटाले यस्तै सुनाएका थिए। उनले भनेका थिए, ‘स्पिनर हाम्रो सन्तुलनमा छ। तीव्र गतिका बलरमा थोरै काम गर्न छ। ब्याटरले पनि राम्रो गरेको छ। हामीले सबै काम गरेका छौं।’

No description available.

उनले भनेजस्तै जारी प्रतियोगिता नेपालको बलिङमा दबदबा कायमै देखिएको छ। विशेषगरी नयाँ खेलाडी संगीता राईले प्रशिक्षक टामाटाको भनाइअनुसार प्रदर्शन गरिरहेका छन्। भुटानविरुद्धको खेलमा २.५ ओभर बलिङ गर्दै ६ रन खर्चेर ४ विकेट लिएकी उनले कुवेतविरुद्ध पनि १ विकेट हात पारिन्। 

यता, अस्मिना कर्माचार्य, इन्दु बर्मा र सीता रानामगरले पनि बलिङ लाइनअपलाई बलियो बनाउँदै नेपाली टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरुको कसिलो प्रदर्शनको अगाडि विपक्षी टोली निरिह देखिएको छ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित लुम्बिनीको जितम सर्टले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। आशिफले भने ३२ रन बनाए। उनले २५ बलमा २ चौक... सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ दशमलव २ ओभरमा ८७ रनमै अलआउट भयो। स... सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन २४ रन बनाउँदा पहिलो विकेट गुमाएको सुदूरपश्चिम त्यसपछि लगातार विकेट पतनको दबाबमा परेको हो। सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्