काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान प्रस्थान गरेका छन्। प्रधान सेनापति र रक्षा सचिवसहित सात सदस्यीय टोली शनिबार लेवनान भ्रमणका लागि प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि तैनाथ फौजको हौसला बढाउन र यूएन मिसनका विविध पक्ष तथा भावी योजनाबारे जानकारी दिनका लागि प्रधान सेनापति शर्माको टोली शनिबार लेवनानतर्फ गएको हो।
उक्त टोली संयुक्त राष्ट्रसंघको आव्हानमा असार १० गतेसम्मका लागि भ्रमणमा गएको हो। भ्रमणका क्रममा लेवनानको अवलोधनपछि सिरियास्थित यूएनडीओएफको पनि निरीक्षण गर्ने कार्यतालिका रहेको छ।
भ्रमणकै क्रममा लेवनान र सिरियापछि प्रधान सेनापति शर्मा अमेरिका पुग्नेछन्। अमेरिकाको निमन्त्रणमा असार १३ गतेदेखि असार १७ गतेसम्म प्रधान सेनापतिसहितको पाँच सदस्यीय टोली अमेरिका पुग्ने नेपाली सेनाले जनाएको छ।
प्रधासेना पतिको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। शनिबार गएको प्रधान सेनापतिको टोली अमेरिका भ्रमण सकेर असरा १९ गते स्वदेश फिर्ता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।