प्रतिकात्मक तस्बिर
काठमाडौं– चितवनको घोप्टेभिरमा गएको पहिरोका कारोण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो।
रातिदेखि नै सुरक्षाकर्मीको टोलीले पहिरो हटाउन सुरु गरेको थियो। बिहान २:३० बजेतितर पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
पृथ्वी राजमार्गअन्तर्गको मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा यसअघि पनि पहिरो जाँदा राजमार्ग अवरुद्ध हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।