• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन्दर हरिजन मृत्यु प्रकरण

जेलर र चालकको सेटिङमा खेताला कैदी, मानसिक यातनाले आत्महत्या

64x64
नारायण अधिकारी बुधबार, असार १, २०७९  १६:४५
1140x725

काठमाडौं– बाँके कारागारका तत्कालीन जेलर र सवारी चालकको सेटिङमा खेताला कैदी राखिएको खुलेको छ। कैदी सुन्दर चमार हरिजनको मृत्यु भएपछि बनेको छानबिन समितिले तत्कालीन जेलर र चालकको सेटिङमा खेताला कैदीको रुपमा हरिजनलाई राखिएको बताएको छ। 

२०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी स्थानान्तरण गर्ने तत्कालीन निमित्त जेलर दीपेन्द्र प्रसाद पौडेल र सोही कारागारका करारमा कार्यरत सवारी चालक दिनेश कुमार यादवको सेटिङमा खेताला कैदी राखिएको समितिले औंल्याएको छ। 

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा बनेको समितिले बुझाएको प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ। गृहमन्त्रालयका सह–सचिव सूर्य सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो। 

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए। उक्त समितिले मंगलबार गृहमन्त्रीलाई छानबिन प्रतिवेदन बुझाएको थियो। 

बाँके कारागारमा विजय विक्रम शाह र सुन्दर चमार हरिजन थिए। उनीहरूले घरपायक रोल्पा कारागार स्थानान्तरण हुनु पाउँ भन्दै २०७७ असोज १२ गते निवेदन दिएका थिए। त्यसपछि असोज २८ गते उनीहरूको बाँके कारगारबाट रोल्पा कारागार स्थानान्तरणका लागि स्वीकृत दिइएको थियो। २०७७ मंसिर ८ स्थानान्तरण भएर रोल्पा पुगेका थिए ।   शाह र हरिजन एकैपटक जेल परेका थिए। शाह आपराधिक लाभको कसुरमा र हरिजन चोरीको कसुरमा जेल परेका थिए। अदालतको फैसला अनुसार हरिजन २०७७ पुस अन्तिमतिर कैद मुक्त हुँदै थिए। 

यता शाहलाई पाँच वर्ष कैदको सजाय सुनाइएको थियो। स्थानान्तरण हुने बेला सेटिङमा हरिजन शाह र शाह हरिजन भएर स्थानान्तरण भएका थिए। आत्महत्या गरेका हरिजनले आफ्नो नाममा विजय विक्रम शाहसमेत उल्लेख गरेका थिए। बिरामी भएका बेला जाँच गर्दासमेत उनले आफ्नो नाम विजय विक्रम शाह नै भएको उल्लेख गर्दै आएका थिए।

स्थानान्तरण भएर रोल्पा पुगेको केही समयपछि नै हरिजनको नामबाट विजय विक्रम शाह २०७७ पुस २८ गते जेल मुक्त भएका थिए। यता जेठ ४ गते शाहले आत्महत्या गरेको भन्दै उनका परिवारलाई जानकारी गराउने बेला परिवारले शाह त पहिल्यै जेलमुक्त भएको बताएपछि खेताला कैदीको रहस्य बाहिरिएको थियो। हरिजनलाई आर्थिक प्रलोभनमा पारेर शाहले खेताला कैदी राखेर आफू उम्कन सफल भएको खुलेको थियो। 

यस घटनामा तत्कालीन कारागार प्रशासन, कर्मचारीहरू, प्रहरीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा गम्भीर लापरबाही गरेको समितिले औंल्याएको छ। उनीहरू सबैलाई कारबाहीको दायरामा ल्याउनसमेत समितिले सिफारिस गरेको छ। 

Ncell 2
Ncell 2

सेटिङमा खेताला कैदी राखिसेकपछि चालक भारत फरार
यस घटनाको अनुसन्धान गरेको छानबिन समितिले केही तथ्यहरू उजागर गरेको छ। विजयविक्रम शाहले बाँके कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका विदेशी शाह नाम गरेका कैदीको सहयोग लिएको खुलेको छ। सो क्रममा बाँके कारागारका तत्कालीन निमित्त जेलर दीपेन्द्र प्रसाद पौडेल र सोही कारागारका करारमा कार्यरत सवारी चालक दिनेश कुमार यादवलाई प्रभावमा पारेको सेटिङमा खेताला कैदी राखेको समितिले औंल्याएको छ।  

यस विषयमा छानबिन समितिले तत्कालीन जेलर पौडेलसँगसमेत सोधपुछ गरेको थियो। सोधपुछका क्रममा चालक यादव र कैदी विजयविक्रम शाहबीच निकटम सम्बन्ध रहेको खुलेको छ। कतिसम्म भने सेटिङमा खेताला कैदी राखिसकेपछि चालक यादव फोन र सामाजिक सञ्जालसमेत बन्द गरी भारत भागेको पाइएको छ। 

मानसिक यातनाले आत्महत्या
खेताला कैदी हरिजनले आत्महत्या गर्नुको कारण मानसिक यातना रहेकोसमेत छानबिन समितिले औंल्याएको छ। सेटिङमा हरिजनलाई खेताला कैदी राखेर विजय विक्रम शाह भारत फरार भएका थिए। भारतमासमेत उनी जेल परेको बताइएको छ। भारतमा जेल परेपछि रोल्पा कारागारमा उनको सम्बन्ध टुटेको थियो। 

हरिजनलाई खेताला राख्ने बेलामा विजय विक्रमले अन्य व्यक्तिसँग रकम सापट लिएर हरिजनलाई दिएको हुनसक्ने समितिले औंल्याएको छ। 

तोराबोरा भनेर चिनिने कैदी खड्गबहादुर खत्री र प्रकाश बुढा भन्ने व्यक्तिले खेताला कैदी हरिजनालाई पैसा माग्दै मानसिक यातना दिन थालेको समितिको प्रतिवेदनमा उल्लेख छ। रकम फिर्ता गर्न भन्दै उनीहरूले मानसिक यातना दिएपछि सोही कारण हरिजनले कारागारभित्रै आत्महत्या गरेको हुनसक्ने समितिले उल्लेख गरको छ। 

अघिपछिको सिसी टिभी फुटेज, आत्महत्या गर्दा गयो बत्ती
रोल्पा कारागारमा २४ घण्टा सिसी टिभी फुटेजबाट निगरानी गरिए पनि हरिजनको आत्महत्या गर्दा भिडियो भने कैद नभएको पाइएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार हरिजन आत्महत्या गर्ने बेलामा नै बत्ती भएकाले त्यसबेलाको दृश्य कैद हुन नसकेको जनाइएको छ। 

‘आत्महत्या गरेको समयमा बत्ती गएको देखिएकोले आत्महत्या गरेको समयको सिसीटिभी फुटेज प्राप्त हुन सकेन,’ छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘आत्महत्या गरेको केही समयपछि बत्ती आएको र सिसीटिभी फुटेज चेक गर्दा तोराबोरा भनिने कैदी अरू कैदीहरूसँग कुराकानी गरेको जस्तो देखिए पनि के कुराकानी भएको थियो एकिनका साथ भन्न सकिएन।’ तोराबोराको उक्त गतिविधिलाई प्रहरीले थप अनुसन्धान गरी टुंगोमा पुर्‍याउनुपर्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

यो पनि पढ्नुहोस्

रोल्पा कारागारमा कैदीको आत्महत्या : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदनमंगलबार, जेठ ३१, २०७९

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्