• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

महिला क्रिकेट: बलिङमा एकरुपता, ब्याटिङमा रुविना र इन्दुकै भर

64x64
दीप सुवेदी शनिबार, असार ४, २०७९  १७:१४
1140x725

काठमाडौं– नेपाली महिला टोलीले सदाबाहर एकै आरोप खेपिरहन्छ– कमजोर टोलीमाथि मात्रै हावी हुन्छन्। हुन पनि हो, नेपाली टोलीको पछिल्लो रेकर्ड हेर्ने हो भने यो तथ्यलाई गलत मानन्न सकिँदैन।

शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी महिला टी–२० च्याम्पियनसिपका सुरुआति दुई खेलमा पनि नेपाल तुलनात्मक रुपमा कमजोर देखिएका भुटान र कुवेतविरुद्ध हावी भयो। पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध २५ रनको सहज जित निकाल्यो। 

नेपालका लागि यी दुई टोली नौलो होइन। नेपाल र भुटानबीच महिला टी–२० आईमा यसअघि एक खेल भएको थियो। गत पुषमा आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो। 

No description available.

यस्तै, नेपाल र कुवेतबीच यसअघि दुई महिला टी–२० आई खेल भएको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो। गतवर्ष टी–२० विश्वकप छनोटमा नेपाल कुवेतलाई २७ रनमा अलआउट गर्दै ९ विकेटले विजयी भएको थियो। 

त्यसैले पनि नेपाली खेलाडी यी दुई टोलीको बारेमा जानकार थिए। त्यसैअनरुप कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माको योजना मैदानमा बलियो देखियो। यी दुई खेलाडीले भुटान र कुवेतका विपक्षी खेलाडीलाई मैदानमा सहजै खुलेर खेल्न दिएनन्। 

जारी प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बोकेर मलेसया पुगेको नेपाली टोलीका लागि यो दुई खेलको जित महत्त्वपूर्ण छ। यी दुई खेलमा जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

ओपनर चल्नै सकेनन्

nimb
nimb

मलेसिया उड्नु अगाडि पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ब्याटिङमा सुधार गरेको दाबी गरेका थिए। उनले अफ्रिकी राष्ट्र युगान्डासँगको ५ टी–२० आई सिरिजका सुरुआति ३ खेलमा कमजोर ब्याटिङका कारण पराजय भोगेको स्वीकार गर्दै जारी प्रतियोगितामा यसमा सुधार देखिने आश्वासन दिएका थिए। 

‘युगान्डासँगको सिरिजपछि एकदिन बिराएर हामीले अभ्यासलाई निरन्तरता दिइरहेका थियौं। पाँच–पाँच घण्टा सधैं अभ्यास गरिरहेका थियौं। यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौं,’ उनले भनेका थिए।

No description available.

तर, नेपालको पछिल्लो दुई खेल हो भने नेपाली ओपनिङले खासै कमाल देखाउन सकेका छैन। भुटानविरुद्धको खेलमा एक रनमा आउट भएकी बिन्दु रावलले कुवेतविरुद्ध पनि जमेर खेल्न सकिनन्। उनी ११ रनमै अनावश्यक शर्ट खेल्ने क्रममा मर्याम ओमरको बलमा मरिम्मा हैदरको हातबाट क्याच आउट हुन पुगिन्।

यता, ज्योति पाण्डेले पनि बिन्दुलाई सुरुआति दुई खेलमा बलियो साथ दिन सकेकी छैनन्। भुटानसँग खाता खेल्न नै नसकेकी उनले कुवेतविरुद्ध २४ बलमा १ चौकासहित १५ रन बनाइन्।

नेपालले युगान्डासँगको सिरिजमा ‘पावर प्ले’मा निकै सुस्त सुरुआत गरेको थियो। टी–२० क्रिकेटमा पावर प्लेको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ। त्यो समय सर्वाधिक आक्रामक ब्याटिङ गर्नुपर्ने हुन्छ। 

युगान्डासँगको ब्याटिङक्रमले भने आक्रामक ब्याटिङ कठिन नै देखिएको थियो। यो अवस्थामा प्रशिक्षक टमाटाले ब्याटिङ लाइनमा केही परिवर्तन गर्ने अनुमान गरिएको थियो। तर, भुटान र कुवेतसँगको खेलमा पनि पुरानै कमजोरी सुधार हुन् सकेन। 

उनीहरुले पावर प्ले मै विकेट गुमाउन पुगे। अझै भनै पावर प्लेलाई खुलेर खेल्नुपर्ने बिन्दु र ज्योतिले प्रशिक्षक टमाटाले भनेजस्तो खेल प्रदर्शन गर्न सकेका छैनन्।

