काठमाडौं– संघीय राजधानी काठमाडौं, आधुनिक समाजको उच्च वर्ग मानिने शिक्षित नागरिकहरु बस्ने सहर पनि हो काठमाडौं।
काठमाडौंमा बस्ने अधिकांश व्यक्ति शिक्षित छन्। भनिन्छ– शिक्षित समाज र व्यक्तिले नैतिकताको विकास गर्छ। तर, काठमाडौंको अवस्था हेर्दा शिक्षित व्यक्तिमा नैतिकता हुन्छ र उनीहरुले नैतिकताको विकास गर्छन् भन्ने मान्यतालाई गतल साबित गरिदिएको मान्न सकिन्छ।
कमल पोखरी, चापागाउँ
जसको उदाहरणको रुपमा ऐतिहासिक महत्वका केही पोखरीहरुको हविगतलाई लिन सकिन्छ।
मल्लकालीन सभ्यता र कलाको नगरीका रुपमा परिचित काठमाडौंको पहिचान सुन्दरता र व्यवस्थित शहरीकरणको ठिक विपरीत छ भन्दा अति अतिशयोक्ति नहोला।
काठमाडौं उपत्यकाकामा रहेका पोखरी, तालतलैया र त्यहाँको दृश्य हेर्न नसकिने अवस्थामा छ अहिले । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ।
कमल पोखरी, काठमाडौं
खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला, तर पोखरीमा तैरिरहेका बोतल, प्लास्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ।
हरिसिद्धि पोखरी, हरिसिद्धि ललितपुर
पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन्। कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ। राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ। यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन्।
भक्तपुरको भाज्या पुखु (पोखरी)
हुनत, काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ। राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउने गफमा मात्रै सीमित छन्।
चापागाँउको पल्स्वा पुखु








तस्बिरहरु: न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।