चितवन- चितवनस्थित घोप्टेभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बुधबार दिउँसोबाट मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध भएको हो।
चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा पहिरो झरी बाटो दुईतर्फी अवरूद्व भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरोले बाटो अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन्।
पहिरो पन्छाएर सवारी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।