फाइल तस्बिर
काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्।
राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले उनलाई एसियन कपको लागि टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
अब उनको प्रशिक्षणमा महिला टोलीले एसियन गेम्स खेल्नेछ। राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका महर्जनको प्रशिक्षणमा नेपालले वि.स. २०७२ सालमा स्वदेशमा आयोजना भएको साफ यू-१९ फुटबलको उपाधि जितेको थियो।
अर्को वर्ष बंगलादेशमा आयोजना भएको बंगबन्धु गोल्डकपमा नेपाल उनकै प्रशिक्षणमा च्याम्पियन बन्न सफल भएको थियो। २०७५ मंसिरमा स्वदेशमा आयोजना भएको १३औं सागमा उनले यू–२३ पुरुष टिमलाई स्वर्ण जिताए।
२०७७ चैतमा उनले राष्ट्रिय टोलीलाई थ्री नेसन्स कपको समेत उपाधि दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।