काठमाडौं– ब्राजिलियन स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने इच्छा व्यक्त गरेका छन्।
फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको सम्झौता नवीकरणसहित उनलाई अन्य अधिकार पनि दिएपछि पीएसजीले खेलाडी कटौतीमा राखेको छ।
एमबाप्पेले २०२५ सम्म आफ्नो सम्झौता नवीकरण गरेका छन्। पीएसजीले यो सिजन बेच्ने सूचीमा नेयमार पनि राखेको छ। तर, उनले आफू पीएसजी मै रहने योजना बनाएका छन्।
नेयमारले पीएसजीमा प्रतिसिजन करिब ५० मिलियन यूरो कमाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।