काठमाडौं- काठमाडौं महानगरपालिकामा सडक सफाइका लागि ब्रुमरहरु सञ्चालन हुन थालेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निष्क्रिय भएर बसेका ब्रुमरहरुले काम सुरु गरेको बताएका छन्।
'सानातिना मर्मत लगायतका कामहरु पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम सुरु हुन थालेका छन्' उनले भनेका छन्, 'आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।'
बिहीबारदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने उनले बताए।
वर्षायाम भएकाले केहि असहजता हुने भए पनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।