काठमाडौं– इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख जाने पक्का भएको छ।
तर, दुवै टोलीले यसबारे आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। बेलायती समाचारमाध्यमहरुका अनुसार सम्भवत यसै साता बायर्नले मानेलाई सार्वजनिक गर्ने सम्भावना उच्च छ।
लिभरपुलले मानेलाई ४१ मिलियन युरोमा बेच्न सम्झौता गरेको हो। लिभरपुलले ४२ मिलियन युरो प्राप्त गर्नेछ। एडअनबाट ६ मिलियन युरोसँगै व्यक्तिगत र टोलीको उपलब्धिको आधारमा ३ मिलियन युरो पाउनेछन्।
लिभरपुलले यसअघि बायर्नको दुई प्रस्तावलाई अस्वीकार गरेको थियो। उनी सन् २०१६ मा साउथह्याम्प्टनबाट ३१ मिलियन पाउण्ड र २५ मिलियन पाउण्डमा लिभरपुलमा आवद्द भएका थिए।
मानेले क्लबलाई २०१९ मा च्याम्पियन्स लिग जिताउन र त्यसपछि अर्को सिजनमा लिभरपुलले २० वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।
यो सिजन लिभरपुललाई काराबाओ कप र एफए कप जिताउन र प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपविजेता बनाएका मानेले सेनेगलसँग अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनाएका थिए। यो सिजन २३ गोल गरेका मानेले लिभरपुलमा ६ सिजन बिताउँदा २६९ खेलमा १२० गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।