रुविना र इन्दुकै भर

दुई खेलको तुलना गर्ने हो भने कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान इन्दु बर्माले नेपाली टोलीलाई केही राहत दिलाएका छन्। उनीहरु टोलीको मात्रै होइन, मैदानमा आफ्नो जिम्मेवारीलाई पनि न्याय दिरहेका छन्।

भुटानविरुद्धको खेलमा छैठौं स्थानमा क्रिजमा पुगेकी रुविनाले २२ बलमा १ चौकासहित २१ रन बनाएकी थिइन्। यस्तै, इन्दुले पनि नेपाललाई खेल जिताउन २६ बलमा १ चौकासहित २० रनको योग्दान दिएकी थिइन्।

No description available.

उनीहरुले आफ्नो लयलाई शनिबार कुवेतविरुद्धको खेलमा पनि कायम राख्न सफल भए। ३१–४ को अवस्थामा क्रिजमा पुगेकी इन्दुले ३३ बलमा २ चौकासहित २८ रनको अविजित इनिङ्स खेलिन्। उनले कप्तान रुविनासँग मिलेर ६० रनको साझेदारी गर्दै नेपालको स्कोर निर्धारित २० ओभरमा १०७ रन पु¥याएकी थिइन्। 

उनीहरुबीच पाँचौं विकेटका लागि ६० रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नै नेपाली महिला टी–२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो।

यसअघि २०१९ मा महिला टी–२०आईमा पाँचौं विकेटका लागि अप्सरी बेगम र सरिता मगर तथा यसै प्रतियोगितामा भुटानविरुद्ध रुविना र काजोल श्रेष्ठले समान ३२ रनको साझेदारी गरेका थिइन्।

पछिल्लो दुई वर्षमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानको पिच ब्याटिङ गर्न धेरै सहयोग पुग्ने देखिन्छ। तर, महिला टोलीले युगान्डासँग एक सय रनमै संघर्ष गरेको थियो। मलेसिया भ्रमणमा रहेको टोलीले हालसम्म ‘रन चेज’ गर्नु परेको छैन। 

भुटान र कुवेतसँग खेल्दा नेपाल सुरुआतमै पहिला मैदान उत्रिन पाएको छ। त्यही पनि पछिल्लो दुई खेललाई हेर्ने हो भने नेपाललाई एक सय रन कटाउन नै मुस्किल परिरहेको छ।

भुटानसँगको खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो भने कुवेतसँग ४ विकेट गुमाएर १०७। नेपालले समूह ‘ए’ मा अब हङकङ र बहराइनसँग खेल्न बाँकी छ। 

प्रशिक्षक टमाटाको लक्ष्य यी दुई टोलीलाई हराउँदै समूह विजेता बनेर फाइनल पुग्ने छ। त्यसैले नेपालले यी दुई टोलीसँग जित निकाल्न रुविना र इन्दुको इनिङ्स महत्त्वपूर्ण हुने छ।

बलिङमा एकरुपता 

नेपाली क्रिकेटको जुनसुकै समूहमा बलियो मानिने भनेकै बलिङ हो। नेपालले अहिलेसम्म खेलेका प्राय: खेलमा बलिङबाट नै विपक्षी टोलीमाथि दबदबा कायम गरेको छ। मलेसिया उड्नु अगाडि पनि प्रशिक्षक टामाटाले यस्तै सुनाएका थिए। उनले भनेका थिए, ‘स्पिनर हाम्रो सन्तुलनमा छ। तीव्र गतिका बलरमा थोरै काम गर्न छ। ब्याटरले पनि राम्रो गरेको छ। हामीले सबै काम गरेका छौं।’

No description available.

उनले भनेजस्तै जारी प्रतियोगिता नेपालको बलिङमा दबदबा कायमै देखिएको छ। विशेषगरी नयाँ खेलाडी संगीता राईले प्रशिक्षक टामाटाको भनाइअनुसार प्रदर्शन गरिरहेका छन्। भुटानविरुद्धको खेलमा २.५ ओभर बलिङ गर्दै ६ रन खर्चेर ४ विकेट लिएकी उनले कुवेतविरुद्ध पनि १ विकेट हात पारिन्। 

यता, अस्मिना कर्माचार्य, इन्दु बर्मा र सीता रानामगरले पनि बलिङ लाइनअपलाई बलियो बनाउँदै नेपाली टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरुको कसिलो प्रदर्शनको अगाडि विपक्षी टोली निरिह देखिएको छ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२... आइतबार, भदौ १४, २०८३
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा बलियो भिक्टोरिया क्रिकेट एकेडेमी–११ विरुद्ध जित निकाल्दै प्... शनिबार, भदौ १३, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्