• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन्दर हरिजन मृत्यु प्रकरण

जेलर र चालकको सेटिङमा खेताला कैदी, मानसिक यातनाले आत्महत्या

64x64
नारायण अधिकारी बुधबार, असार १, २०७९  १६:४५
1140x725

काठमाडौं– बाँके कारागारका तत्कालीन जेलर र सवारी चालकको सेटिङमा खेताला कैदी राखिएको खुलेको छ। कैदी सुन्दर चमार हरिजनको मृत्यु भएपछि बनेको छानबिन समितिले तत्कालीन जेलर र चालकको सेटिङमा खेताला कैदीको रुपमा हरिजनलाई राखिएको बताएको छ। 

२०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी स्थानान्तरण गर्ने तत्कालीन निमित्त जेलर दीपेन्द्र प्रसाद पौडेल र सोही कारागारका करारमा कार्यरत सवारी चालक दिनेश कुमार यादवको सेटिङमा खेताला कैदी राखिएको समितिले औंल्याएको छ। 

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा बनेको समितिले बुझाएको प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ। गृहमन्त्रालयका सह–सचिव सूर्य सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो। 

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए। उक्त समितिले मंगलबार गृहमन्त्रीलाई छानबिन प्रतिवेदन बुझाएको थियो। 

बाँके कारागारमा विजय विक्रम शाह र सुन्दर चमार हरिजन थिए। उनीहरूले घरपायक रोल्पा कारागार स्थानान्तरण हुनु पाउँ भन्दै २०७७ असोज १२ गते निवेदन दिएका थिए। त्यसपछि असोज २८ गते उनीहरूको बाँके कारगारबाट रोल्पा कारागार स्थानान्तरणका लागि स्वीकृत दिइएको थियो। २०७७ मंसिर ८ स्थानान्तरण भएर रोल्पा पुगेका थिए ।   शाह र हरिजन एकैपटक जेल परेका थिए। शाह आपराधिक लाभको कसुरमा र हरिजन चोरीको कसुरमा जेल परेका थिए। अदालतको फैसला अनुसार हरिजन २०७७ पुस अन्तिमतिर कैद मुक्त हुँदै थिए। 

यता शाहलाई पाँच वर्ष कैदको सजाय सुनाइएको थियो। स्थानान्तरण हुने बेला सेटिङमा हरिजन शाह र शाह हरिजन भएर स्थानान्तरण भएका थिए। आत्महत्या गरेका हरिजनले आफ्नो नाममा विजय विक्रम शाहसमेत उल्लेख गरेका थिए। बिरामी भएका बेला जाँच गर्दासमेत उनले आफ्नो नाम विजय विक्रम शाह नै भएको उल्लेख गर्दै आएका थिए।

स्थानान्तरण भएर रोल्पा पुगेको केही समयपछि नै हरिजनको नामबाट विजय विक्रम शाह २०७७ पुस २८ गते जेल मुक्त भएका थिए। यता जेठ ४ गते शाहले आत्महत्या गरेको भन्दै उनका परिवारलाई जानकारी गराउने बेला परिवारले शाह त पहिल्यै जेलमुक्त भएको बताएपछि खेताला कैदीको रहस्य बाहिरिएको थियो। हरिजनलाई आर्थिक प्रलोभनमा पारेर शाहले खेताला कैदी राखेर आफू उम्कन सफल भएको खुलेको थियो। 

यस घटनामा तत्कालीन कारागार प्रशासन, कर्मचारीहरू, प्रहरीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा गम्भीर लापरबाही गरेको समितिले औंल्याएको छ। उनीहरू सबैलाई कारबाहीको दायरामा ल्याउनसमेत समितिले सिफारिस गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सेटिङमा खेताला कैदी राखिसेकपछि चालक भारत फरार
यस घटनाको अनुसन्धान गरेको छानबिन समितिले केही तथ्यहरू उजागर गरेको छ। विजयविक्रम शाहले बाँके कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका विदेशी शाह नाम गरेका कैदीको सहयोग लिएको खुलेको छ। सो क्रममा बाँके कारागारका तत्कालीन निमित्त जेलर दीपेन्द्र प्रसाद पौडेल र सोही कारागारका करारमा कार्यरत सवारी चालक दिनेश कुमार यादवलाई प्रभावमा पारेको सेटिङमा खेताला कैदी राखेको समितिले औंल्याएको छ।  

यस विषयमा छानबिन समितिले तत्कालीन जेलर पौडेलसँगसमेत सोधपुछ गरेको थियो। सोधपुछका क्रममा चालक यादव र कैदी विजयविक्रम शाहबीच निकटम सम्बन्ध रहेको खुलेको छ। कतिसम्म भने सेटिङमा खेताला कैदी राखिसकेपछि चालक यादव फोन र सामाजिक सञ्जालसमेत बन्द गरी भारत भागेको पाइएको छ। 

मानसिक यातनाले आत्महत्या
खेताला कैदी हरिजनले आत्महत्या गर्नुको कारण मानसिक यातना रहेकोसमेत छानबिन समितिले औंल्याएको छ। सेटिङमा हरिजनलाई खेताला कैदी राखेर विजय विक्रम शाह भारत फरार भएका थिए। भारतमासमेत उनी जेल परेको बताइएको छ। भारतमा जेल परेपछि रोल्पा कारागारमा उनको सम्बन्ध टुटेको थियो। 

हरिजनलाई खेताला राख्ने बेलामा विजय विक्रमले अन्य व्यक्तिसँग रकम सापट लिएर हरिजनलाई दिएको हुनसक्ने समितिले औंल्याएको छ। 

तोराबोरा भनेर चिनिने कैदी खड्गबहादुर खत्री र प्रकाश बुढा भन्ने व्यक्तिले खेताला कैदी हरिजनालाई पैसा माग्दै मानसिक यातना दिन थालेको समितिको प्रतिवेदनमा उल्लेख छ। रकम फिर्ता गर्न भन्दै उनीहरूले मानसिक यातना दिएपछि सोही कारण हरिजनले कारागारभित्रै आत्महत्या गरेको हुनसक्ने समितिले उल्लेख गरको छ। 

अघिपछिको सिसी टिभी फुटेज, आत्महत्या गर्दा गयो बत्ती
रोल्पा कारागारमा २४ घण्टा सिसी टिभी फुटेजबाट निगरानी गरिए पनि हरिजनको आत्महत्या गर्दा भिडियो भने कैद नभएको पाइएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार हरिजन आत्महत्या गर्ने बेलामा नै बत्ती भएकाले त्यसबेलाको दृश्य कैद हुन नसकेको जनाइएको छ। 

‘आत्महत्या गरेको समयमा बत्ती गएको देखिएकोले आत्महत्या गरेको समयको सिसीटिभी फुटेज प्राप्त हुन सकेन,’ छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘आत्महत्या गरेको केही समयपछि बत्ती आएको र सिसीटिभी फुटेज चेक गर्दा तोराबोरा भनिने कैदी अरू कैदीहरूसँग कुराकानी गरेको जस्तो देखिए पनि के कुराकानी भएको थियो एकिनका साथ भन्न सकिएन।’ तोराबोराको उक्त गतिविधिलाई प्रहरीले थप अनुसन्धान गरी टुंगोमा पुर्‍याउनुपर्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

यो पनि पढ्नुहोस्

रोल्पा कारागारमा कैदीको आत्महत्या : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदनमंगलबार, जेठ ३१, २०७९

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्